निर्णय नं. ५० - लेनदेन किर्र्ते जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५० - लेनदेन किर्र्ते जालसाजी भाग: २ साल: २०१६ महिना: भाद्र अंक: ७ फैसला मिति :२०१४/१०/२३ २७९० निर्णय नं. ५० ने.का.प. २०१६ फुल बेञ्च (कटरवन अपील उपर) प्रधान न्यायाधीश श्री अनिरुद्रप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री तिलक शम्शेर थापा (छुट्टैराय) दे.ठा.नं. ५ निवेदक : महावीर पंजियार सुदी समेत विरूद्ध विपक्षी : बद्री साहु तेली मुद्दा : लेनदेन किर्र्ते जालसाजी (१) ०७ सालमा खड्गनिसान भई छिनीएका मुद्दाको सम्बन्धमा ०१०।४।५।३ मा श्री ५ बाट सदर गरी बक्सेको निर्णय ०७।०१२ सम्म छिनिएका मुद्दा दोहोराई हेर्ने ०१४।१।१० मा गजेटमा प्रकाशित भएको शाही आदेश–०७ साल भन्दा अघि छिनेको मुद्दा दोहराई हेर्न नमिल्ने ठहरी सर्वोच्च अदालत फुल बेञ्चबाट भएको फैसला (लोकनाथ कालू टमोटा)–०७ सालमा खड्गनिशाना भई छिनिएको मुद्दा दोहराई हेर्न मिल्ने । ०७ सालमा खड्गनिशाना भई छिनीएका मुद्दा भू.पु.प्रधान न्यायाधीशज्यूले इन्साफ जाँच गर्न आदेश दिई कुनै मुद्दा हेरी छिनी सकेको र कुनै दायरै रहेको अवस्था के अख्तियारीको आधारमा हेरिएको भन्ने विषय सोधनी भई त्यस सम्बन्धमा भए गरेको कारवाई समेतको विवरण खुलाई गृह बिभागबाट रहेको प्रस्ताव पेश हुँदा २००९ चैत्र २६ गते परामशदातृ मण्डलबाट पास भई ०१०।४।५।३ मा श्री ५ महाराजाधिराजबाट सदर गरी बक्सेको भनी एटर्नी जनरलले प्रधान न्यायालयलाई लेखेको मिति ०१०।८।१२ को नं. ३२५।४०२ को पत्रबाट ०७ सालमा खड्गनिशाना भईसकेकोमा दोहराई हेरीए जतिलाई हेर्न मिल्दैन । खारेज गर्नु भन्ने निकासा नभई सा.हिरण्य विक्रमको अंश मुद्दा र महेन्द्र चौधरीको कुलो पानी मुद्दाको हकमा भू.पु.प्रधान न्यायाधीशज्यूको फैसला बदर भई अघि छिनिएकै कायम भएको र खड्गनिशाना उल्टि वा केही उल्टि भई छिनीएको जती फुल बेञ्चमा र फैसला नभई कारवाई चली रहेको जति डिभिजन बेञ्चमा राखी ऐन सवाल बमोजिम गरी किनारा लाईदिनु भन्ने दिनु भन्ने उक्त निर्णय भईसकेको । सोही निर्णय अनुसार दामु कार्की, दामु जैसी समेतको जग्गा मुद्दा २०१४ साल श्रावण ३१ गतेमा डिभिजन बेञ्चबाट र ०७ सालसम्ममा छिनीएका मुद्दा मात्र हेरी आएकाले ०७ साल भन्दा अघि छिनेको मुद्दा दोहर्याई हेर्न नमिल्ने ठहरी लोकनाथको र कालो टमोटको जग्गा मुद्दा ०१४ साल माघ २ गते ४ मा सर्वोच्च अदालत फुल बेञ्चबाट फैसला भएको ०७ साल बैसाख १ गते देखि ०१२ साल चैत्र मसान्तसम्म छिनिएका मुद्दा दोहराई हेर्ने विषय ०१४।१।१० मा शाही आदेश गजेटमा प्रकाश भएको हुनाले समेत ०७ सालमा खड्गनिशाना भई छिनीएको मुद्दा दोहराई हेर्न भू.पु.प्रधान न्यायाधीशज्यूले दिनु भएको आदेबाट दायर भएको यो मुद्दा उसै बखत प्रधान न्यायालयले दोहराई हेरी छिनिए उपर रिभ्यू निमित्त पेश हुँदा रूलिङ्ग बाझिएको भनी पेश हुन आएको देखिएको । उपरोक्त श्री ५ महाराजाधिराजबाट सदर गरीबक्सेको निर्णय शाही आदेश र प्रधान न्यायालय फुल बेञ्च तथा सर्वोच्च अदालत फुल बेञ्चको निर्णय समेतबाट हेर्न मिल्ने देखिन्छ । (प्रकरण नं. १५) (२) कर्जाको लिखतको आकृति सामान्य दृश्य चलन चल्ती रूल कायदा माफिकको देखिन नआएमा–हुनु पर्ने तरिकाबाट र ठाउँमा सहीछाप नभई अस्वाभाविक तवरले लिखत भएको देखिएमा–त्यस्तो लिखतको कागजलाई मान्यता दिन नमिल्ने । सक्कल लिखत हेर्दा लिखतको आकृति सामान्य दृश्य नै त्यतिका रूपैयाँ कर्जा दिंदा गरिने चलनचल्ती रूल कायदा माफिकको देखिन नआई कारणीले सहीछाप गर्नुपर्ने ठाउँ कागजको व्यहोराको सिर हरफको छेउ उठानमा छाडिने किनाराको कागज तोडमा व्यहोरातर्फको प