निर्णय नं. ५८ - हेर्न नहुने मुद्दा हेर्योस
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५८ - हेर्न नहुने मुद्दा हेर्योस भाग: २ साल: २०१६ महिना: असोज अंक: ८ फैसला मिति :२०१६/०४/१२ २६५५ निर्णय नं. ५८ ने.का.प. २०१६ इजलास का.मु.प्रधान न्यायाधीश श्री भगवतीप्रसादसिंह न्यायाधीश श्री मिनबहादुर थापा डि.ठा.नं. ३३ निवेदक : कृष्णप्रसाद अधिकारी विरुद्ध विपक्षी : हर्कबहादुर दनुवार समेत मुद्दा : हेर्न नहुने मुद्दा हेर्यो (१) भूमीसम्बन्धी ऐनको दफा १३–अदालतको फैसला बेगर गोश्वारा माल मैजिष्ट्रेटले–यसै ऐनको १८ दफाको कुरा बाहेक हक बेहक दिन दिलाउनु नसक्ने । १३ दफामा अदालतको आदेश बेगर कुनै सुरक्षित किसानलाई निजको भोग चलनको जग्गाबाट निकाल्न हुँदेन भन्ने समेत यस्तै अदालतले मुद्दा हेर्न पाउने अधिकारका अरु दफा दफामा समेत प्रयोग भईरहेको देखिनाले उक्त ऐन दफाहरूबाटै स्पष्ट यो थाहा हुन्छ कि अदालतको फैसला बेगर गोश्वारा माल मैजिष्ट्रेटले उक्त ऐन १८ दफा अन्तर्गतको कुरा बाहेक प्रस्तुत मुद्दामा हक बेहक दिनु दिलाउनु दण्डसजाय गर्न माल गोश्वारालाई उक्त ऐनले अधिकार दिएको देखिँदैन । (प्रकरण नं. ४) (२) भूमीसम्बन्धी ऐन दफा १८– १८ दफामा उल्लेख भएका अधिकारीवर्गले त्यसै दफामा किटानी भएका कुराहरू बाहेक–अन्य मुद्दाहरू हेरी दण्डसजाय गर्न नपाउने–गरेको भए गैरकानूनी ठहरी खारेज हुने । सोही १८ दफाको देहाय ३ दफामा सुरक्षित किसानको यो ऐन अन्तर्गतको हक अधिकार प्राप्तिमा झगडा पर्न आएमा त्यस्तो उजुरीहरूको किनारा लगाउन जिल्ला बडाहाकिम वा मैजिष्ट्रेट वा निजले मनोनित गरेका सरकारी कर्मचारी र इलाका मालका हाकिमले जो बुझ्नु पर्छ सबुद प्रमाण सरजमिन समेत बुझी निर्णय गर्ने र यस्तो निर्णय अन्तिम हुनेछ भन्ने लेखिएकाले यो प्रष्ट बताएको छकि सो १८ दफा अन्तर्गतका कुरालाई मात्र उक्त लेखिएका बडाहाकिम मालका हाकिमले हेर्न पाउने १८ दफा बाहेकका मुद्दालाई उक्त १८ दफाको ३ दफा लगाई माल गोश्वाराले नपाउनेमा १८ दफा भित्र नपरेकोले प्रस्तुत मुद्दा माल गोश्वाराले हेरी अन्तिम फैसला गरेको र वादी बुद्धिबहादुर प्रतिवादी कृष्णप्रसाद भएको लुटपिट मुद्दा १ वादी माननाथ प्रतिवादी कृष्णप्रसाद भएको लुटपिट मुद्दा डायर गरेको गैरकानूनी हुँदा खारेज हुने ठहर्छ । (प्रकरण नं. ४) फैसला १. यसमा माननाथसँग टेकप्रसादले हकसफा गरी टेकप्रसादबाट मैले मोरु ५००१ मा राजिनामा गरी लिएको जग्गामा मैले लगाएको बाली शान्ती सुरक्षा निमित्त पुलिस राखी काटेकोमा चेतनाथबाट मोहीयानी हक लिएको भनी बुद्धिबहादुरले र मेरो धान लूटपीट गर्यो भन्ने माननाथले मेरो नाउँमा निवेदन दिई त्यस्तो लुटपीटतर्फ सनद गजेट समेतले गोश्वाराका बडाहाकिमले हेर्नै नहुने गैरकानूनी मुद्दा हेरी तारेखमा हिंडाएको हुँदा सो मुद्दा छिन्न नपाउने गरी पाउँ निजहरूकै सल्लाहबाट कलकले दनुवारलाई हर्के दनुवार हुँ भनी झुट्टा नाउँ राखी मैले लगाएको बाली मोहीयानी हक मेरो हुँदा अधिया गराई पाउँ भन्ने दर्खास्त पार्न लगाई मुद्दा डायर गरी सो जग्गाको धान कार्तिक ३० गतेका दिन काटेकाले सो बारेमा बिन्तिपत्र दिएको छु । गोस्वाराले हेर्नै नहुने मुद्दा आफैंले डायर गराई जग्गा मोहीयानी ठहर्छ भनी खारेज भईसकेका थरी मुखिया राखी सरजमिन भएको भनी मलाई मोहरू. ४०० जरिवाना गरी गैरकानूनी फैसला गरी जग्गाको हक बेहक समेत गरी दिएबाट निवेदन दिएको छु । सो मुद्दा खारेजी गरी दण्ड फिर्ता गराई पाउँ भन्ने समेत व्यहोराको कृष्णप्रसादको निवेदनमा अघि कुनै आदेश भएको छैन र व्यहोरा साँचो भए यसमा मुद्दा कुन कानूनका आधारमा गोश्वाराले हेरेको रहेछ बुझी ऐन सवालबमोज