निर्णय नं. ५२ - जग्गा जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५२ - जग्गा जालसाजी भाग: २ साल: २०१६ महिना: असोज अंक: ८ फैसला मिति :२०१६/०२/१४ २३६२ निर्णय नं. ५२ ने.का.प. २०१६ डिभिजन बेञ्च प्रधान न्यायाधीश श्री अनिरुद्रप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट डि.फौ.अ.नं. १३ अपीलाट : नारायणदत्त पाण्डे विरुद्ध रेस्पोण्डेण्ट : शुकदेव पाध्या मुद्दा : जग्गा जालसाजी (१) वादीले कसैलाई बिदेशी भनेमा–बिदेशी हो भन्ने सबुद वादीले नै गुजार्नु पर्ने । बहस सुनी बुझ्दा बिदेशी भन्ने सबुद प्रमाण वादीले गुजार्न नसकेकोले वादीको उजुर झुठ्ठा ठहराएको इन्साफ बुटवल अमिनीको मनासिव छ । (प्रकरण नं. ५) (२) हा.क.नं. १०–इन्साफ पारी छिन्ने हाकिम उपर अपील हुँदा–सोही इन्साफ सदर भएमा अपील दिनेलाई दण्ड हुने । इन्साफ पारी छिन्ने हाकिम ऊपर अपील गरेमा जी.बुटवल तप्पे धनौरा मौजे लौसा बस्ने नारायणदत्त पाण्डे के शुरु दण्ड भा.रु.१०००।–को हा.क.नं. १० को ऐनले पहिला अपील हुँदा सयकडा १० ले भा.रु.१००।– दण्ड हुन्छ । (प्रकरण नं. ५) वादी तर्फबाट : वकील हेरम्वप्रसाद उपाध्याय प्रतिवादी तर्फ : सि.एडभोकेट देवनाथप्रसाद वर्मा फैसला १. यसमा बाजे रामधनको छोरा काली चरण, देवी चरण, पदारथ समेत ३ दाज्यू भाई भएको र देवी चरणको सन्तान कोही नभएको । काली चरणको छोरा राजाराम, सीताराम, राजितराम, रामनारायण समेत ४ जना दाजुभाइ भएको र पदारथका छोरा नेपालदत्त, नारायणदत्त भगवानदत्त, विष्णुदत्त समेत ४ दाजुभाई सराकतमा बसी आएको र पछि हामी भिन्न भई यही ०१४ पौष महिनामा भतिजा सुकै पाण्डे बिरामी भई निजको सेवा सम्हार गर्न स्वास्नी छोरा छोरी कोही नभई सो बिरामीको खबर मैले पाई पौष २० गते दिन निजको घरमा आई सुकैको हेरचाहा गरी पछि ऐजन पौष २२ गते परलोक हुँदा दागबत्ति कृया मैले गरेको । ०१३ साल चैत्र १ गतेका दिनको मिति राखी प्रतिवादीहरू मिली मेरो हक मार्नाका लागि शुकदेवका नाउँमा केही लिनु दिनु नगरी शुकैका नाउँको घर जग्गा जमिन समेत जालसाजीबाट राजिनामा गरेको साक्षीहरूबाट बुझिएकोले नालिस गर्न आएको छु । जालसाजी गर्नेहरूलाई सजाय गरी घर जग्गा दिलाई सजाय गरी पाउँ भन्ने समेत ०१४।१०।१४ को नारायणदत्तको फिराद । २. लिनु दिनु भई शुकैले आफ्नु घर जग्गा शुकदेवलाई रु.८००१ मा ०१३।१२।१ मा राजिनामा रजिष्ट्रेशन पास गरी लिए दिएका हुन । जालसाजीबाट लिनु दिनु नगरी लिए दिएको छैन भन्ने समेत व्यहोराका ०१४।११।२७ को शुकदेव समेतको प्रतिवादी परेकोमा । ३. शुकदेव उसपारको मानिसलाई मेरो हक मार्नाका लागि जालसाज लेनदेन केही नगरी लिखत गराए भन्ने वादीका मुख्य जिकिर भएको र यसपारकै हो भनी प्रतिवादीहरूले सवूद दिन नसकेको र प्रतिवादीका बकेका साक्षीहरूबाट पनि जन्म थाहा छैन । सानैमा लौसामा देखेको भन्ने १ जना र बाबाका नोकर भई बसेको भन्ने १ जना अरु साक्षीले पनि जन्म यही हो भन्न नसकेको र वादीले दाखिल गरेको उसपारको रासौती जम्मा बन्दीबाट समेत उसपारकै जम्मावाला देखिएको भई त्यस्तो जग्गा जमिन भएकाले यसपार लौसामा केही जग्गा जमिन घर जग्गा समेत नभएकाले यसपारको जन्म होला भन्न पनि नहुने र वादीले दाखिल गरेको कागजबाट उसपार घर जग्गा देखिएकोमा यसपारमा छ भनी देखाउन नसकेकोले लौसाको बासिन्दा भन्ने प्रतिवादीहरूको जिकिर मनासिव नदेखिने । अरु लिनु दिनु भए नभएकोतर्फलाई त्यस्तो उसपारकालाई सरहदीया बनाउने प्रतिवादीहरूले वादीका हक मार्नका लागि उसपारका शुकदेवलाई सरहदीया कायम गरी केही लिनु दिनु नगरी वादीका हक मार्नका लागि जालसाजीबाट राजिनमा लिखत खडा गरे गराएको र लेखक साक्षी समे