निर्णय नं. ६२ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२ - लेनदेन भाग: २ साल: २०१६ महिना: कार्तिक अंक: ९ फैसला मिति :२०१६/०६/११ २८५३ निर्णय नं. ६२ ने.का.प. २०१६ डिभिजन बेञ्च का.मु. प्रधान न्यायाधीश श्री भगतवीप्रसाद सिंह न्यायाधीश श्री रंगनाथ उप्रती अपीलाट : चक्रबहादुर श्रेष्ठ विरुद्ध विपक्षी : मोहरि लाल माडवारी मुद्दा : लेनदेन (१) अ.ब. ९८ नम्बर प्रतिवादी र विषय छुट्टा–छुट्टै भएमा २ जवान साहुले २ जवान आसामी उपर एउटै फिरादपत्र दिएमा अ.बं. ९८ नं. ले दुवै जनाको हकमा इन्साफ दिन नहुने । वादी प्रतिवादीहरू र तमसुक विषय समेत छुट्टा–छुट्टै भएकोले त्यस्तोमा एउटै फिरादपत्रबाट इन्साफ गर्दा उक्त ऐनको मर्यादा नरहने भएको हुँदा वादी रामकुमारले प्र. हरिबहादुर उपर दावी गरेकोमा दावी बमोजिम भराई दिने ठहराएको शुरुको मनासिवै र वादी मोहरिलालले प्र. चक्रबहादुर उपर दाबी गरेका हकमा एउटै फिरादपत्रबाट इन्साफ दिन सोही अ.बं. ९८ नं. का ऐनले नहुने हुँदा खारेज हुन्छ । (प्रकरण नं. ११) वादी तर्फबाट : सिनियर एडभोकेट देवनाथप्रसाद वर्मा, एडभोकेट योगेन्द्र प्रकास मल्ल प्रतिवादी तर्फबाट : प्लीडर हेरम्बप्रसाद उपाध्याय, प्लीडर पुरेन्द्रकुमार मैनाली फैसला १. यसमा म मोहरिलाललाई काम विशेषले भारत तर्फ सितामाडी गई रहेको अवस्थामा प्र. चक्रबहादुरलाई कं.रु. १०००१ दसहजार एक रुपैयाँ दिई ०१०।६।२२ मा कपाली तमसुक गराई लिएको प्र. हरिबहादुर हाम्रा जनकपुर घरमा आई कं.रु. १००१ एक हजार एक रुपैयाँ लिई सगोलका छोरा रामकुमारका नाउँमा कपाली तमसुरक गरी ०१०।१०।१४ मा दिएको भाखाभित्र माग्दा आजभोली गर्दै टारवार गरी नदिने नियत गरेकोले नालिस गर्न आएका छौं । बिदेशमा लेनदेन गरे तापनि सरदको धानबाट तिर्ने गरी नेपाली भाखामा तमसुख लेखिएको हुँदा दुबै लिखतको लिखत भएको मिति देखिको व्याज र सावाँ समेत दिलाई पाउँ भन्ने समेत रामकुमार मोहरिलाल माडवारीको एउटै फिराद । २. वादी दावी बमोजिम मैले एक पैसा पनि लिएको छैन वादी र म समेतले चुरोट र करकट पाताको काम साझामा गरी आएको हुँदा मैलै लिनु पर्ने रुपैयाँमा सवै हरिहसाब गरी देउ भनी वादी मोहरिलाललाई बराबर भन्दा हरहसाब नगरी आलटाल गरेबाट भनाभन भएकोले मैले लिनु पर्ने रुपैयाँमा नालिस देला भनी म उपर झुट्टा नालिस दिएका हुन । तमसुक देख्न पाएमा नाम राख्ने छु । लिखत पनि सीतामाडीमा भएको देखिएको र वादी जनकपुरमा व्यापार गरे बसे तापनि खास बिदेशी मानिस हुनाले र लिखतमा सरदमा तिरुँला भन्ने भएको नदेखिनाले साहु आसामीका ३६।३७ नं. ले नालिस लाग्नै नसक्ने हुँदा वादी दावी झुट्टा हो भन्ने समेत चक्रबहादुरको प्रतिवादी । ३. लिखतको सहीछाप र मेरो सहीछाप मिल्न आए तापनि ०१० साल भाद्र महिनामा नेपाल जान भनी विष्णुपुरबाट हिंडी सीतामाडी आई पुगेपछि मदनबहादुरसँग राजिनामा गरेको लिखत पास गर्न भाद्र महिनामा नालिस दिनु पर्ने कुरा सम्झी नालिस दिना निमित्त वारेस नामा लेख्ने लिफा गिर्जापास मानको हातमा दिनु भनी वादी मोहरिलाललाई लिफा सौपी म नेपालमा गएकोमा आफ्ना मेलका मानिस साछि राखी सो लिफामा कं.रु. १०००१ को कपाली तमसुक खडा गरी जालसाज गरेको हुन भन्ने समेत प्र. चक्रबहादुरको बयान । ४. मैले दाखिल गरेको कं.रु. १०००१ को तमसुक जालसाजी हैन सद्दे साँचो हो प्रतिवादीले साधा कागजमा सहीछाप गरी मलाई दिएको छैन भन्ने समेत वादीको बयान । ५. बुझिएसम्मका प्रमाणबाट रामकुमारले हरिबहादुर उपर दावा गरेको कं. रु. १००१ को सावाँ व्याजको हकमा कुनै कुराको इन्कारी नलिई प्र. हरिबहादुर सावित भई बसेकाले वादी रामकुमारले प्र. हर