निर्णय नं. ५७ - जग्गा बाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५७ - जग्गा बाली भाग: २ साल: २०१६ महिना: असोज अंक: ८ फैसला मिति :२०१३/११/१५ २१५५ निर्णय नं. ५७ ने.का.प. २०१६ फुल बेञ्च प्रधान न्यायाधीश श्री अनिरुद्धप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री शेरशंकर दीर्घ सेवापट्ट दे.अ.नं. १०४५ अपीलाट : रामजीत राउत अहीर विरुद्ध रेस्पोण्डेन्ट : सिशरण महतो मुद्दा : जग्गा बाली (१) रजिष्ट्रेशनका ३ नं. र ७ नं–पास गर्नुपर्ने लिखत ऐनका म्यादभित्र पास नगराए सो लिखत रजिष्ट्रेशनका ७ नं. ले कपाली हुन जाने । सो ०६ सालमा भएको लिखत रु.५९९ को भोगबन्धकी देखिएको रजिष्ट्रेशनका ३ नं. ले पास गर्नुपर्ने पास नभएको लिखत रजिष्ट्रेशनका ७ नं. ले कपाली हुने भएबाट सो कागजका नाताले वादीको जग्गामा अब प्रतिवादीले भोग चलन गरी खान नपाउने । (प्रकरण नं. ११) (२) हुन्डा बटैयामा कमाउन दिएको खेतको बाली नतिरेकोले भराई पाउँ भनी उजुर गरेमा–हुन्डा बटैयामा खेत कमाउन दिएको सबुद वादीले नै गुजार्न पर्ने । हुन्डा बटैयामा कमाउन दिएको प्रतिवादीको लिखत वादीले पेश दाखिल गर्न सक्नु पर्ने सो नसकेबाट बाली भराई साँवामा कट्टा मट्टा गराई पाउँ भन्ने वादीको दावी पुग्न नसक्ने ठहराएको कटरबन अपीलको इन्साफ मनासिव छ । (प्रकरण नं. ११) (३) हाकिमका नाउँमा कराउनेका १० नं. अपीलाट अपील गरी हारेको दशौंद दण्ड हुने । इन्साफ पारी छिन्ने हाकिम उपर अपील गरेवापत रामजित राउत अहीरके निजलाई कटरबन अपीलबाट गरेको दण्ड कं.रु ४।।३।। को पहिला अपील हुँदा हाकिमका नाउँमा कराउनेका १० नं. बमोजिम सयकडा १० ले कं.रु. आठआना दण्ड हुन्छ । (प्रकरण नं. ११) फैसला १. यसमा मेरा बाबु राजकुमारका नाउँमा जग्गा विगहा १।३।१ दर्ता भएकोमा भाई घना महतो, दाजु शकुन महतो, बुहारी उदेसिया, आमा जीउनी र म समेतले अन्यायवालाबाट ८२।८५ सालमा गरी जिन्सी कर्जा लिई सो जग्गा भोगबन्धक लेखी दिएकोमा निजबाट मैले बटैया कागज गरी लिएको जग्गा आवाद गर्न जाँदा आवाद गर्न नदिएकाले सो बटैया कागज फिर्ता गराई पाउँ भनी ०६ साल आश्विनमा नालिस दिएमा बटैया कागज गराएको होइन यसको दाजु भाइ बुहारी र यही वादीको समेत ४ कित्ताको लिखतको अघिको भोगबन्धकको जिन्सी थैलीको कं रु. ५९९ मा नं १०४।१०५ को जग्गा विगाहा १।३।१ मध्ये कित्ता समेत र उत्तरतर्फको विगाहा १ को भोगबन्धकीको कागज गरी दिएको भन्ने निज अन्यायवालाले प्रतिउत्तर दिएको । सो मुद्दा डिसमिस भएको र साविक थैली गाँसी पछि ०६ साल जेष्ठमा भोगबन्धक लिखत गराए पछि अघिको लिखत कायम नगरहेकोले सो जग्गाको ०६।०७ सालको बाली प्रतिवादीले आधि दिएको ०९।०१० सालको सो जग्गाको आधी बाली नदिएकाले बिगो कं.रु.४०० मा आमा भाई दाजु बुहारी म समेतको भोगबन्धकीको जिन्सीको कं.रु. १६६ कटाई फाजिल सो ठहर्छ बिगो भराई दिलाई जग्गामा टंटा छुटाई पाउँ भन्ने समेत व्यहोराको सिशरण महतो धानुकको वादी । २. वादी दावीबमोजिम वादी समेतको अघि भोगबन्धकी थैली गाभी ०६।२।१४ मा भोगबन्धक लिखत भएको होइन । बेग्लै व्यवहारको लिखत हो । साविक भोगबन्धकी लिखतबाट जग्गा मैले भोग गरी आएकै छु । वादीको आमाको जग्गा सुक्री बिक्री भई मेरा नाउँमा दर्ता समेत भईसकेको छ । त्यसो हुँदा वादी झुट्टा हो भन्ने समेत व्यहोराको रामजित राउत अहीरको प्रतिवादी । ३. जिउनीका नाउँको जग्गा ।४ साल ८८।२।२ गतेका फैसलाले प्र. रामजितको भईसकेकोले भोगबन्धक भन्न नहुने ०६ सालको लिखतमा अघिको थैली गाभिएको बोली नपरेको जग्गा प्रतिवादीले नै भोग गरी आएको भन्ने कुरामा वादी सावितै भएको र अघिका लिखत फट्टा समेत नभ