निर्णय नं. ६८३४ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८३४ - लेनदेन भाग: ४१ साल: २०५६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५६/०७/०८ २६९७ निर्णय नं. ६८३४ ने.का.प. २०५६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा संवत २०५२ सालको दे.पु.नं. ... २९९६ फैसला मितिः २०५६।७।८।२ मुद्दाः लेनदेन । पुनरावेदक प्रतिवादीः महोत्तरी मटिहानी ७ वस्ने लक्ष्मी साह सुडी मरी मु.स. गर्ने निजको श्रीमती धनादेवी सुडिन विरुद्ध विपक्षी वादीः महोत्तरी मटिहानी ७ वस्ने मचकौरी साहु सुडी § प्रतिवादीले प्रतिउत्तर फिराउदा दावि वमोजिम कर्जा आफूले नलिएको भनेतापनि उक्त लिखत गरिदिएको व्यहोरा स्विकार गरेको देखिन्छ । यसरी तमसुक गरिदिएकोमा प्रतिवादीले स्वीकारै गरेको र सो स्वीकारोक्तीलाई अन्यथा भन्न सकिने आधार प्रमाण प्रतिवादीले गुजार्न सकेको नदेखिंदा वादी दावि वमोजिमको सांवा व्याज प्रतिवादीबाट भराइ दिने ठहराएको पुनरावेदन अदालत जनकपुरको इन्साफ मनासिव नै हुंदा सदर हुने । (प्र.नं. १२) पुनरावेदक प्रतिवादी तर्फबाटः विपक्षी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.केदारनाथ आचार्यः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. प्रतिवादीले म बाट रु.५१०१। वुझी लिई सैकडा १०। का दरले व्याज वुझाउने गरी २०३९ साल मार्ग १२ गते कपाली तपसुक गरी दिएकोमा माखा भित्र सांवा व्याज नवुझाएकोले नालेस गरेको छु । सांवा व्याज रु.५९०३।१० प्र. बाट दिलाई भराई पाउं भन्ने वादीको फिराद पत्र। ३. विपक्षी फिरादी दावि वमोजिमको रु.५१०१। कर्जा लिएको छैन । निज सरजुग साहसंग सम्पत्ति वण्डा गर्न वांकि नहुंदा स्व.आमा चिनिया देवी नाउंका जग्गा समेतको नाउंसारी वण्डा सम्वन्धमा फिरादी र सराजुग साह समेतले गडमेल गरी मेरो र कान्छो भाई नथुनी साहुको हुने अंश पचाउने वेइमानी चिताई नाउंसारी वण्डा गर्नमा विरोध वाधा उत्पन्न गरेकोमा पंचायती निर्णय निमित्त रु.५१०१। को तपसुक गराइयो । सो तमसुक मध्येका कोइनमा फिरादी धनीको कोइमा सरजुग साह कोइमा म पनि धनी भै लिखत भयो । फिरादी समेतले स्वं आमाको नाउंको जग्गा एकलौटी नाउंसारी गराउनको लागि पंचायतबाट सिफारिश गराएको कुरा थाहा पाई नथुनिले विरोध गरेको कारणबाट मटिहानी गुठीद्वारा नाउंसारी गराउने काम स्थगित भई रोकिएको छ । मैले फिरादी समेत उपर वे.नं. ५९२ को अंश मुद्दाको कारवाही चलाएपछिद्ध फिरादिले यो मुद्दा दायर गरेका हुन । फिरादी संग मैले कर्जा लिएको होइन छैन । फिराद दावा झुठ्ठा हो भन्ने प्रतिवादी । ४. वादी दावी अनुसारको रुपैया लिनु दिनु गरी तमसुक भएको हुंदा सांवा व्याज भरी पाउने ठहर्छ भन्ने म.जि.अ. को मिति २०४१।११।११ गतेको फैसला । ५. दावा परिपंच फरेव र झुठ्ठा भएको कुरा वादीकै साक्षीले समर्थन गरेको हुंदा सांवा व्याज भराउने गरी मिति २०४१।११।११ गतेमा गरेको फैसला त्रुटिपूर्ण हुंदा वदर वातिल गरी इन्साफ पाउं भन्ने प्र.लक्ष्मी साहुको जु.गे.अ. जनकपुरमा परेको पुनरावेदन पत्र । ६. यसमा यसै लगाउको अंश मुद्दामा शुरुले गरको निर्णय वदर भै कारवाइ किनाराको लागि शुरुमा पठाउने निर्णय अनुसार यस मुद्दामा समेत असर पर्न सक्ने हुंदा साथै निर्णय गर्नु पर्ने देखिंदा यो मुद्दामा भएको शुरु निर्णय वदर हुने ठहर्छ भन्ने मिति २०४३।८।१८।४ को जनकपुर अंचल अदालतको फैसला । ७. यसै लगाउको दे.नं. ७८३ को अंश मुद्दामा वुंदा प्रमाणहरुबाट विवादित लिखत जालसाजी ठहर्छ भन्ने शुरु भ.जि.अ. बाट मिति २०४९।४।२०