निर्णय नं. ६८२७ - अंश दपोट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८२७ - अंश दपोट भाग: ४१ साल: २०५६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५६/०६/१७ २९८१ निर्णय नं. ६८२७ ने.का.प. २०५६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ संवत २०५३ सालको दे.पु.नं. ... २८७१ फैसला मितिः २०५६।६।१७।२ मुद्दाः अंश दपोट । पुनरावेदन प्रतिवादीः जिल्ला दैलेख पादुका गाउं विकास समिति वडा न.. २ वस्ने वर्ष ४४ को दुर्गानाथ योगी विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ. वस्ने चन्द्रनाथ योगी § अंशवण्डाको ३५ नं.. ले अंश मुद्दामा तायदाती दिंदा नदेखाइ दवाए छिपाएको भनी यिनै प्रतिवादी उपर फिराद गर्न कुनै वाधा दिएको देखिन आउदैन । जहिले सुकै नालेश लाग्न सक्ने स्थितिमा अदालती वन्दोवस्तको ३६ नं. को उल्लेख भएकै कारणले अंशवण्डाको ३५ नं. को हदम्याद भित्र नपरेको भनी वादी दावी खारेज गर्न मिल्ने देखिदैन । तसर्थ अंशवण्डाको २७ नं. अन्तर्गत दावी गरी आएको हुंदा उक्त महलको ३५ नं. को हदम्याद भित्र परेको भनी फिराद खारेज गर्ने गरेकोलाई वदर गरी सवुद प्रमाणको मुल्यांकन गर्न मिसिल शुरु जिल्ला अदालतमा पठाउने ठहर गरेको पुनरावेदन अदालत सुर्खेतको फैसलामा कुनै परिवर्तन गर्न पर्ने अवस्था विद्यमान नदेखिंदा सदर हुने । पुनरावेदक प्रतिवादी तर्फबाट प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.ज्ञाइन्द्रबहादुर श्रेष्ठः पुनरावेदन अदालत सुर्खेत वीरेन्द्रनगरबाट मिति २०५२।८।१४ मा भएको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ । २. विपक्षी दुर्गानाथ र म समेत अमरनाथको २ भाई छोरा हौं । एकासगोल भै भइ राखेको अवस्थामा घरको सम्पूर्ण श्रीसम्पत्ति दाजु दुर्गानाथके जिम्मामा रहेका र मिति २०४६।२।४ मा विपक्षी दुर्गानाथ उपर यसै अदालतमा अंश मुद्दा दिएकोमा अदालतबाट अंशको फांटवारी माग हुंदा विपक्षीले पैतृक अचल सम्पत्तिको फांटवारीमा उल्लेख नगरी आफूले एकलौटी दवाई खाने उद्देश्य राखेकोले फिरादमा उल्लेखित जग्गाहरु विपक्षीले दवाए छिपाएकोले उक्त जग्गाहरु मेरा नाममा एकलौटी गरी पाउं भन्ने समेत व्यहोराको फिराद पत्र । ३. मपिता पुर्खाको पालाको पैतृक सम्पत्ति फिारदीसंगको अंश मुद्दाको फांटवारीमा र सोही मुद्दाको प्रतिउत्तर पत्रमा देखाइ सकेको छु । पैतृक सम्पत्तिबाट फिरादमा लेखिएको जग्गा दवाए छिपाएको समेत छैन । वादी र म छुटिृ भिन्न भइसकेपछि अन्य जग्गाहरु मैले ऋण कर्जा गरी किनेका जग्गाहरु हुन वादीको झुठ्ठा दावीबाट फुर्सद गरी मैले मेरा आर्जन कमाईबाट खरिद गरेको फिराद दावीका जग्गाहरु हुंदा जग्गाहरु मेरै हक कायम गरी पाउं भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र । ४. यसमा वादीले उल्लेख गरेको अंश मुद्दाको छिनुवा मिसिल साथै राखी नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०४९।१०।१२ गतेको शुरु जिल्ला अदालतको आदेश । ५. उक्त आदेशानुसारको मिसिल प्माणको लागि सम्वन्धित मिसिल साथ संलग्न रहेको । ६. यसमा वादी प्रतिवादीले प्रमाणमा उल्लेखगरेका कागजातका प्रतिलिपी सम्वन्धित कार्यायबाट झिकाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको २०४९।११।४ मा भएको आदेश । ७. वादी प्रतिवादीहरुले प्रमाण खण्डमा उल्लेख गरेको कागजातहरु सम्वन्धित कार्यालयबाट प्राप्त भइ मिसिल साथ रहेको । ८. यसमा वादी प्रतिवादीका साक्षीहरु वुझी पेश गर्नु भन्ने समेत व्यहोराको आदेश । ९. वादी प्रतिवादीका वीच अंशवण्डा भइ छुटिृ भिन्न भइ सकेपछि प्रतिवादीले आफ्नो निजी आर्जनब