निर्णय नं. ५३ - डाका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५३ - डाका भाग: २ साल: २०१६ महिना: असोज अंक: ८ फैसला मिति :२०१६/०४/२० २४७५ निर्णय नं. ५३ ने.का.प. २०१६ फुल बेञ्च का.मु.प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री पशुपतिप्रसाद उपाध्याय फु.अ.नं. ४ अपीलाट : लालजिरावत कुर्मी विरुद्ध रेस्पोण्डेण्ट : चन्द्रेश्वर मुद्दा : डाका १. अदालती बन्दाबवस्तको २१८ नं.–भरी भराउ गर्नुपर्ने मुद्दामा हकवालाको नाउँमा म्याद दिनुपर्ने । मर्ने लालजिरावत कुर्मी डाका ठहरेमा निजको अंशबाट वादीले पाउने बिगो भरी भराउ हुनु गर्नुपर्ने भएको र अ.बं.२१८ ले भरी भराउ गर्नुपर्ने मुद्दामा हकदारका नाउँमा म्याद दिनु भन्ने प्रष्ट लेखिएको अ.बं.२१८ नं. का ऐनबमोजिम हकवालाका नाउँमा म्याद दिनुपर्ने देखिँदा म्याद दिने गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१५।१२।२ को श्री माननीय न्यायाधीश मुक्तिकान्तजीको राय मनासिव । २. दण्डसजायको २९ नं.–बिगो भराई दशौंद वा जिताउरी लिनु पर्ने मानिस असुल उपर नहुँदै मरेमा हकवालाबाट लिनु लेखिए देखि बाहेक अरुमा मरेका मानिसको खत माफ हुन्छ । प्रस्तुत डाका मुद्दा हुँदा म्याद दिनु नपर्ने हो कि भन्ने शंका उठ्न सक्तछ । तर उक्त लेखिए मुताविक भरी भराउ गर्नुपर्ने दण्डसजायको २९ नं. ले बिगो भराई दशौंद वा जितावरी लिनु पर्ने मानिस असुलउपर नहुँदै मर्‍यो भने पनि उस्का हकवालाले बिगो भोग गर्ने हुनाले ऐनबमोजिम बिगो भोग गर्ने हकवालाबाट बुझी लिनु । लेखिए देखि बाहेक अरु दण्ड विशौंध पान फुल जितावरी कैद जो भएको हो, उ मरेपछि मरेका मानिसको खत माफ हुन्छ भने उल्लेख भईरहेकै । आदेश यसमा प्रस्तुत मुद्दामा प्रतिवादी लालजिराउतको अपील परी आएको । निज मरेको भन्ने मिसिलबाट देखिनाले निजको हकदारका नाममा म्याद दिनुपर्ने भनी श्री माननीय न्यायाधीश मुक्तिकान्तजीको र म्याद दिनु नपर्ने भनी श्री माननीय न्यायाधीश सिद्धीबहादुरजीको रायबाझी भई पेश हुन आएको बुझ्दा, मर्ने लालजिराउत कुर्मी डाका ठहरेमा निजको अंशबाट वादीले पाउने बिगो भरी भराउ हुनु गर्नुपर्ने भएको र अ.बं.२१८ नं. ले भरी भराउ गर्नुपर्ने मुद्दामा हकदारका नाउँमा म्याद दिनु भन्ने प्रष्ट लेखिएको प्रस्तुत डाका मुद्दा हुँदा म्याद दिनु नपर्ने हो कि भन्ने शंका उठन सक्तछ । तर उक्त लेखिए मुताविक भरी भराउ गर्नुपर्ने दण्डसजायको २९ नं. ले बिगो भराई दशौंद वा जिताउरी लिनु पर्ने मानिस असुल उपर नहुँदै मर्‍यो भने पनि उसका हकवालाले बिगो भोग गर्ने हुनाले ऐनबमोजिम बिगो भोग गर्ने हकवालाबाट बुझी लिनु लेखिए देखी बाहेक अरु दण्ड विसौंद पान फुल जिताउरी कैद जो भएको हो, उ मरेपछि मरेका मानिसको खत माफ हुन्छ भन्ने उल्लेख भईरहेकै हुनाले उक्त अ.बं.२१८ नं. को ऐनबमोजिम हकवालाका नाउँमा म्याद दिनुपर्ने देखिँदा म्याद दिने गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१५।१२।२ मा श्री माननीय न्यायाधीश मुक्तिकान्तजीको राय मुताविक उक्त ऐनबमोजिम हकवालाका नाउँमा म्याद दिन रुल नियमबमोजिम डिभिजन बेञ्चमा पेश गर्नु । इति सम्वत् २०१६ साल श्रावण २० गते रोज ३ शुभम् । भर्खरै प्रकाशित नजिरहरू ११५२० - जबरजस्ती करणी फैसला मिति : २०८१/०१/०४ | मुद्दा नं : ०७४-CR-०१७१ ११५१९ - गोली हानी मारेको कर्तव्य ज्यान फैसला मिति : २०८०/१२/२१ | मुद्दा नं : ०७५-CR-२१८९ ११५१८ - उत्प्रेषण परमादेशलगायत जो चाहिने आदेश गरिपाऊँ फैसला मिति : २०८१/०३/१९ | मुद्दा नं : ०७९-WO-०९९१ ११५१७ - उत्प्रेषणसमेत फैसला मिति : २०८०/१०/०४ | मुद्दा नं :