निर्णय नं. ३९ - लिखत जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९ - लिखत जालसाजी भाग: २ साल: २०१६ महिना: श्रावण अंक: ६ फैसला मिति :२०१४/०३/२८ २२९० निर्णय नं. ३९ ने.का.प. २०१६ डिभिजन बेञ्च (कटरबहन अपील ऊपर) प्रधान न्यायाधीश श्री अनिरूद्रप्रसाद सिंह न्यायाधीश श्री सन्तबहादुर प्रधान डि.नं. ५९८, ५९९ र ६०० अपीलाट, वादी : देवराज साहु तेली विरूद्ध विपक्षी, प्रतिवादी : भोला वीरकेशर पाण्डे समेत मुद्दा : लिखत जालसाजी (१) नालिस दिन जाने मानिस– सक्कल तमसुक बाहिर छाडी अड्डा भित्र गएको भन्न नहुने । सक्कल तमसुक आफ्नु साथमै लिई नालिस दर्ता गर्न जानु पर्ने सो नालिस दर्ता भएको भए सो नालिस दर्ता हुँदाका साथ सो तमसुकको नक्कल पेश गर्नुपर्ने । सो पेश गर्नालाई सक्कलसँग रूजु बाजू भई सक्कलको पीठमा अड्डाको छाप लगाई फिर्ता गरी नक्कल पेश हुने हुँदा त्यस्तो कागज आफ्नु साथमा नलगी बाहिर छाडी नालिस मात्र लिई वादी अड्डा भित्र गएको रहेछन भन्न सो वादीकै लेखबाट नहुने । (प्रकरण नं. ४) (२) पक्का सबुद प्रमाण नगुजारेसम्म–कसैलाई तमसुक दिएकै हो भन्न नहुने । जय बल्लभलाई तमसुक दिएकै हो भन्ने पक्का सबुद प्रमाण वादीले केही गुजार्ने नसकेको समेतबाट अर्को लिखत गराई पाउँ भन्ने वादीको उजुर पुग्न सक्दैन । (प्रकरण नं. ४) (३) रजिष्ट्रेशन ऐन– लिखतको ६ महिना भित्र रजिष्ट्रेशन पास गराउने सुविधा । वीरकेशरको लिखत रजष्ट्रेशन पास भएको, सीतारामको घरायसीमा राजिनामा भई लिखत पासको नालिस परेकोमा घरसारमा लिखत भएको भए पनि ६ महिना भित्र रजिष्ट्रेशन पास गराउने र त्यसका म्यादमा रजष्ट्रेशन पास नगरी दिएमा ३५ दिन भित्र नालिस दिएर पनि पास गराउन पाउने । रजिष्ट्रेशनको ऐन भएको उक्त ऐनले पाइरहेको सुविधालाई पाउन सक्दैन भन्ने ऐन विरूद्धको कुरा हुन आउने हुँदा निज सीतारामको लिखत र वीरकेशरको लिखत जालसाजी भन्ने पनि वादीको दावी पुग्न सक्दैन । (प्रकरण नं. ४) फैसला १. लक्ष्मी ऋणी लक्ष्मीको बाबु बैजनाथ साक्षी बसी कं.रू. ३५०१ मा २०११।५।१ गते ५५ नं. को जग्गा विगाहा २ घरसारमा राजिनामा दिएको जग्गामा वीरकेशर समेतले ११ साल माघ २० गते खिचोला गरेकोले, जग्गामा खिचोला मेटाई उक्त लिखत पास नभएकोले पास गराई पाउँ भनी नालिस दिन अमिनीमा गएकोमा लेखन्दास जयबल्लभले उक्त सक्कल तमसुक, म अमिनीमा नालिस जँचाउन गएका बखत लिई बेपत्ता भएको र खोज्दा फेला नपरेकोले बुझ्दा मेरो भन्दा अगाडिको मिति पारी सीतारामले र मेरो भन्दा पछाडीको मिति पारी वीरकेशरले उक्त जग्गाको लिखत निजै आसामी लक्ष्मीबाट गराई मेरो तमसुक बेपत्ता गराएकोले अर्को लिखत गराई पास गराई जालसाज गर्नेलाई सजाय गरी पाउँ भन्ने वादी देवराज । २. वादीको तमसुक लिई बेपत्ता भएको छैन भन्ने जय बल्लभ, तमसुकको नक्कलसम्म लेखी दिएको छु भन्ने नथुनी, वादी झुठा हो उक्त जग्गा कं.रू. ३५०१ मा २०११।४।११ गते लक्ष्मीबाट घरसारमा राजिनामा लेखाई लिएकोले पास गराई पाउँ भनी नालिस गरेको छु भन्ने सीताराम उक्त जग्गा कं.रू. ४००१ मा १० सालको पोत बुझाएको रसिद प्रमाण देखाई २०११।१०।११ गते रजिष्ट्रेशन पास गरी निजै लक्ष्मीबाट लिएको छु भन्ने वीरकेशर र भोलापाण्डे समेत अरुको जालसाज गरेको छैन भन्ने प्रतिवादी । ३. वीरगञ्ज अमिनीबाट २०१२ सालपौष १५ गते सीतारामको लिखत जालसाजी, वादीको, लिखत व्यवहार साँचो हुँदा अर्को तमसुक गरी दिनुपर्ने र वीरकेशरको लिखत दोहरा ठहराई फैसला गरेकोमा उक्त फैसला इन्साफ उल्टाई १३ साल भाद्र ३० गते कटरवन अपीलबाट वादी दावी झुठा र जग्गामा वीरकेशरको हक ठहर्छ । अरू इन्साफ शुरूको सदर भनी फैसला गरे