निर्णय नं. ६१ - जग्गावाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१ - जग्गावाली भाग: २ साल: २०१६ महिना: कार्तिक अंक: ९ फैसला मिति :२०११/१०/२० २२२३ निर्णय नं. ६१ ने.का.प. २०१६ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री प्रकाश शम्शेर ज.ब.रा न्यायाधीश श्री भैरवराज पन्तोपाध्या न्यायाधीश श्री महेन्द्रबहादुर महत क्षेत्री न्यायाधीश भगवतीप्रसाद सिंह अ.नं अपीलाट : कर्णबहादुर मगर विरुद्ध रेस्पोण्डेण्ट : तुलसीप्रसाद उपाध्याय मुद्दा : जग्गावाली (१) जग्गामिच्नेका २१ नम्बर र जग्गा पजनीका ३४ नम्बर आफ्नो हकको जग्गा अर्कोले दर्ता तिरो भोग गरी खाएकोमा २ वर्ष भित्र उजुर गरी आफ्नो गराउनु पर्ने सो म्याद भित्र नगरे उजुर नलाग्ने । सो जग्गा प्रतिवादीका नाउँमा दर्ता भई तिरो भोग गरी भोग चलनगरी आएको ०१ साल देखि ०४ सालसम्मको पेश हुन आएको रसिदहरूबाट देखिन आएकोले आफ्नो हकको जग्गा अर्काले दर्ता तिरो भोग गरी खाएकोमा जग्गा मिच्नेका २१ नं. जग्गा पजनीको ३४ नं. का ऐन बमोजिम म्याद २ वर्ष भित्र उजुर गरी आफ्नो गराई प्र. कर्णबहादुरले लिनुपर्ने म्याद भित्र उजुर नपरेको हुनाले समेत इन्साफ प्रधान न्यायालय तेश्रा फाँटको मनासिव ठहर्छ । (प्रकरण नं. ८) फैसला १. यसमा प्र. कर्णबहादुरले ९५।१२।१४ गते मसँग मोरु ४०१ लिई निजको जेठोटाप खेत ।११।१ मध्ये र ।३।१३।६ को जग्गा खला १ र गर्‍याङ भन्ने खेतमाटो ।१६।१२ को मध्ये माटो मुरी ।८।६।४ मोरु १०० मा ९७।२।२१ गते राजिनामा गरी दिएकोले भोग गरेको थिएँ । ०५ साल मार्ग १५।१६ गते ३०।४० जवान ल्याई प्रतिवादीहरूले पाकी तयार भएको धान लुटी लगेको कुरो गणेशले भन्न आएकोले गई भन्दा पास नभएको लिखत हुँदा रु. बुझी जग्गा छाडी वा अरु रुपैयाँ थप देउ भनेर बाली खाएको हुन भनी भनेकालेले नालिस गर्न आएको छु । राजिनामा भोग तिरोबाट सो जग्गा मेरो हक पक्का भईसकेकोले दुवै कित्ताको धान पराल भटमास समेतको बिगो रु. ४७४।३४ प्रतिवादीहरूबाट भराई सो जग्गा खिचोला मेटाई पाउँ भन्ने वादी रहेछ, सो ३।१३।६ को रु. ४०१ मा ९५ सालमा र अर्को रु. १०१ मा ९७ सालमा पछि वापस जग्गा लिने बोल कबोल गरी दिएको हुँदा सो कागजहरू रजिष्ट्रेशन पास गरी दिएको थिएन । ०४ साल मार्गमा रुपैयाँ बुझी जग्गा देउ भन्दा म कर्ण बहादुरलाई टारवारको जवाफ दिएको र सो लिखतहरू रजिष्ट्रेशन पास नभएको कागज हुँदा लिखतै बदर हुने हुँदा सो विरुवाटारीखेत ।३।।१३।६ को कित्ता १ भालु खोला भन्ने खेत ।८ को कित्ता १ म कर्ण बहादुरले रु. १००० मा दिने म अ‍ैतविरले लिई ०४।१०।२० गते रजिष्ट्रेशन पास गरी राजिनामा गराई लिएको वादीले थाहा पाएपछि १।। वर्षसम्म चुप लागि ०५ सालको बाली म अ‍ैतविरले लगाएकोमा सो १५।१६ गते वादी समेतका ६०।७० जनाले लुटी लगेछन मार्ग १४ गते नौतुनुवामा पुगीनु समेत खरिद गरी १८ गते मात्र घर आएपछि थाहा पाई किन बाली लुट्यौ भनी वादीसँग भन्दा सो जग्गा मलाई रजिष्ट्रेशन पास गरी देउ बरु रुपैयाँ थपी लुटेको बाली पनि दिन्छु भनेकोले म अ‍ैतविरले सकार गरिन र ऐले झुटो नालिस गरेको हो । सो जग्गामा वादीले बाली लगाएको होइन रु. १००। को राजिनामा देख्न पाए जालसाजीमा उजुरी गर्ने छु भन्ने कर्णबहादुर अ‍ैतवीर ऋषिराम समेतको प्रतिवादी रहेछ । २. वादीको उजुर झुट्टा हो । सो जग्गा फिर्ता गराई देउ भनी वादी भन्थे कर्णबहादुरलाई भनी दिए तर मानेनन् र सो कुरा इबी लिई म उपर झुटो दावी गरेको म बाथको बोथाले घरमै बसेको छु भन्ने गणेश नेवारको प्रतिवादी रहेछ । ९२।२।२१ गतेको मोरु १००। को सक्काल राजिनामा वादीबाट दाखिल भएको प्रतिवादीलाई सुनाउदा सो राजि