निर्णय नं. ६० - थैली बुझाई जग्गा निखनाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६० - थैली बुझाई जग्गा निखनाई पाउँ भाग: २ साल: २०१६ महिना: कार्तिक अंक: ९ फैसला मिति :२०१५/०९/१७ २५८० निर्णय नं. ६० ने.का.प. २०१६ डिभिजन बेञ्च का.मु. प्रधान न्यायधीस श्री सिद्धिबहादुर मल्ल न्यायाधीश श्र मिनबहादुरर थापा क्षेत्री डे.डी.अ.नं. २९५ अपीलाट : काशीनाथ बदार खनिया विरुद्ध रेस्पोण्डेण्ट : नन्दप्रसाद बदार खनिया् मुद्दा : थैली बुझाई जग्गा निखनाई पाउँ १. साहु आसामीका ३१ नं. भोगबन्धकी थैली घटाई लख सारेकोमा बन्धक दिने आसामीले तहसँग गई निखन्न पर्ने र पुरा थैली लिई लख सारेकोमा सोझै पछिल्ला साँहु कहाँ निखन्न गए पनि हुने । आफ्नो भोगबन्धकी थैली घटाई लखबन्धकी दिएकोमा बन्धक दिने आसामीले निखन्न जाँदा बन्धक खाने साहुँ मार्फतै निखन्न जानु पर्ने र पुरा थैली लिई लखबन्धक दिएकोमा सोझै लखबन्धकवाला साहु मार्फतै निखन्न गर पनि हुने भन्ने साहु आसामीको ३१ नं मा उल्लेख भएकोबाट बन्धकी दिने आसामीले निखन्नेमा पनि लखबन्धकवाला मार्फत जाने व्यवस्था भएकै। (प्रकरण नं. ८) २. साहु आसामीका ११ नं. बन्धकी परेको जग्गा सन्धीसर्पन गर्ने हकवालाले म्याद भित्र निखन्न पाउने म्याद नाघेमा आसामीको मञ्जुरी बेगर र अपुताली नपरी हकवालले निखन्न नपाउने । आसामीले भोगबन्धक दिएकोमा सन्धीसर्पन पर्ने हकवालले म्याद भित्र निखन्ने बाहेक भोगबन्धकी दिएकोमा आसामीको मञ्जुरी नभई र अपुताली नपरी हकवालाले निखन्न साहु आसामीको ११ नं. ले नपाउने भई भोगबन्धकी लिएको वस्तु आसामीले निखनी नलिंदासम्म बन्धकीवाला साहुको हक हुने । (प्रकरण नं ८) ३. साहु आसामीको १२ नं. लखबन्धकीको थैली तिरेमा भोगबन्धकी दिने साहुले निखनी लिन पाउने । आफ्नो बन्धकी हक अरुलाई निखनी लखबन्धकी दिएकोमा लखबन्धकी भनेको लख भोगबन्धकी हुनाले लखबन्धकी थैली तिरी निखनी लिन भोगबन्धकी दिने साहुले साहु आसामीको १२ नं. ले पाउने हुँदा सिंगलबेञ्चको राय मनासिव छ शुरु कुन्छा अदालत र अपील दोश्रा फाँटले गल्ली इन्साफ गरेको ठहर्छ । रेस्पोडेन्ट तर्फका प्लीडर : मायानाथ उपाध्याय फैसला १. बदनी बदार खनियानीबाट खेत पाखो रु. १३३१।७२ मा मैले भोगबन्धकी लिएको सो थैली नन्दप्रसादबाट बुझी लख दिएको नन्नप्रसाद देशमा गएकोले चन्द्रप्रसाद मनहर्षलाई थैली बुझाउन जाँदा बुझी दिएनन र कुन्छा मालमा सो थैली धरौट राख्दा लखबन्धक लिखतमा दाताबाटै बुझी लिनु भन्ने लिखतमा लेखेकोबाट नालिस दिनु भन्ने मालले ०११।१२।२३ मा पर्चा गरी दिएकोले नालिस गर्न आएको छु मालमा धरौट रहेको थैली रु. १३३१।७२ बुझाई सो बन्धकी जग्गा मलाई दिलाई बुझ्नु पर्ने थैली नबुझेमा सजाय गरी पाउँ भन्ने समेत काशीनाथको ०१२।१।२५ को वादी । २. हाम्रा हकदार ४ पुस्ता भित्रका बदनीका हक भोगको खेत पाखो रु. १३३१।७२ मा ९५ साल पौष २१ गतेमा काशीनाथलाई भोगबन्धकीमा बदनीले बिक्री गरी निज बदनी देशमा गएकोले सो जग्गा हाम्रो सन्दीसर्पन पर्ने हकदार समेत हामी नै भएबाट म चन्द्रप्रसादको बाबु मनहर्षको दाज्यू नन्दप्रसादले बदनीले खाएको रु. १३३१।७२ काशीनाथलाई बुझाई लखबन्धकमा लिएको रुपैया बुझ्दाको धनीबाट रुपैयाँ बुझी जग्गा छाडी दिनु भन्ने काशीनाथले लख दिएको लिखतमा लेखिएको हकदार पनि हामी नै हाम्रो सन्दीसर्पन पर्ने भई वादीले रुपैयाँ बुझी बसेको दाता बदनीले रुपैयाँ बुझाउन आए मात्र रुपैयाँ बुझी जग्गा छाड्नु पर्ने यो बादीबाट रुपैयाँ बुझी जग्गा छाड्नु पर्ने हामीलाई दुःख दिन झुट्टा नालिस गरेको भन्ने प्रतिवादी ०१२।२।३ को । ३. मैले बन्धकी दिएको थैली बुझी दिएनन भन्न नभई मैले बदनीबा