निर्णय नं. ५९ - थैली तिर्न पर्ने नपर्ने यकीन गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५९ - थैली तिर्न पर्ने नपर्ने यकीन गरी पाउँ भाग: २ साल: २०१६ महिना: असोज अंक: ८ फैसला मिति :२०१६/०६/१६ २५८८ निर्णय नं. ५९ ने.का.प. २०१६ फुल बेञ्च का.मु.प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री पशुपतिप्रसाद उपाध्याय फु.ठा.नं. ८ निवेदक, प्रतिवादी : देविदास मानन्धर विरुद्ध विपक्षी, वादी : ब्रहृमदेवप्रसाद रौनियार मुद्द : थैली तिर्न पर्ने नपर्ने यकीन गरी पाउँ (१) वादीमा दुई कुरा गरी दावी लिएकोमा निश्चयरुपले दावी लिन सकेको नदेखिने । वादी हेर्दा पटक–पटक भएका इस्तिहार जग्गा पजनीका ६।३४ नम्बर घर बनाउनेका २१ नं. का ऐन समेतले साहुको घरमा हक दैयापुग्न सक्तैन । यदि हक ठहर्ने भए पनि उल्लिखित ऐन इस्तिहारले भोगबन्धकी नै कायम हुने हुनाले सो भोगबन्धकी थैली तिरेपछि निखनी पाउने गरी पाउँ भन्ने समेत वादी दावी भएकोले वादीले नै निश्चित कुराको आधार लिई वादी दिन नसकी पहिले तिर्नै नपर्ने भनी आखिर ल्याएर तिर्नै पर्ने ठहर्छ भने भोगबन्धकी कायम हुने थैली तिरे पछि निखनी पाउने गरी पाउँ भनी दुई कुरा गरी दावी लिएको हुँदा आफैंले पनि निश्चयरुपले दावी लिन सकेको नदेखिएको । (प्रकरण नं. १४) (२) जग्गा पजनीको ६ नं.–साहुले दाखिल खारेज नगरे जरिवाना गरी दाखिल खारेज गरी दिनुपर्ने । हक साहुकै देखिने । जग्गा पजनीको ६ नं. मा आफूले लिएका जग्गा जमिन गैह्र कुरा गरी हक छोडी लिनु दिनु गर्दा साहुले दाखिल खारेज नगरे आसामीकै हक पक्का ठहर्छ वा बदरै गरी दिनु भन्ने उल्लेख भएको नभई सो बमोजिम नभएकोमा जरिवाना गरी दाखिल खारेज गरी दिनुपर्ने साहुकै हक हुने देखिएको । (प्रकरण नं. १४) (३) जग्गा पजनीको ३४ नं. म्याद भित्र झगडा परी कारवाई चलाएमा–म्याद भित्र नालिस गरेको देखिने । ३४ नं. का ऐनका म्याद २ बर्ष भित्र साहुले नालिस गर्न नसकेको र तिरो पनि आसामीबाटै बुझाएको भन्ने जिकिर भएकोले कसो हो भन्न बहाल भराई पाउँ घर चलन चलाई पाउँ भन्नेतर्फ ९१ साल देखि नै झगडा परी साहु तर्फबाट नासिल दिई कारवाई चलाई राखेको चलन पाउँना साथ यो उजुर परी खड्गनिशाना भई दर्ता तिरो गरेकै देखिएको । (प्रकरण नं. १४) (४) रजिष्ट्रेशनको ३१ र ४५ नं. र जग्गा पजनीको ६ नं.–दाखिल खारेज नगरेकोबाट साहुको हक नटुट्ने–जरिवानासम्म गरी जुनसुकै बखत पनि दर्ता गर्न पाउने । रजिष्ट्रेशनका ३१ नं. बमोजिम दाखिल खारेज नगरेकोबाट साहुको अलि फर्छ्या कायम हुन्न कि भन्नालाई उक्त जग्गा पजनीको ६ रजिष्ट्रेशनको ४५ नं. ले जरिवानासम्म गरी जुनसुकै बखत पनि दर्ता गर्न पाउने बदर बातिल गर्न नमिल्ने ऐनमै व्यवस्था भईरहेकोले प्रतिवादीको झगडा परेका घरमा हक दावा टुटी सकेको भन्न नहुने । (प्रकरण नं. १४) (५) घर बनाउनेका २१ नं.–लिखत भएमा लिखतैबमोजिम हुने । लिखत भएमा लिखतैबमोजिम हुन्छ भन्ने सोही २१ नं. मा किटानीसाथ लेखिएको देखिनाले प्रतिवादीको लिखत भैरहेका घरमा प्रतिवादीको हक नभएको भन्न नमिल्ने । (प्रकरण नं. १४) (६) साहु आसामीको ३३ (२) नं.–लिखतमा यही मोलले अली फार्छ्या भयो भन्ने स्पष्ट लेखिएकोमा–त्यसै लिखतले अली फार्छ्या हुने । अर्को कागज गराई रहन नपर्ने । साहु आसामीका ३३ नम्बरका २ दफा अन्तर्गत यसै मोलमा यसै कागजले भन्ने शब्द पर्नु पर्ने लिखतमा सो दुवै शब्द नभै यही मोलले भन्ने शब्द मात्र देखिनाले सो दुवै शब्द नभएबाट बदरै हुने हो कि भन्न पनि यही मोलले सुक्री बिक्री फरी फार्छ्या भयो बजार अड्डामा दाखिला खारेज गरी लिनु भन्ने र भाखासम्म बन्धकी र भाखा ना