निर्णय नं. ४३ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३ - लेनदेन भाग: २ साल: २०१६ महिना: श्रावण अंक: ६ फैसला मिति :२०१५/०८/१२ २५७५ निर्णय नं. ४३ ने.का.प. २०१६ फुल बेञ्च (अपील पहिला फाँट ऊपर) प्रधान न्यायाधीश श्री अनिरूद्रप्रसाद सिंह न्यायाधीश श्री बल्लभ शम्शेर ज.ब.रा. न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय न्यायाधीश श्री पशुपतीप्रसाद उपाध्याय दे.फु.नं. ८ निवेदक, प्रतिवादी : तारा शम्शेर ज.ब.रा. विरूद्ध विपक्षी, वादी : श्री ३ माहिली महारानी कृष्णकुमारी राणाजिनी मुद्दा : लेनदेन (१) साहु आसामीको २ नं.– तमसुक भएका मितिले १० बर्ष भित्र रीतपूर्वकको भाखापत्र गराएको भए मात्र भाखापत्र गराएको भए मात्र भाखापत्र भएको मितिले फेरी १० बर्षको हदम्याद पाउने–गैरकानूनी ढंगबाट आयस्ता रोकेकोलाई म्याद भित्रको उजुर र भाखा करारको स्पष्ट शब्दको लिखत बेगर भाखा करार वा मन्जूरी भएको भन्न नमिल्ने । हाम्रा बाबु खसमले रू. २०००० लिनु भएकोमा हामी अंशियारले बुझाउनु पर्ने हो बुझाउँछौ । भाखा पाउँ भन्ने समेत शब्द परेका कागजहरू बेगर आफ्ना मातहतबाट दिन पर्ने अर्काको आफ्ना खुशीले रोकी दिएको कुरालाई रोक्का नहोस भनी दुःख पुकार गरेका चिठ्ठीलाई भाखापत्र सरहको मञ्जुरी भनी अर्थ लगाउन र कानून अन्तर्गतको व्यवहारिक व्यवस्था भनी मान्यता दिन न्यायमा उचित देखिएन । ऐनका मन्सायमा मिल्ने भाखापत्र बेगर मञ्जुरी भन्न नभई म्याद भित्रको उचित कानूनी कारवाई नभएपछि म्याद खिलाफ भएकै भन्न पर्छ । म्याद भित्र भाखापत्र वा उजुर नगरी आफैंले आफ्ना मनासिवबाट रोकी दिएका आयस्तालाई भाखा करार वा मन्जूरी सम्झिएका सो कुरै बदर र अवैधानिक ठहरेको भएपछि १० बर्षभित्रको भाखापत्र वा मञ्जुरी भनी हदम्याद थामी दिन नमिल्ने । गैरकानूनी तरिकाले आयस्ता रोकीदिएको कारणबाट दुःख पुरकार गर्ने अवस्था परी दुःख पुकारासम्म गरेको देखिने पत्रको विचार गरी रहनु नपर्ने । (प्रकरण नं. १२ र १३) (२) हाकिमको नाउँमा कराउनेको १२ नं.–अपील उजुर नगर्नेको हकमा समेत इन्साफ गर्न हुने। आठ अंशियारमा एक जनाको मात्र उजुर परेकोले सवैको हकमा इन्साफ गर्न नमिल्ने भनी वादीको वकिलको बहस भएकोलाई हा.क.१२ नं. मा प्रष्ट खुलेकै हुँदा उक्त कानून मुताविक सवैको विषयमा विचार गरी इन्साफ गर्नुपर्ने । वादी तर्फबाट : प्लीडर श्री हेरम्बप्रसाद उपाध्याय प्रतिवादी तर्फबाट : प्लीडर श्री मिन मर्दन फैसला १. यसमा क.मान शम्शेरले मसँग २ महिनाको भाखा गरी ९६ साल मार्ग महिनामा नोट रू. २० हजार निव्र्याजी सापटी लिएकोमा उदय शम्शेर, बिनायक शम्शेर, रत्नकुमारी समेत–३ जनाको आयस्ता ०३ साल देखि ०७ सालसम्म रोक्का गरी लिएकोमा निज उदय शम्शेर र बिनायक शम्शेर रत्नकुमारी समेतले आयस्ता दिलाई पाउँ भनी नालिस गरेको सो–मुद्दामा लेनातर्फ छुट्टै–नालिस परेका बखत ठहरेबमोजिम हुने भनी अपील दोश्रा फाँटबाट फैसला भएकोले मेरा उक्त लेना बाँकी अन्यायका ८ जना जसबाट पाउँने हो दिलाई भराई पाउँ भन्ने माहिली महारानी कृष्णकुमारीको फिराद रहेछ । २. निज वादीबाट कर्जा लिएको पनि थाहा छैन, लिएकै भए पनि लिखतको हदम्याद नाघिसकेकाले हामीले तिर्न बुझाउन नपर्ने भन्ने तारा शम्शेर, उदय शम्शेर, बिनायक शम्शेर, लक्ष्मी शम्शेर, रत्नकुमारी समेतको र हामीहरूको आयस्तापनि नरोकिएको र लिखतको हदम्याद समेत नाघी सकेकाले तिर्न बुझाउन नपर्ने भन्ने महेश्वर शम्शेर फणिन्द्र शम्शेर समेतको प्रतिवादी रहेछ। ३. आयस्ता रोक्का फुकुवा पाउँ भन्ने प्र. रत्नकुमारी समेतको नालिस परेका मुद्दामा लेनातर्फ छुट्टै उजुर परेका बखत ठहरेबमोज