निर्णय नं. ५४ - खुन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५४ - खुन भाग: २ साल: २०१६ महिना: असोज अंक: ८ फैसला मिति :२०१६/०५/२३ ३०११ निर्णय नं. ५४ ने.का.प. २०१६ फुल बेञ्च का.मु.प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री रङ्गनाथ उप्रेती न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री पशुपतिप्रसाद उपाध्याय फु.नं. २ वादी : महगी केवटनी विरुद्ध प्रतिवादी : पार्वती केवटी मुद्दा : खुन १. ज्यानसम्बन्धी ३७ नं.– ज्यान जाने खत स्वास्नीमान्छेले गरेमा – ज्यान सजायको दामल हुने । ज्यानसम्बन्धीका २५ नं. ले लोग्नेमानिस स्वास्नीमानिस जो हवस् ज्यान जाने खत गरे सो ऐनले ज्यान सजाय हुनेमा स्वास्नीमानिसले सो खत गरे सोही महलको ३७ नं. मा ज्यान नलिनु दामल गर्नु भन्ने किटानी साथ उल्लेख भईरहेको । (प्रकरण नं. ९) २. दण्डसजाय २ नं.–स्वास्नीमानिसलाई सजाय गर्दा–ऐनमा लेखिए जतिमा ऐनबमोजिम ऐनमा नलेखिएमा लोग्नेमानिसलाई हुने सजायको आधा गर्नु । दण्डसजायको २ नं. मा स्वास्नीमानिसलाई सजाय गर्दा ऐनमा लेखिएबमोजिम गर्नु । ऐनमा नलेखिए जति गैह्र कुरामा लोग्नेमानिसलाई हुने सजायको आधा सजाय गर्नु । लोग्ने मानिसले खत गर्दा ज्यान जाने भए सो खत स्वास्नीमानिसले गर्दा दामल गर्नु । दामल हुने र जन्म कैद हुने खत गरे १२ बर्ष कैद गर्नु । (प्रकरण नं. ९) ३. दण्डसजाय ९० नं.–चलिरहेको ऐनले ज्यान सजाय हुने कसूर ब्राहृमण सन्यासी स्त्री जातिहरूले गरेमा दामलसम्म अरुले गरे ज्यानै सजाय हुने भएको भन्ने समेत उल्लेख भईरहेको । (प्रकरण नं. ९) ४. दण्डसजायको ९० नं. र ज्यानसम्बन्धीको ३७ नं.–दण्डसजायको ९० नं. ले ज्यानसम्बन्धीको ३७ नं. खारेज भएको नभई स्त्रीजातिले ज्यान मारेकोमा दामल हुने । ज्यानसम्बन्धीको ३७ नं. उक्त दण्डसजायको ९० नम्बरले खारेज भएको नभई कायम नै रहेको देखिन आउँछ । दण्डसजायको २ नम्बरमा स्वास्नीमानिसलाई सजाय गर्दा ऐनमा लेखिए जतिमा ऐनबमोजिम गर्नु भन्ने प्रष्ट किटान साथ उल्लेख भईरहेकै र उक्त लेखिएबमोजिम ज्यानसम्बन्धीको ३७ नम्बर खारेज भएको नभई बहालै रहेको हुँदा १२ बर्ष कैद गर्न मिल्दैन । दामलै हुने ठहर्छ । (प्रकरण नं. ९) फैसला १. छोरो सिवामन्दरलाई गए आषाढ ३० गते स्वास्नी पार्बतीले भातमा विष हाली खुवाईछ । सो रात छोरो मरेकाले पार्वतीलाई सपुर्द गरेकी छु । सजाय गराई पाउँ भन्ने महगी केवटनीको दरखास्त उजुरी बयान । २. लोग्ने सिवा सानो र म तरुणी हुँदा पुलकितसँग पोइल गई छोरो जन्मे पछि मधुरी केवट समेतले विवाहितेकै साथ लगाईदिएका । मधुरीले करणी गरी यो औषधी भातमा हाली सिवालाई खान देउ । चित्त मिल्छ भनी ३ चक्की औषधी दिएको । २ चक्की भातमा हाली खुवाई दिएको थिएँ । झाडावान्ता गर्दै मरे । १ चक्की बिजोलाई दिएको छु भन्ने प्र. पार्वतीको ठाडो बयान । ३. औषधी १ टुक्रा मसँग छ । दाखिल गरेको छु भन्ने विजो राउत र पार्वतीले सिवालाई छाडी पुलकितसँग पोइल गएकोमा पञ्चायत गरी सिवाकै घरमा ल्याई दिएँ । सो रिसले पोलेकी हो भन्ने मधुरीको बयान । ४. बिजो राउतबाट दाखिल भएको विष वीर हस्पिटलबाट मात्रा नपुगेकाले जाँच हुन सक्तैन भनी वापस आएको । आफू पोईल गएको लोग्नेबाट छुटाई ल्याउने मधुरी उपर दोषारोपण गरेको र सिवालाई पार्वतीले आफ्नै खुसी भातमा विष हाली खुवाएकोबाट सिवा मरेको ठहर्छ । पार्वतीलाई दामलमा हाली जेल सुधार योजना मुताबिक २० बर्ष कैद गर्ने भन्ने जलेश्वर अमिनीको १३।३।३२ को फैसला । ५. शुरुको इन्साफमा चित्त बुझेन भन्ने पार्वतीको अपील परेक