निर्णय नं. ४५ - अंश दपोट धनमाल मानाचामल समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५ - अंश दपोट धनमाल मानाचामल समेत भाग: २ साल: २०१६ महिना: भाद्र अंक: ७ फैसला मिति :२०१४/१०/०१ २५७६ निर्णय नं. ४५ ने.का.प. २०१६ फुल बेञ्च (अपील दोस्रा उपर) प्रधान न्यायाधीश श्री अनिरुद्धप्रसाद सिंह न्यायधीस श्री मीनबहादुर थापा क्षेत्री न्यायाधीश श्री मुक्तिकान्त मैनाली दे.अ.फु.नं. ३ अपीलाट, प्रतिवादी : चरीदेवी उपाध्यायनी समेत विरुद्ध रेस्पोण्डेण्ट, वादी : भीमकुमारी उपाध्यायनी मुद्दा : अंश दपोट धनमाल मानाचामल समेत (१) अंशबण्डाको ४६ नं.–दपोट गर्ने मानिसको भाग नदबाउने अंशियारले पाउने । अंशबण्डाको ४६ नं. ले दपोट गर्नेको भाग र वादीको भाग समेत वादीले दपोट गर्नेबाट भरी पाउने ठहर्छ । (प्रकरण नं ३) (२) सगोलका घर जग्गामा घर बनाउनलाई अरु अंशियारको मञ्जुरी लिनपर्ने । सो नगरी त्यस्तो घर तायदातीमा नदिएको दपोटै ठहर्ने । सागोलको घरमा नयाँ थपी कुनै अंशियारले आफू एकलौटी गरी बनाउनलाई अरु अंशियारको मञ्जुरी पनि लिनुपर्ने । म्युनिसिपल्टी पास गरेको पनि नदेखिएको समेतबाट र वादी हकदारको मञ्जुरी लिई बनाएको भन्न र घरै थिएन, छैन भन्न र मानु छुट्टिएपछि नयाँ गरी आफ्नै भाग अंशको जग्गामा आफू मात्र खर्चले एकलौटी गरी बनाएको भन्न प्रतिवादीले नसकेकोले समेतबाट त्यस्तो घर तायदातीमा नदिएको दपोटै ठहर्छ । (प्रकरण नं. ५ र ८) (३) अंशबण्डाको ५० नं.–अंश छुट्ट्याउन तायदाती भएपछि आफ्नो भागको आयस्ता रोक्का गर्ने दरखास्त दिएमा–वादीले आयस्ता पाउने । मानाचामल नपाउने । अंशबण्डाको ५० नं. ऐनले तायदाती दाखिल भएपछि जग्गा बाली रोक्का गरी आफ्ना भागको आयस्ता पाउँ भनी वादीले दरखास्त दिएमा आयस्ता नै दिलाई दिनुपर्ने हुँदा सो बमोजिम गर्ने गरी मा.न्या. हेरम्बराजजीको राय मनासिव छ । अंशबण्डा छुट्ट्याउन पर्ने वादीका उजुरी दरखास्तबाट कारवाई भएको प्रमाणलाई आएको मिसिल समेतबाट उक्त लेखिए बमोजिम आयस्ता वाली रोक्का भएको नदेखिएबाट आफ्ना भागमा परेका जग्गाको जग्गा छुट्ट्याई चलन नपाएसम्मको आयस्ता बाली बादीले नपाएको भए पाउँ भनी उक्त ऐनबमोजिम बिगो समेत कसी वादीले उजुर दिए उसै बखत ठहरेबमोजिम हुनेछ । (प्रकरण नं. १०) (४) हा.क. १५ नं.– इन्साफ केही उल्टिमा अपील र शुरु अदालतका मानिस के जरिवाना हुने । केही उल्टिमा अपील दोश्रा र देवानी दोश्रा समेतलाई मो रु. १।– का दरले जरिवान हुन्छ । (प्रकरण नं. १०) फैसला १. यसमा मेरो ठाडो बिन्ति चढाईमा भएका हुकुम प्रमांगीबमोजिम बयान गर्न आएकी छु । मलाई अन्यायी प्रतिवादीहरूले अंश समेत नदिई मुद्दा पर्दा प्रतिवादीले तायदाती दिएकोमा मोरु. १२०० जाने घर १ मोरु. २५०० जाने २ मोरु ५०० जाने १ समेत ४ घर र दुर्गालक्ष्मीसँग मोरु १२०१ को आसामी प्र. सीतारामले उठाई सो समेत दपोट गरेका र मेरो कमलपोखरी घर कोठामा, नारायणहिटी दरबारमा नोकरी गरी कमाई ल्याई राखेको मोरु.६३१९। को धनमाल ९६ सालसम्म आवत–जावत गर्दा भएको पछि मुद्दा परेपछि, बाटो बन्द गरी जान नपाएको मुद्दा छिनेपछि हेर्न जाँदा नभएकोले सो धनमाल र २००५ साल आश्विन १० गते देखि आज तकको खड्गनिशाना फैसला बमोजिम महिना १ को मोरु. १०। ले पाउने मानाचामलको बिगो मोरु. २३४।४ समेत दिलाई भराई, सो दपोट गरेको आसामी उठाएको रुपैयाँ र घरहरू समेत ऐन बमोजिम एकलौटी मलाई दिलाई पाउँ भन्ने समेत ०७।५।२३ को वादी भीमकुमारीको उजुरी बयान । २. वादी झुट्टा हो । दपोट गरेको भनेको घरको हकमा १ नालेतर्फ मानु छुट्टिएपछि भुकम्पले भत्की ९०।९१ सालमा हामीले बनाएको र एउटा घर माधवजीको भागमा परी छोरा रा