निर्णय नं. ४९ - लिखत बदर गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९ - लिखत बदर गरी पाउँ भाग: २ साल: २०१६ महिना: भाद्र अंक: ७ फैसला मिति :२०१०/१०/२५ २३९७ निर्णय नं. ४९ ने.का.प. २०१६ फुल बेञ्च (महोत्तरी अपील उपर) माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री महेन्द्रबहादुर महत क्षेत्री माननीय न्यायाधीश श्री भैरवराज पन्तोपाध्याय ठा.नं. ४३९ वादी, अपीलाट : चिनबहादुर गिरी सन्यासी विरूद्ध प्रतिवादी, रेस्पोण्डेण्ट : सरस्वतीदेवी समेत मुद्दा : लिखत बदर गरी पाउँ (१) जिरायतमा गाभिने जग्गा अर्काका नाउँमा दर्ता हुँदैमा–आफैंले भोग गरेको र भोग चलनको रसिदहरू जम्मै आफैंसँग भएकोमा–दर्ताको नाताबाट सो जग्गा जान सक्तैन । मधेश मालको सवालको १८ दफाले म्यादभित्र साविक जिमिदारले बाँकी नबुझाए त्यस्ता जिमिदारका नाउँमा दरिएको जिमिदारी मौजा जोत जिरायत नम्बरी खेत र नातेदार नोकर चाकरहरूका नाउँमा दराई आफूले भोग चलनगरी राखेको दिगर मौजाको नम्बरी समेत कबुल गर्नेहरूका नाउँमा चलन पुर्जी भई जाने भएकोले झगडा परेको जग्गामा भई आएको सरजिमिन मुचुल्का हेर्दा टुनकुमारीले थैली हाली प्र. सरस्वतीका नाउँबाट खरीद गरी लिई ९४ साल देखि २००२ साल तक टुनकुमारीले नै भोग चलन गरी आएकी छ भनी जम्मा बिक्री गर्ने र सुलमियां समेत २८२ जनाले सरजमिन मुचुल्का गरी दिएको र प्र. सरस्वतीले दिएकी हुलीया दर्खास्तबाट समेत जग्गा टुनकुमारीको भोग रहेछ भन्ने प्रष्ट देखिन आएको अर्काको हकको जग्गा आफ्नो गराउना निमित्त आफ्नै भाइलाई जग्गा बिक्री गर्दैमा टुनकुमारीको हक जान नसक्ने । (प्रकरण नं. ८) (२) अदालती बन्दोबस्तको २२१ नं. र मधेश मालको सवाल १८ दफा सवालको १८ दफाबमोजिम जिरायत हुन जाने जग्गाको सरकारवादी हुने मुद्दामा सरजमिन बुझ्न हुने । जिमिदारले आफ्नो नातेदारका नाउँमा दराई भोग चलन गरी आएको जग्गा माथि लेखिएका सवालले जिमिदारी साथ रही जिरायत हुन जाने भएबाट सरकारवादी हुने देवानी मुद्दामा अ.ब.को २२१ नं. ले सरजमिन बुझ्न हुने । (प्रकरण नं. ८) फैसला १. यसमा मेरो भिन्न भएको सहोदर जेठी आमा टुनकुमारी देवीले आफ्ना सौतेनी आमा प्र. सरस्वती देवीका नाउँबाट रसुल मियाँसँग मौजेनौवा खोर परसाहीको जग्गा विगाहा १२।।२।।।४ खरीद गरी लिई प्र. सरस्वती देवीका नाउँमा दर्ता गरी भोग तिरो टुनकुमारीले नै गरी आएको थियो । जेठी आमा टुनकुमारी २००३।३।२ गते परलोक हुनु भएको र जेठी आमाको सन्तान कोही नभई म समेतको हक हुन आएकोमा २००३।२।२९ गते थैली लिई लिनु दिनु केही नगरी मेरा भाई कृष्णबहादुर समेतलाई साक्षी राखी सो १२।।२।।।४ जग्गा मध्ये जग्गा विगाहा २ कं. रु. २५०१ मा प्र. मी. श्री देवीलाई र जग्गा विगाह १०।।२।।।४ टुनकुमारीको र प्र. सरस्वतीकै भोगको १३।।।३।१ जग्गा समेत कं.रु. २५००१ मा प्र. दुर्गा भारतीलाई प्र. सरस्वतीदेवीले राजिनामा गरी दिएकोले सो लिनु दिनु गरेको बदर गरी टुनकुमारीको जग्गा मेरो हक सदर गरी पाउँ भन्ने २००३।७।२८ गतेको चिनबहादुरको वादी रहेछ । २. वादीले दावी गरेको जग्गा रसुल मियाँसँग कं.रु १८०१ मा रजिष्ट्रेशन पास गरी ९४।२।२० गते राजिनामा गरी लिई मेरै नाउँमा दर्ता गरी तिरो भरो समेत मैले नै गरी आएको मेरो हक भोगको जग्गा हुँदा प्र. मिश्रीदेवी प्र. दुर्गा भारतीलाई मैले राजिनामा गरी दिएको हुँ टुनकुमारीको जग्गा नहुँदा वादी झुठ्ठा हो भन्ने समेत २००३।९।१० गतेको सरस्वतीदेवीको प्रतिवादी रहेछ । ३. प्र. सरस्वतीकै हक भोग दर्ताको जग्गा हामीलाई राजिनामा गरी दिएको हो हामीहरू पूरा हैसियतवाला मानिस हुँदा वादी झुठ्ठा हो भन्