निर्णय नं. ५५ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५५ - अंश भाग: २ साल: २०१६ महिना: असोज अंक: ८ फैसला मिति :२०१४/०९/२४ २४५५ निर्णय नं. ५५ ने.का.प. २०१६ फुल बेञ्च प्रधान न्यायाधीश श्री अनिरुद्धप्रसाद सिंह न्यायाधीश श्री रङ्गनाथ उप्रेती न्यायाधीश श्री पशुपतिप्रसाद उपाध्याय दे.ठा.नं. ६ निवेदक : युवकुमारी समेत विरुद्ध विपक्षी : डम्बरकुमारी मुद्दा : अंश १. वादी अंशियार होइन भन्न र अंश दिईसकेको छु भन्न प्रतिवादीले सबुद दिनुपर्ने । वादी अंशियार होइन भन्न प्रतिवादीले नसकेको । अंश वापत मो.रु.१७०० दिने १ छापे भएको भनेमा पनि दिइसकेको भन्न लेख्न सबुद दिन प्रतिवादीले नसकेको । (प्रकरण नं. ७) २. अंशबण्डाको ४९ नं.–रीतपूर्वकको बण्डापत्र बेगर अंशियारको अंशमा दावी नपुग्ने भन्न नहुने–अंश छुट्याइ दिनुपर्ने । अंशबण्डाको ४९ नं. ले रीतपूर्वकको बण्डापत्र बेगर अंशियार वादीको अंशमा दावी नपुग्ने भन्न मनासिव नहुँदा मानो छुट्टिएको मिति ९७ साल माघ १ गतेको कायम गरी वादी प्रतिवादी दुवैथरबाट ऐनबमोजिम तायदाती लिई बण्डापत्र खडा गरी अंश छुट्याई दिनु । (प्रकरण नं. ७) ३. हाकिमका नाउँमा कराउनेको ११ नं.–मुद्दा दोहराउन निवेदन दिई इन्साफ मनासिव भएमा सयकडा १० ले थप दण्ड हुने । इन्साफ ०१३।२।१९ को डिभिजन बेञ्चको मनासिव छ । निवेदन दिई दोहराई पाउँ भन्ने वापत दण्ड वापत लिने गरेको कोर्ट फी मो.रु.१० को हा.क.११ नं. ले सयकडा १० ले निज निवेदक प्रतिवादी युवकुमारी राणा ब.हा.रत्नविक्रम राणा के मोरु.१।– थप दण्ड हुन्छ । (प्रकरण नं. ९) निवेदक तर्फबाट : प्लीडर पुरेन्द्रकुमार विपक्षी तर्फबाट : प्लीडर कुलराज फैसला १. यसमा लोग्ने तेजविक्रम राणाका २ रानीमा जेठी युवकुमारी कान्छी म भएकी । जेठी प्र. युवकुमारी पट्टी ५ छोरा ६ छोरी मतर्फ ५ छोरा २ छोरी भएको । लोग्ने ९७ सालमा दैलेखमा परलोक भई सो ठाउँ बडाहाकिममा सौताको छोरा रत्नविक्रम सरुवा भई आए पछि मलाई र छोरा छोरी समेत नेपाल पठाएको । नेपाल आउँदा सौताले २ पट्टीको बालबच्चा मिल्न सक्दैन भनेकि हुँदा ९७ साल माघ १ गते देखि मानो छुट्टी बसेकीले श्री ३ जुद्धशम्शेरमा खान लाउन समेत नपाएको कुरा बिन्ति चढाउँदा मुख्तियारले बुझी छुट्याई दिनु भन्ने भएकोमा क.प.रत्नविक्रम नेपाल आएपछि अंशबण्डा गराई दिउँला भनेकोमा आजसम्म गरी नदिएका र सौता युवकुमारीले मेरा नाउँबाट खरिद गरेको घर पछि थपी बनाएकीले मेरो मात्र एकलौटी हक हो भनी जवाफ गरेकीले एकलौटी भनेको बदर गरी मसँग केही नभई जो भएको जेठी बाठी भएकै निज सौताले घरैमा ताला कुंजी लिई बसेकी हुँदा निजहरूबाट तायदाती लिई छोरा छोरीहरूको विवाह ब्रतबन्ध समेत पर सारी आधी आधी अंशबण्डा गरी दिलाई भराई पाउँ भन्ने समेत ०९।१।२२ को डम्बरकुमारीको निवेदन बयान । २. निज खसम तेजविक्रम ६७ साल देखी जागिर खाई प्रदेश जिल्लामा हुनु भएको । निज डम्बरकुमारी कान्छी सौताले मेरा छोरा छोरी म समेतलाई नसही खसम समेतले हेला गरी बस्न खान नसकेकाले ८६ साल पौषमा दैलेखबाट नेपाल आई बसेको । आफ्नु घरमा सुरेन्द्रध्वजलाई बस्नु भनी बहालमा दिई जिल्लातर्फ गएको हुँदा दाइजो पेवा समेत गरी मो.रु.६८०१ मा रोपनी ७।।। को सल्यान भन्ने पाखो बारी इन्द्रबहादुर साहीसँग ८६।१२।५ मा राजिनामा लिई दाइजो पेवाको घरमा बसेकी । ९० सालमा भूकम्पले भत्की धरमबहादुर चेत शम्शेरसँग रु.११००० कर्जा लिई नयाँ सृजनाबाट बनाएकी र कम्पुकोत पछाडीको ६ रोपनी जग्गा श्री ३ जुद्ध शम्शेरमा बिन्ति चढाई ९० सालमा बनेको अघिको साझा घर ऋण लागि खसम, बुबा तेजविक्रमका चिठ्ठी मञ्जूरीबमोजिम मोरु