निर्णय नं. ६८३२ - सटृापटृा लिखत वदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८३२ - सटृापटृा लिखत वदर भाग: ४१ साल: २०५६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५६/०७/१५ २३९९ निर्णय नं. ६८३२ ने.का.प. २०५६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ संवत २०५२ सालको दे.पु.नं. .. २८३० फैसला मितिः २०५६।७।१५।२ मुद्दाः सटृापटृा लिखत वदर । पुनरावेदक प्रतिवादीःजिल्ला वाग्लुङ गा.वि.स. वडा नं. १ सुलडांडा वस्ने कौशीलाको मुद्दा सकार गर्ने ऐ. को छोरा ऐ. ऐ. वस्ने तिलकप्रसाद रिजाल समेत विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ. सुलडांडा वस्ने पार्वती रिजाल § अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफूखुसी गर्न पाउने अरुको मन्जुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरका अंशियार सवै साक्षी वसेको वा निजहरुले मंजुरीको लिखत गरिदिएको भएमात्र पक्का ठहर्छ भन्ने लेनदेन व्यवहारको १० नं. ले कानूनी व्यवस्था गरेको देखिन्छ । सो कानूनी व्यवस्था अनुसार कौशीलाले लिखत गर्दा वादीको मंजुरी लिएको वा निजलाई साक्षी राखेको समेत देखिन आउंदैन । सटृापटृाको लिखत गर्दा घरका मुख्य मालिकलाई राजि गराई साक्षी राखी सटृापटृाको लिखत गरेको भन्ने प्रतिवादी जिकिरको हकमा लेनदेन व्यवहारको १० नं.ले गरेको लिखत पक्का गराउन सगोलको अंशियारको मंजुरी लिनुपर्ने वाध्यात्मक कानूनी व्यवस्था अमान्य हुन सक्ने गरी सटृापटृाको लिखत गर्न लेनदेनको ३६ नं. ले कानूनी व्यवस्था गरेको देखिदैन । तसर्थ दावी वमोजिम निज वादीको हक सम्मको ४ भागको १ भाग सटृापटृाको लिखत वदर हुने ठहर्याएको पुनरावेदन अदालत पोखराको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. १०) पुनरावेदक प्रतिवादी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.उदयराज उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. विपक्षी कौशिला मेरी सौतेनी वहिनी हुन । हाम्रो लोग्नेको दुई परिवार मध्ये जेठी म फिरादी कान्छी विपक्षी कौशिला भएकोमा म तर्फ एक छोरी जायजन्म भै विवाह भैसकेको विपक्षी कौशिला तर्फ १ छोरा र ४ छोरीहरु भएको हामीहरु हालसम्म एकासगोलमा रही वसी आएका छौ हाम्रो सम्पत्ति सवै आर्जनबाट विपक्षी कौशिलाका नाउंमा राजिनामा भएको विहुंकोट गा.वि.स. वडा नं. १ कि.नं. ९६९, ९७१, ९६७, ९७३, ८०५, ९५३, ९५२, ९७५ का जग्गा मेरा छोरा छैनन भनी हेपी मलाई निर अंशि वनाउने अंशमा नोक्सान पार्ने नियतले विपक्षीको दाइजो पेवा नभएको उक्त जग्गालाई मिति २०४६।१२।२३ मा विपक्षी शशिधर संग रु.१४,५५०। लिई कि.नं. ३७७ को जग्गा संग उपयुक्त ८ कित्ता जग्गा सटृा पटृा जनाई हक छोडी दिनु भएको रहेछ । मिति २०४७।१।१९ मा विपक्षी शशिधरको जग्गमा प्रवेश गरेको देखि के नाताले प्रवेश गर्नु भएको हो भनी सोध्दा १ कित्ता जग्गा र नगद रुपैया दिई कुनैको सटृा पटृा कुनैको थैली वुझाई लिएको हुं भन्ने जवाफ दिएकाले ऐ. २० गते नक्कल कागज सार्न लगाउंदा जानकारी हुन आयो । सो सटृा पटृा गरिएको जग्गा सगोलको होइन विपक्षी कौशिलाको मात्र हक को हो भन्ने प्रमाणित नभै उक्त जग्गाहरुमा लेनदेन भएको कुरा लेनदेन व्यवहारको ४० नं. प्रतिकूल देखिएको छ । अतः उक्त राजिनामा सटृा पटृा भएको िजग मेरो अंश हक लाग्ने ४ खण्डको १ खण्ड जग्गाहरु वदर गरी मलाई फिर्ता दिलाई मेरो नाउंमा दर्ता गराई पाउं भन्ने समेत व्यहोराको फिराद माग दावी । ३. प्रतिवादी म कौशिलाको व्यहोरा के छ भने माइतीबा