निर्णय नं. ६८३५ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८३५ - कर्तव्य ज्यान भाग: ४१ साल: २०५६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५६/०४/१४ २६९३ निर्णय नं. ६८३५ ने.का.प. २०५६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी संवत् २०५५ सालको फौं साधक नं. .. २५४ फैसला मिति : २०५६।४।१४।६ मुद्दाः कर्तव्य ज्यान । वादीः वेग वहादुर समेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः पर्वत जिल्ला भंगरा गा.वि.स. वडा नं. १ वस्ने मन कुमारी घिमिरे § मृतकले पोष्टमार्टम प्रतिवेदन हेर्दा मृत्युको कारणमा ... This is a case of Strangulation and the cause of death is due to asphyxia” भन्ने रहेबाट मृतक जातक जिउदो जन्मिएको रनिजको मृत्यु अप्राकृतिक रुपबाट नै भएको देखिन्छ । वच्चाको रोएको आवाज सुनेको भन्ने कृष्ण कुमारको भनाईलाई अन्यथा हो र निजले त्यस्तो व्यहोरा लेखाई गंभिर अपराधको दोषी यी प्रतिवादीलाई करार गर्नुपर्ने अवस्था रहे भएको मिसिल संलग्न तथ्य र आधारबाट देखिन नआउनुका साथै प्रतिवादी स्वयंले समेत सो कुराको पुष्टि गरी आफ्नो निर्दोषिता प्रमाणित गर्न सकेको पाइदैन । आफूले अवैध गर्भ धारण गरेकोमा निज सावितै रहेको वच्चा जन्मने बेथा लागेपछि जंगलतिर गएको भन्नेमा सावित रहेको वच्चा जन्मिएपछि पनि कतै प्रकाश नगरी लुकाई राखेको अवस्थाबाट समेत यी प्रतिवादी कसुरदार रहिनछन भन्न सकिने अवस्था नहुंदा जिउंदो वच्चा जन्माई मारेको पुष्टि हुन आउंछ । वच्चा मार्नेमा यी प्रतिवादीकै संलग्नता रहेको देखिन आएबाट सफाई दिने गरेको शुरु फैसला उल्टी गरी मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) नं. अनुसार प्रतिवादी वति भन्ने मनकुमारी घिमिरेलाई सर्वश्व सहित जन्मकैद हुने ठहराएको पुनरावेदन अदालत बागलुङको साधक जाहेरी फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं.१६) वादी तर्फबाटः प्रतिवादी तर्फबाट : अवलम्वित नजीर : फैसला न्या. भैरव प्रसाद लम्सालः पुनरावेदन अदालत वागलुङको मिति २०५३।९।२ को फैसला वमोजिम न्याय प्रशासन ऐन, २०४८ को दफा १० अनुसार साधक जाहेरी भै आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ : २. पर्वत जिल्ला भंगरा गा.वि.स. वडा नं. १ वागमारा जंगलमा मिति २०५१।५।१८ गतेको १७:३० वजेको समयमा घोप्टो परिरहेको जातक वच्चा फेला परेकोले जांचवुझ गराई पाउं भनि सम्वन्धित गा.वि.स. को पत्र प्राप्त हुन आएको हुंदा जांचवुझको लागिष् मजवुर कार्यालयमा जाहेर गरिएको व्यहोरा अनुरोध छ भन्ने समेत व्यहोराको मिति २०५१।५।१९ को प्रहरी चौकी कार्की नेटँको पत्र । ३. मिति २०५१।५।१८ गते भंगरा गा.वि.स. वडा नं. १ वागमारे जंगलमा नवजात शिशु रोएको सुनी वर्ष १२ को कृष्ण कुमार घिमिरे हामी कहां आई भनेपछि हामी समेतका ४,५ जना सो ठाउंमा पुग्दा मृतक नवजात शिशुको टँउको देखिने अरु नदेखिने गरी स्याउलाले ढँकिएको देखि उक्त वच्चालाई कस्ले के गरी फालेका रहेछन भनि गाउं घरमा सोधपुछ गर्दा मनकुमारी घिमिरेले भंगरा गा.वि.स. वडा नं. १ वस्ने ख्याम वहादुर घिमिरेको गर्भ बोकी यही भाद्र १८ गते छोरी जातक मरेको जन्मीएकोले जंगलमा फाली आएको हुं भनि सावित भएकीले के कसरी किन फालेकी हो, निजलाई वुझी आवश्यक कानूनी कारवाही गरी पाउं भन्ने समेत व्यहोराको मिति २०५१।५।२० को वेग वहादुर घिमिरे समेतको जाहेरी दरखास्त । ४. कुनका भागमा निलो दाग गालामा गोलोच्याप्टेँ दाग कुर कुच्चामा निलडाम गोली गांठदेखि घुंडासम्म रगतको टाटँ भएको भन्ने समेत व्यहोराको मिति २०५१।५।२० को लास प्रकृति । ५. मिति २०५१।