निर्णय नं. ६८२८ - लुटपिट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८२८ - लुटपिट भाग: ४१ साल: २०५६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५६/०९/१३ २५५३ निर्णय नं. ६८२८ ने.का.प.२०५६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा संवत २०५४ सालको दु.फौ.पु.नं. ..१४८१ फैसला मितिः २०५६।९।१३।३ मुद्दाः लुटपिट । पुनरावेदक वादीः रुद्रप्रसाद पाठकको श्रीमती का.प.जि.वालुवा गा.वि.स. वडा नं. ८ वस्ने वर्ष ४५ की हरिमाया पाठक विरुद्ध प्रत्यर्थी प्रतिवादीः टिका प्रसादको छोरा का.प.जि. कासीदेखा गाउं विकास समिति वडा नं. ७ वस्ने वर्ष २९ को शिवकृष्ण पन्त § मुलुकी ऐन लुटपिटको ७ नं. मा लुटपिट भएको ३ महिना भित्र नालेश नदिए लाग्न सक्दैन भन्ने उल्लेख भइ लुटपिट भएकोमा सो भएका मितिले ३ महिना भित्र नालेश दिनु पर्ने स्पष्ट कानूनी व्यवस्था भएको देखिन्छ । वादीले वारदात भएको भनेको मिति २०४८।१२।२९ बाट हिसाव गर्दा २०४९।३।२८ गतेसम्ममा नालेश दिनु पर्ने हुन आउंछ । तर वादीले १ एक दिन ढीलो गरी अर्थात २०४९।३।२९।२ मा मात्र फिराद पत्र दायर गरेको देखिंदा त्यस्तो फिरादलाई हदम्याद भित्र परेको भनी मान्न कानूनसंगत देखिन नआउने । पुनरावेदक वादीः तर्फबाटः प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.कृष्णजंग रायमाझीः पुनरावेदन अदालत पाटनबाट मिति २०५३।२।२९ मा भएको फैसला दोहोर्याई पाउं भन्ने निवेदन परी यस अदालतबाट निस्सा प्रदान भइ पुनरावेदनको रुपमा दर्ता भइ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ । २. पिताको नामको जग्गा विपक्षी शिवकृष्णका नाममा नामसारी गराइ शिवकष्णबाट मेरो आमाले २०४३।७।२ मा अंश वुझेको भरपाइ रजिष्ट्रेशन गराइ आमाका नाममा कौशिदेखा गा.वि.स. वडा नं. ८ कि.नं. १२४२ जग्गा कित्ता १ कि.नं. २१६ को कित्ता १ र उक्त कि.नं. २१६ मा वनेको ९१३ को कच्चि २ तल्ले घर समेत आमा हरिमायाले अंश पाइ उक्त जग्गा मलाई मिति २०४६।८।४ मा हालैको वकसपत्र गरी दिएकोबाट मेरो हक हुन आउको आमा २०४७ सालमा परलोक हुनु भयो । उक्त मेरो हक भएको घर विपक्षीहरु २ जना र नचिनेको ५०, ६० जना भइ घर भत्काइ उक्त घरमा भएको काठपात समेत जवरजस्ती लुटी लगेकोले जम्मा विगो रु.२४,१००। विपक्षीहरुबाट वष्रावरका दरले भराई लुटपिटको ६ नं. वमोजिम सजाय गरी पाउं भन्ने समेत व्यहोराको फिराद पत्र । ३. मिति २०४६।४।१ मा हा.व बाट प्राप्त गरेको मितिदेखि जग्गामा भोग चलन गर्न आउनु भएको छैन । जहांसम्म घरको सवाल छ । पुरानो अति जिर्ण अवस्थामा रहेको पिताका पालामा वस्तुभाउ राख्नको लागि वनाएको ७ सात हात लम्वाई १३ हात चौडाइ कच्चि गारो फुसको छानो भएको गोठमा विपक्षीको आमा वसी आउनु भएको थियो । छिडीमा वस्तुभाउ वाध्ने हुंदा फडिम जामुन आदि काठको थाम भएकोमा वस्तुभाउको मलमुत्रले कुहिन गएको थियो । फुसको छाना मर्मत संभारको अभावमा कुहिन गई विग्री सेकोमा हिउदको सजनमा विपक्षीको आमाले छाउन नसकि जिर्ण अवस्थामा रहेको उक्त गोठ २०४६ सालको वर्षादले भत्कन गयो । त्यसपछि विपक्षीको आमा हाम्रो गोठमा वस्नु भएका थियो । उक्त गोठ विपक्षीको आमाले २०४६ साल कार्तिक महिनामा मोल रु.२५००। मा विक्री गरी प्राप्त रकम निजको आमा जिम्मा लगाई दिएको हो । हामीले लुटपिट गरेका होइन भन्ने समेत व्यहोराको प्रतिवादीहरुको संयुक्त प्रतिवेदन पत्र । ४. वादीका साक्षीहरुले वादी दावी मिलान र प्रतिवादीका साक्षीले प्रतिउत्तर जिकिर मिलान हुने गरी गरेका छुटृा छुट्टै वकपत्र मिसिल संलग्न रहेको । ५. सवुदको अभावमा वादी