निर्णय नं. ६८३३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८३३ - कर्तव्य ज्यान भाग: ४१ साल: २०५६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५६/०५/२१ २५२१ निर्णय नं. ६८३३ ने.का.प. २०५६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा संवत् २०५५ सालको साधक नं. .. ३६३ फैसला मिति : २०५६।५।२१।२ मुद्दा : कर्तव्य ज्यान । वादीः सानुराज दाहालको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः जि. मोरङ मधुमल्ला गा.वि.स. वार्ड नं. २ वस्ने गोपाल प्रसाद गौतम § आफूलाई संधै गाली गलौज गरी रहने हुंदा सोही रिसले मार्ने उद्देश्य राखी निज निदाएपछि पिराले प्रहार गरी मारेको भनी अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागजमा र अदालत समक्ष समेत कसुर गरेको कुरामा सावितै रही प्रतिवादीले वयान गरेको देखिन्छ । प्रतिवादीको कथनलाई चन्द्रमणि दाहाल र वस्तुस्थिति मुचुल्काका नरेन्द्र प्रसाद भण्डारी समेतले समर्थन गरेको पाईन्छ । किटानी जाहेरी दरखास्त र प्रतिवादीको स्वीकारोक्तीको समर्थनमा जुटेका अन्य प्रमाण समेतका आधारमा मृतक दधिराम को मृत्यु प्रतिवादी गोपाल प्रसादकै कर्तव्यबाट भएको भन्ने कुरा स्थापित भएको छ । प्रतिवादीले आफ्नो वयानमा दधिराम र आफू नजिकै सुतेको र निज दधिराम ले संधै गाली गलौज गर्ने कारणबाट रिस उठी प्रहाचर गरेको भनेतापनी दधिरामले संधै गाली गलौज गर्ने गरेबाट मृतकसंग रिसइवी रहेको र उक्त दिन पनि मृतक निदाएपछि काठको पिराले हिकाई मारेको भनी भनेको स्थितिमा निदाई रहेको अवस्थाको व्यक्तिलाई प्रहार गर्ने प्रतिवादीले तत्काल उठेको रिस थाम्न नसकी प्रहार गरेको भनी आदेश प्रेरित हत्याको सुविधा पाउने अवस्था नहुने । (प्र.नं. १८) वादी तर्फकाटः प्रतिवादी तर्फबाट : अवलम्वित नजीर : फैसला न्या. हरिश्चन्द्रप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) अनुसार साधकको रोहबाट यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ । २. मेरो घर भत्काई नयां घर बनाउन लागेको हुंदा मोरंग मधुमल्ला २ वस्ने लक्ष्मी प्रसाद पोखरेलको घरमा म र मेरो परिवार सुतेको र मेरो मावली भाई दधिराम उपाध्याय भटृराई मेरो भानिज गोपाल प्रसाद गौतम समेत दुईजना लक्ष्मी प्रसादको घर टाँडमुनी खटियामा ०५० १२ १७ गते वेग्लावैग्ले सुतेको थिएं । हामी निदाउन लागेको रहेछौं । उक्त राती अन्दाजी ११.३० वजेको समयमा चन्द्रमणि दाहाल समेतले हल्ला गर्दा के हो भनी उठेर सोधनी गरी गरेको तल्ला मुनी झर्दा मानिसहरु हो हल्ला गरिरहेका रहेछन, मैले लाईट लगाई दधिराम सुतेको ठाउंमा हेर्दा भानिज गोपाल प्रसाद उभिएको देखें । धेरै हो हल्ला भएपछि निज गोपाल भागेछन्, गाउंका मानिसले निज उपर शंका गरी खोज तलासी गर्दा निजलाई फेला पारी सोधपुछ गर्दा पिराले प्रहार गरी दधिराम लाई घटनास्थलको मृत्यु पारेको हुं भनेको हुंदा निजलाई कर्तव्य ज्यानमा कारवाही संजाय गरी पाउं भन्ने सानुराजा दाहालले जाहेरी दरखास्त । ३. मोरंग मधुमल्ला गा.वि.स. वडा नं. २ लक्ष्मी प्रसाद पोखरेलको तिनको छानो भएको दुई तल्ले घरको तलामुनी पलंगमा दधिराम भटृराईको लास रहेको । मृतकको टाउको र अनुहार खुनले भिजेको विछ्याएको तन्नामा समेत खुन लागेको नाक मुख निधारमा किचिएको भन्ने समेत व्यहोराको घटनास्थलको प्रकृति मुचुल्का । ४. दधिराम भटृराई र म बेग्लाबेग्लै खटियामा सुतेको वखत ०५०।१२।१७ गते राती ९:३० वजेमा मैले निज उठेको मौकामा ओछ्यानमा नै मारी दिने नियत राखी काठको पिराले टाउको निधार मुखमा समेत प्रहार