निर्णय नं. ४२ - आर्य समाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२ - आर्य समाजी भाग: २ साल: २०१६ महिना: श्रावण अंक: ६ फैसला मिति :२०१३/०४/२५ २७६९ निर्णय नं. ४२ ने.का.प. २०१६ डिभिजन बेञ्च (सल्यान अपील उपर) प्रधान न्यायाधीश श्री अनिरूद्रप्रसाद सिंह न्यायाधीश श्री बल्लभ शम्शेर ज.ब.रा. फौ.डी.सा.नं. ७ वादी : पूर्णबहादुर थापा क्षेत्री विरूद्ध प्रतिवादी : बिष्णुबहादुर थापा क्षेत्री मुद्दा : आर्य समाजी (१) कस–कसलाई आर्य समाजी मतमा ल्याए लगाए भन्ने किटानी उजुर नभएमा–सो मतमा गै सकेको र अरूलाई प्रचार गरी ल्याई सकेको नदेखिएमा–सरजमिनको आधारबाट पूरै कसूरबन्द ठहराई सजाय गर्न नमिल्ने । आर्य समाज धर्म प्रचार गरी कुनै मानिसलाई त्यस धर्ममा लगाई सकेको भन्ने किटानी साथको उजुर नभएको र म पूजाआजा गर्दै छु भनी प्र. विष्णुबहादुर समेतले बयान गरेको पछि बुझिएका सरजमिनले केही शंका गरी लेखिदिएका छन तापनि आर्य समाजको मतमा गईसकेको र अरूलाई आफ्नो मतमा ल्याई सकेको र प्रचार गरेको समेत नदेखिएकोले सिंगलबेञ्चले ठहराएको इन्साफ मनासिव छ । (प्रकरण नं. १३) (२) सरजमिनले आर्य मतमा लागेका भन्ने लेखिदिएमा–अरूको धर्ममा खलल नगरी सो मतमा जान उद्योगसम्म गरेको भन्नु पर्ने । धेरैजना सरजमिनले प्रतिवादीहरू आर्य मतमा लागेको भन्ने लेखिदिएका भएपछि अरू कसैको धर्म खलल गरेको नदेखिएकोले सो मतमा जान उद्योगसम्मगरेको भन्नु पर्ने । (प्रकरण नं. १२) (३) अदलको २९ नं. को २ दफा– विधर्ममा जान उद्योग गर्नेलाई–रू. ५०। जरीवाना हुने । आर्य मतमा जान उद्योगसम्म गरेकोलाई अदलका २९ नं. का २ दफाले जनही रू. ५०। पचासका दरले जरिवाना गरे पुग्ने । (प्रकरण नं. १२) फैसला १. यसमा हुकुमबहादुर भन्ने हर्कबहादुर थापा क्षेत्री समेतले श्राद्ध समेत गर्नु पर्दैन, ढुड्डामाटोको मुर्तिलाई देवता भनी पुजा गर्न पनि पर्दैन, ब्राम्हण, क्षेत्री, वैश्य, शुद्र जातले पनि जानेको गर्न हुन्छ भनी रात दिन वेद पाठ गर्ने, होम गर्ने, आर्य मतको पाठशाला कायम गरी मानिसको मत बिगारी धेरै जसो रैतिलाई आर्य मतमा मिलाई बेहिसाव गरी नाता लगायत जसकी छोरी बुहारी जसले ल्याए पनि धर्म शास्त्रले रोकिंदैन । हर्कबहादुर समेतले पुजने गरी आएको कुलाईनको स्थान भत्काई हर्कबहादुरका बारीका छेउमा भएको मठमा पनि पूजा गर्नु पर्दैन भनी भत्काई बेलका रूख काटेका र भीमबहादुर थापा क्षेत्रीले भाई नाता पर्ने तेजबहादुरको विबाहिता विधवा स्वास्नी ल्याई राखेको छ, हाडनातातर्फमा र आर्य समाजी मत प्रचार गरेमा समेत सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी पूर्णबहादुरको उजुरी बिन्तिपत्र बयान । २. मेरा बाबु छैनन् । पुरोहितद्वारा बाबुको श्राद्ध गराउँछु । मानी आएको देवताको पूजा गर्ने गरेको छु । हर्कबहादुरको बरीको छेउमा सिद्ध देवताको स्थान थियो । ४,५ बर्ष भयो जिर्ण भई भत्केकोले हाल पूजा गर्ने गरेको छैन । श्रावण एकादशीका दिन मेरा हकमा मेरै घरमा गर्ने गरेको छु । अरूले पनि घरमै गर्ने गरेका छन मैले वेद नपढेकोले वेद, पाठ होम केही गर्ने गरेको छैन गर्नुपर्ने काम परी आए ब्राहामणद्वारा गर्ने गरेको छु बेलको रूख काटीएको छैन, साबुदै छ । हर्कबहादुरको घर अगाडि कुलाईन देवताको पूजा गर्ने स्थान छ । ३ बर्षमा १ चोटी पूजा गर्ने हो भन्थे । उजुरीबमोजिम मैले केही गरेको छैन । म निर्दोषी छु, मेरा ऊपरको उजुर झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र. जितमान गिरीको बयान । ३. बाबु जीवित हुनु हुँदा श्राद्ध गर्ने गरेको छैन, देवताको पूजा आजको हकमा गर्ने गरेको छु । मठ भत्काई बेलका रूख काटी जोगीलाई पूजा गर्न