निर्णय नं. ४० - थुनछेक

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४० - थुनछेक भाग: २ साल: २०१६ महिना: श्रावण अंक: ६ फैसला मिति :२०१२/०२/१३ २६४८ निर्णय नं. ४० ने.का.प. २०१६ स्पेशलबेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री भैरवराज पन्त उपाध्याय न्यायाधीश श्री भगवतीप्रसाद सिंह ठा.नं. २०३ निवेदक : कृष्ण खत्री क्षेत्री विरूद्ध विपक्षी : भक्तपुर मैजिष्ट्रेट मुद्दा : थुनछेक (१) नेपाल अन्तरिम शासन विधान, २००७ को दफा ३६– ऐन सवाल बर्खिलाफ काम गरेकोमा प्रधान न्यायालयबाट ऐनबमोजिम गराउन आदेश भएमा–अटेर गर्नेले असयोग गरेको देखिने । ऐन सवाल बर्खिलाफसँग मानिस थुनामा राखी कारवाई गरेकोमा उजुर परी प्रधान न्यायालयबाट ऐनबमोजिम गराउन आदेश भई आफ्नो गल्ती सावित भईसकेपछि बहाना गरी ऐनबमोजिम नगरी ऐनले थुन्न नहुने मानिसलाई थुनी राख्नु कार्यपालिकाबाट न्यायपालिकासम्बन्धी कारवाई गर्नमा नेपाल अन्तरिम शासन विधान ३६ दफाले बर्खिलाफ असहयोग गरेको प्रष्ट देखिन्छ । (प्रकरण नं. ६) (२) गैरकानूनी तरिकासँग मानिस थुनामा राखी कारवाई गर्ने र न्यायपालिकासँग असहयोग गर्ने मानिस–सजाय भागी हुने र त्यसले गरेको कारवाई बदर हुने । भक्तपुर मैजिष्ट्रेट सवालको मजबुन नबुझी कारवाई गर्नु भएमा कानूनबमोजिम निर्णय गर्ने । यस प्रधान न्यायालयलाई अधिकार भएकोले उहाँले असहयोग गर्नु भए तापनि न्यायालयले आफ्नो कर्तव्य पालन गर्नैपर्ने हुन आएकोले बेकानूनी तरिकासँग मानिस थुनामा राखी कारवाई गरेमा र मिसिल कागज नपठाएमा समेत भक्तपुर मैजिष्ट्रेट सजाय भागी हुनुपर्ने नै ठहरिन्छ । मैजिष्ट्रेटले गरेको कारवाई बेकानून देखिन ठहर्न आएकोले सो कारवाई बदर गरीदिने । (प्रकरण नं. ८ र १०) फैसला १. यसैसाथ पेश गरेको ०१२।१।१२ मा गृह विभानगबाट नक्कल लिएको पर्चाबमोजिमको पर्चा नेपाल प्रेस असन त्यौडमा छपाई प्रचार गरेको छापा पर्चा पनि यसै साथ छ । सो पर्चा प्रचार गरे भनी भक्तपुर मैजिष्ट्रेटले ०१२।१।६ गते मेरा भतिजा ताराबहादुरलाई थुनामा राखेकोले तुरून्त थुनाबाट मुक्त गरी पाउँ भन्ने समेत कृष्ण खत्री को तो.नं. ८१०८ को निवेदनपत्रमा यसमा अघि कुनै आदेश भएको छैन र व्यहोरा साँचो भए यो बिन्तिपत्रको र साथै पेश गरेको पर्चाको समेत १ प्रति नक्कल र मोगबमोजिमको आदेश किन हुनु नपर्ने हो यो दाखिल भएका मितिले ७ दिन भित्र लिखित जवाफ दिई थुनुवालाई समेत प्रधान न्यायालयमा हाजिर गराउनु भनी मैजिष्ट्रट भक्तपुरलाई लेखि पठाई बहसको लागि एटर्नी जनरललाई पठाई दिनु भनी उक्त लेखिएको व्यहोरा र बिन्तिपत्र पर्चाको नक्कल सेक्रेटरी गृह बिभागमा समेत लेखि पठाई आएपछि डिभिजन बेञ्चमा पेश गर्नु भन्ने ०१२।१।१४ मा श्री माननीय प्रधान न्यायाधीश हरिप्रसादको आदेश भएको । २. सरकारको पक्षपाती नीतिको विरूद्ध अवाज उठाउनु होस भन्ने सिर्षक भएको (१) भक्तपुरमा कन्या हाईस्कुल र कालेज तुरून्त खोलीयोस् भन्ने समेत पृथक–पृथक ७ माँग लेखिएको जनअधिकार सुरक्षा समिति भक्तपुरको पर्चाको सिरमा यो पर्चा २१।१२।११ मा पास भएको हो भने र गृह बिभागको छाप भन्ने समेत जनिएको निवेदकले दाखिल गरेको पर्चा नक्कल बिन्तिपत्र साथै आएको । ३. निवेदनमा भएको आदेशबमोजिम १२ साल बैशाख २६ गते लिखित जवाफ र थुनुवा समेत हाजिर गराउनु होला भनी बिन्तिपत्र पर्चाको नक्कल समेत पठाई भ.पु.मैजिष्ट्रेटलाई र एटर्नी जनरललाई पठाई दिनु होला भनी सेक्रेटरी गृह बिभागलाई समेत प्रधान न्यायालयबाट लेखि गएकोमा यस मुद्दामा श्री मैजिष्ट्रेट बल्लभजीसँग २।४ कुरा सोध्न जरूरी भएकोले मुद्दा ३० गतेमा सुनुवाई होस भन्ने एटर्नी ज