निर्णय नं. ६८३१ - लिखत दर्ता वदर दर्ता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८३१ - लिखत दर्ता वदर दर्ता कायम भाग: ४१ साल: २०५६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५६/०३/३१ २८३५ निर्णय नं. ६८३१ ने.का.प. २०५६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्वत २०५३ सालको दे.पु.नं. ... ३७४८ फैसला मितिः २०५६।३।३१।५ मुद्दाः लिखत दर्ता वदर दर्ता कायम । पुनरावेदक प्रतिवादीः जि.मोरङ तेतरीया गा.वि.स. वडा न. ७ वस्ने गंगा माझि थारु । विरुद्ध प्रत्यर्थी वादीः जिल्ला मोरङ विराटनगर नगरपालिका वडा नं. ४ वस्ने उत्तर कुमारी राउत समेत § पिता पुर्खाको पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सवै र अचलमा आधी सम्म घर व्यवहार चलाउन कसैको मंजुरी लिनु नपर्ने र अचलमा आधी भन्दा वढी भने व्यवहार चलाउनै परे एक्काइस वर्ष नाघेका स्वास्नी छोरा र समेतो मंजुरी लिनु पर्ने व्यवस्था अंशवण्डाको १९ नं. अन्तर्गत पर्छछ । अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफूखुसि गर्न पाउने अरुको मन्जुरी लिनु नपर्नेमा वाहेक अरुमा एका घरका अंशियार सवै साक्षी वसेको वा निजहरुको मन्जुरीको लिखत गरि दिएको भएमात्र पक्का ठहर्छ भन्ने कानूनी व्यवस्था लेनदेन व्यवहारको १० नं. मा व्यवस्था गरिएको छ । प्रस्तुत लेनदेन व्यवहारको १० नं. अन्तर्गतको मुद्दामा मन्जुरी लिनु पर्ने देखिन्छ । प्रस्तुत मुद्दामा पारित लिखतमा घरको मुख्य व्यक्ति साक्षी मात्र वसेको र अन्य अंशियार साक्षी समेत वसेको नदेखिंदा निजहरुको मन्जुरी रहे भएको मान्न नमिल्ने । (प्र.नं. १०) पुनरावेदक प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री युवराज भण्डारी प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ वमोजिम पुनरावेदन दायर भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ् एवं ठहर यस प्रकार छ । २. विपक्षी संजिव कुमार म उत्तर कुमारीको छोरा गौतम कुमार र संतोष कुमार भाई र संजिव कुमार मनोज कुमार, विनोद कुमार र मधू कुमारका दाजु हुन, सगोलमा छौ । संजिव कुमारले सगोलको तेतरिया गा.पं. वार्ड नं. ७(ख) कि.नं. ८२ को ०-४-० जग्गा रु.२५०००। मा हाम्रो मंजुरी विना गंगा माझिलाई विक्रि गरि दिएका हुनाले हामी फिरादी ६ जना को भागमा पर्ने ०-३-८-९ जग्गाको राजिनामा र दर्ता वदर गरी पाउं भन्ने समेतको मिति २०४६।९।१६ मा उत्तर कुमारी राउत समेतको फिराद पत्र । ३. राष्ट्र वैंकमा काम गरी स्वआर्जनको कसैको हक नलाग्ने भनी संजिव कुमार र निजका पिताले भनेको हुंदा सो जग्गा राजिनामा गरि लिएको हुं । पैतृक सम्पत्ति पनि छ भनी फिरादीले देखाउन सक्नु भएको छैन । हरिलाल माझि र मेरो जग्गा खिचोला मुद्दा चलिरहेको निजले वादीहरुलाई प्रलोभनमा पारी मुद्दा दिन लगाएका हुंदा वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोरोका प्रतिवादी गंगा माझि थारुको मिति २०४७।१।९ को प्रतिउत्तर पत्र । ४. प्राइवेट अध्ययन गर्न नेपाल राष्ट्र वैंकको परिक्षा दिन र अन्य खर्च गर्न गंगा माझिबाट सयकडा रु.५० का दरले व्याज वुझाउने गरी पैसा सापटी लिएइको र निजको चित्त वुझाउन मानो छुटृी वसेका वावुलाई साक्षी राखी सो जग्गा विक्री गरेको हुं । नोकरीमा भर्ना भएपछि उक्त रुपोय चुक्ता गर्न मासिक तलव घरमा दिंदै आएको छु । मंजुरी वेगर जग्गा विक्री गर्यो भन्ने रिसले म उपर अभियोग लगाएका मात्र हुन भन्ने समेत व्यहोराको प्रतिवादी संजिव कुमार राउतको प्रतिउत्तर पत्र । ५. आफूले ख