निर्णय नं. ८८२२ - खानलाउन दिलाई पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८२२ - खानलाउन दिलाई पाऊँ । भाग: ५४ साल: २०६९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६९/०२/१४ ४४३३ ने.का.प. २०६९, अङ्क ५ निर्णय नं.८८२२ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री प्रकाश वस्ती दे.पु.नं. २०६७–CI–०९०१ फैसला मितिः २०६९।२।१४।१ मुद्दाः– खानलाउन दिलाई पाऊँ । पुनरावेदक प्रतिवादीः मोरङ्ग जिल्ला, केरावारी गा.वि.स.वडा नं.७ बस्ने नरबहादुर आचार्य समेत विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ.मृगौलिया गा.वि.स.वडा नं.७ बस्ने रुकमेणीदेवी शाह यस अघि निर्णय गर्नेः– मा.न्या.श्री नारायणप्रसाद श्रेष्ठ पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री हरिबहादुर बस्नेत मा.न्या.श्री डम्बरबहादुर शाही § सामान्यतयाः आफ्नो घर परिवारबाट मानवीय व्यवहार पाउँदापाउँदै मानाचामल माग गरी अड्डा अदालत धाउने कुरा मुद्दा गर्नकै लागि वा पति समेतका आफ्नो परिवारका सदस्यहरूलाई दुःख दिने उद्देश्यबाट गरिएको होला भनी अनुमान गर्नु स्वाभाविक हुन नसक्ने । § समाजमा विद्यमान रहेको लैङ्गिक र घरेलु हिँसाको कारणबाट खास गरी महिलाहरू र त्यसमा पनि बुहारीमाथि यस प्रकारका घटनाहरू घट्ने गरेको कुरा बराबर प्रकाशमा आउने गरेकै पाइँदा सामान्यतः दावीलाई अस्वाभाविक भनी अन्यथा अनुमान गर्न नमिल्ने । § शरीरमा आगो लगाइएको कारणबाट परेका भनिएका खत र चोटपटकको प्रकृतिबाट घरेलु हिंसाको शिकार भएको भन्ने देखिएको र सो तथ्य साक्षीहरूको बकपत्र समेतबाट पुष्टि भैरहेको अवस्था हुँदा अंश नलिएसम्म मानाचामल भराई लिन पाउने । (प्रकरण नं.३) § आफूले विवाह गरी ल्याएकी पत्नी तथा बुहारीप्रति मानवीय व्यवहार गर्नु सम्बन्धित परिवारको कानूनी र नैतिक दुबै प्रकारको दायित्व हो । परिवारबाट सो दायित्व पूरा गरिदैँन र त्यस्ती महिलामाथि हिंसाजन्य ब्यवहार गरी घरमा बस्न नसक्ने अवस्था सिर्जना गरिन्छ भने निश्चित् रुपमा मुलुकी ऐन अंशबण्डाको १० नं. र लोग्नेस्वास्नीको ४ नं. बमोजिम खानलाउनको लागि मानाचामल भर्नुपर्ने । § कानूनविपरीतको अमानवीय र कठोर ब्यवहार गरी विवाहित महिलालाई घरमा बस्न नसक्ने वातावरण तयार पार्ने व्यक्ति वा परिवारले पछि आएर मानाचामल भर्न सक्ने आर्थिक हैसियत थिएन वा छैन भनी लिने जिकीर आधारहीन हुने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता तिलबहादुर भट्टराई प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन अंशबण्डाको १० नं. § लोग्नेस्वास्नीको ४ नं. फैसला प्र.न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत विराटनगरको मिति २०६६।३।२३ को फैसलाउपर प्रतिवादी नरबहादुर आचार्य समेतको यस अदालतमा पुनरावेदन पर्न आएकोे प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– विपक्षीमध्येका वुद्धिबहादुर आचार्यसँग मेरो सामाजिक परम्पराअनुसार मिति २०६२।१।२१ का दिन विवाह भएकोमा पतिको नागरिकता नभएको कारणबाट विवाह दर्ता हुन वाँकी नै थियो । विवाहपछि पतिसहित घरका परिवारले केही समयसम्म राम्रै व्यवहार गर्दै आएकोमा प्रतिवादीहरूले नराम्रो व्यवहार गर्दै विभिन्न समयमा गालीगलौज गर्ने र वारम्वार कुटपीट गर्ने गरेकोमा मैले चूपचाप सहेर बसेकीमा विपक्षी पतिले मिति २०६२।६।१६ गते साँझ ७ वजेको समयमा मादक पदार्थ सेवन गरी कुटपीट गरी मेरो शरीरमा मट्टितेल समेत हाली जीउँदै जलाउनुका साथै त्यसपछि पनि विभिन्न समयमा कुटपीट गरी रहने गरेकोले म मिति २०६३।८।७ गतेदेखि माइतीमा नै बस्दै आएकी