निर्णय नं. ४६ - राजिनामा बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६ - राजिनामा बदर भाग: २ साल: २०१६ महिना: भाद्र अंक: ७ फैसला मिति :२०१०/०२/२५ ३१९४ निर्णय नं. ४६ ने.का.प. २०१६ फुल बेञ्च (पाल्पा अपील उपर) प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री महेन्द्रबहादुर महत क्षेत्री न्यायाधीश श्री भैरवराज पन्त उपाध्याय न्यायाधीश श्री प्रकाश शम्शेर ज.ब.रा. न्यायाधीश श्री भगवतीप्रसाद सिंह अ.नं. ६१५ अपीलाट, वादी : श्रीमती उपाध्यायनी विरूद्ध रेस्पोण्डेन्ट, प्रतिवादी : श्रीप्रसाद खत्री क्षेत्री मुद्दा : राजिनामा बदर (१) ठगीको १ नं.–ठगीमा म्याद पछिको उजुर भन्ने प्रतिवादीको प्वाइन्ट नलाग्ने । ठगीको १ नम्बर ऐनले ठगी ठहर्ने हुनाले ३।। बर्ष पछि उजुर गरेको भन्ने यस मुद्दामा यो प्वाइन्ट नलाग्ने । (प्रकरण नं. ५) फैसला १. यसमा प्रतिवादी श्रीप्रसादले तिम्रो श्री सम्पत्ति मलाई बकसपत्र गरी तिमिलाई म पालौंला भनी चित्त बुझाएको र ३ पुस्ता भित्रको छोरो नाताको हुँदा मञ्जुर भई ०४ सालमा बकसपत्र पास गर्न जाँदा बकसपत्र गर्न ऐनले मिल्दैन । बरू सवै जग्गा घर कटेरा मलाई राजिनामा गरी देउ । सो जग्गाको आयस्ता तिरो गरी खानु भनी भर्पाई गरी दिन्छु भनी ०४।१२।२३ मा भर्पाई गरी दिई मेरो जिउनी जग्गा त्यसै बेदामे मोरू १८००। मा राजिनामा पास गरी दिई जग्गाको आयस्ता खाई बसेकोमा ०८।६।१ गतेका दिन मलाई राजिनामा गरी दिएको । घरमा बस्न र जग्गाको आयस्ता खान पाउँन्नस भनी निकाला गरेकाले नालिस गरेकी छु । चार पैसा पनि नदिई गराएको राजिनामा बदर गरी घर जग्गा मेरै सदर थामी पाउँ भन्ने समेत वादी रहेछ । २. वादीले लिखत बेगर सप्ताह गर्न फलार खान समेत मोरू. १४००। लिएपछि ०४ साल कार्तिक १ गते घर खर्च गर्न रू. ४००। देउ । जग्गा राजिनामा गरी दिन्छु भनी रूपैयाँ लिई वाग्लुङ्ग बजार नारायणथानमा आई राजिनामाबमोजिमको घर बारी खेत समेतको किल्ला कित्ता तिरो तालुकदार खुलाई १२ किल्ला जग्गा राजिनामा गरी दिए पछि मलाई पाल्नु पर्छ भनी रून कराउन लागेकाले तिम्रो शास भएसम्म यही राजिनामाको जग्गाको आयस्ता खानु भनी भर्पाई दिई पालन तालन गरी सो घरसारको राजिनामा ०४।१२।२३ मा पास समेत भए पछि वादीको देववरहरूले हकसफा गर्न खोज्दा मञ्जुर नभई २ कित्ता जग्गा हकदार भाग दिई मञ्जुरी कागज गरी दिएकाले समेत मेरो हक भएकोमा ऐनको हदम्याद नाघी सकेपछि झुठ्ठा उजुर गरेकी मात्र हो । मेरो राजिनामा सदर गरी पाउँ भन्ने समेत प्रतिवादी रहेछ । ३. वादीले बदर गरी पाउँ भनी दावी गरेको राजिनाम हालै प्रतिवादीले लिएको नभई पास गरी लिएको ४।५ बर्ष पछि मात्र वादीले उजुर गरेकी । वेदामे भए मौकैमा उजुर गर्नुपर्ने नसकेकी । झुक्याई गरायो कि भन्नलाई पनि वादी १ जनाले मात्र गराएको नभई साक्षी समेत राखी अड्डाबाट पास भएको । हकदार समेतले मञ्जुरी कागज लेखि दिई तालुकदारहरूले पनि बहाली पुर्जि गरी दिएका र भर्पाई पेश भएको छ तापनि सोही भर्पाईबाटै जग्गा राजिनामा गरी दिएको देखिएको । सो भर्पाईबमोजिम खान दिएन भन्ने वादीको दावी नभएकोले राजिनामा बदर गरी पाउँ भनी वादीले झुठ्ठै उजुरी गरेकी ठहर्छ भनी ०८।११।१७ मा बाग्लुङ्ग अदालतले गरेको इन्साफ सदर गरी ०९।३।२६ मा पाल्पा अपीलले छिनेको रहेछ । ४. प्रतिवादी श्रीप्रसादले मोरू १८००। मा राजिनामा गरी लिएको भनेको जग्गा मलाई जीवता भर खानु भनी भर्पाई गरी दिएको हुँ भनी सावित भएकाले वेदामी राजिनामा देखिँदा देखिंदै हराएमा चित्त बुझेन भन्ने समेत श्रीमतीको अपील जिकिर रहेछ । ५. अपीलाट, वादी श्रीमती उपाध्यायनी र झिकाई आएको प्रतिवादी