निर्णय नं. ६८३० - अपुताली हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८३० - अपुताली हक कायम भाग: ४१ साल: २०५६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५६/०६/०३ ३५७४ निर्णय नं. ६८३० ने.का.प.२०५६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय संवत २०५२ सालको दे.पु.नं. .. ३४६० फैसला मितिः २०५६।६।३।२ मुद्दाः अपुताली हक कायम । पुनरावेदक वादीः जि.कलिवस्तु वनगाई हाल कानपुर गा.वि.स. वडा नं. १ विसुनपुर वस्ने गुलाव मुराउ विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ. वस्ने हरिराम मुराउ § मथुरा मुराउको छोरी तिर्था भएको तथ्यमा कुनै विवाद नभएपछि वावुको मृत्यु हुनासाथ कानूनले साख्यात छोरी तिर्थाको अपुताली हक कायम भएको मान्नु पर्ने हुन्छ । वावु मथुराको मिति ०४२।७।२७ मा मृत्यु भए पश्चात वावुको अपुताली सम्पतिको नामसारीको लागि मालपोत कार्यालय कपिलवस्तुमा मिति ०४२।१२।१८ मा दरखास्त दिएको र सो निवेदनको आधारमा मालपोत कार्यालयले कारवाही शुरु गरेको पाइन्छ भने प्रतिवादीले नामसारीको लागि धेरैपछि ०४६।३।२१ मा मात्र आएर निवेदन दिएको देखिन्छ । अपुताली हक नामसारी नहुदैमा हकनै कायम नहुने भन्न मिल्दैन । नामसारी भनेको त नियमित गराउने सम्मको कृया हो । अतएव मृतक मथुराकी छोरी तिर्थामा स्थापित भैसकेको अपुताली निजपछि निजकै हकदारमा निस्कृत हुने हुंदा वादीको हक कायम हुने हुंदा कपिलवस्तु जिल्ला अदालतको इन्साफ मनासिव ठहर्ने । पुनरावेदकवादी तर्फबाटःविद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा प्रत्यर्थी प्रतिवादी तर्फबाटिःविद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह अवलम्वित नजिरः फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत वुटवलको मिति २०५२।२।१७ को फैसला उपर पर्न आएको पुनरावेदन सहितको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. जिल्ला कपिलवस्तु गा.वि.स. वनगाई वडा नं. ३ मौजा विसुनपुर वस्ने मथुरा भराउ मेरो ससुरा हुनु भएको । निजको श्रीमती तथा छोरा नभएको १ छोरी भएकी प्रतिवादी हरिरामले ससुरा मथुरासंग अंश मुद्दा लडी आधी अंश फांट लिने दिने गरी २०४१।१।१२ गते यसै अदालतमा मिलापत्र भै अंश फांट छुट्याई भिन्दै वसी आएकोबाट ससुरा मथुरा भुराउको सेवा सम्भार तथा खेती लगायतको काम काज मेरी श्रीमती तिर्था समेत दुवै लोग्ने स्वास्नी ससुरा मथुराको सराकतमा वसी संग सम्भार खेती गृहस्ती लगायतको सवै कार्य व्यवहार गरी आएकोमा २०४२ साल कार्तिक २७ गतेका दिन निज ससुरा मथुरा आफ्ना कालगतिले परलोक भैसकेपछि दाह संस्कार कृया श्राद्ध सवै हामी लोग्ने स्वास्नीले नै गरी निज ससुराको नाउंमा दर्ता रहेको जग्गा २-१०-० र घर समेत अपुरताली हुन आएको पंचायतको सिफारिश तथा मृत्यु प्रमाणपत्र समेत संलग्न राखि जग्गा नामसारी दर्ता गरी पाउं भन्ने म्याद भित्रै मेरो श्रीमती तिर्थाको मालपोत कार्यालय क.व. मा दरखास्त दिइ कारवाही चलाई आएकोमा सो जग्गाहरु श्रीमती तिर्था भुराईनीको नाममा नामसारी दर्ता नहुदै मिति २०४६ साल माघ १५ गते निज श्रीमती तिर्था भुराउनी आफ्नो कालगतिले प्रलोक भएकी । निजको अपुताली हक खाने म लोग्ने ज्वाई वाहेक अरु कोहि नभएकोबाट सो जग्गा नामसारी दर्ता गरी पाउं भनी दिएको निवेदन पत्र जगाई उक्त जग्गा म भारतीय नागरिक भएको मेरो नाउंमा दर्ता हुन सक्दैन । उक्त घर जग्गा विक्री गर्ने गरी मेरो हक कायम गरी पाउं भन्ने क.व. मालपोत कार्यालयमा मिति २०४७।६।२५ गतेमा निवदेन दिएकोमा कारवाही हुदै मथुराको साख्य भाई विन्दा भुराउको छोरा हुन निज मथु