निर्णय नं. ६४ - झुक्याई कागज गरायो
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४ - झुक्याई कागज गरायो भाग: २ साल: २०१६ महिना: कार्तिक अंक: ९ फैसला मिति :२०१६/०७/१८ २५१७ निर्णय नं. ६४ ने.का.प. २०१६ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री पशुपतीप्रसाद उपाध्याय अ.नं. २८५।२८६ अपीलाट : सूर्जेलाल समेत विरुद्ध विपक्षी : ले.ज. कल्याण शम्शेर ज.ब.रा. मुद्दा : झुक्याई कागज गरायो (१) आफैले अडर गरी लेखी ल्याएको कागजमा व्यहोरा नहेरी सहीछाप गरे भन्ने दावी असम्भव अनपत्यारको कुरा हुने । एकैमुष्ट कागज लेखी ल्याउने आफैले अडर गरी लेखी ल्याएको कागजमा हस्ताक्षर तथा ल्याप्चे समेत सहीछाप गर्नु हुने वादीले व्यहोरा नहेरी सहीछाप गर्नु भएछ भन्न सा¥ह्रै असम्भव अनपत्यारको कुरा गर्नु भएको । (प्रकरण नं. १७) (२) जान्न बुझ्न करै लाग्ने कुरामा चुपलागि बसेमा र आफ्नो गल्ती लापरवाही वा अनुचित मात्राको भर–पत्यारमा परी करवाई वा अनुचित मात्राको भरपत्यारमा परी कारवाई गरेकोमा सो को उत्तरदायित्व वादीमै हुँनुपर्ने । सहीछाप गरी पठाएका ४।५ महिनासम्म अर्थात् उनैहरूले भने अगाडि के कुरामा सहीछाप गरेको छ भनी जान्न बुझ्न करै लाग्ने कुरामा चुप लागि रहेको वादीबाटै देखिएकाले यदि झुक्याएको भनी एकक्षण अनुमान गरे पनि आफ्नै गल्ती सुस्ती लापरवाहीले वा अनुचित मात्राको भरपत्यार वा अन्धविश्वासले भन्नु परेकोले त्यस्ता काम कारवाईको उत्तरदायित्व वादीले नै बहन गर्नुपर्ने भन्न परेकाले समेत यस्ता कुरामा झुक्याएर सही गरायो भन्न ऐन कानून व्यवहारले नमिल्ने हुँदा झुक्याएको भन्ने ठहराएको अपीलको गल्ती झुक्याएको नठहराएको शुरुको मनासिव। (प्रकरण नं. १७) अपीलाट तर्फबाट : प्लीडर नारायणप्रसाद वादी तर्फबाट : एडभोकेट देवनाथप्रसाद बर्मा फैसला १. यसमा प्रतिवादी मणिदीपको ससुरा डि. टिकादत्त अघि देखि कारिन्दा सरह भई बसेका आफ्नो पुरा विश्वासको मानिस भएकाले कर्जा दिने मानिस खोज भनी मैले निज टिकादत्तलाई भन्दा प्रतिवादीहरूलाई ल्याई चिनाई दिएबाट रुपैयाँ चाहिएमा कहिले मणिदीपबाट कहिले सूज्र्येलालबाट लिई कर्जी भन्ने बोली नपारी राख्न दिएको भन्ने बोलि पारी मेरो दस्तखत गराई लिने १० १२ महिना पछि सावाँ व्याज ध्यूखाने समेत जम्मै गभाई व्याजको पनि व्याज लिने खाने गरी आएको सुज्र्येलाल तर्फ ०३ साल मार्ग २४ गते तकको नोट रु. १०००० ठहरेकोले सो सावाँ व्याज समेत निजले ०८।५।३ मा मसँग बुझी लिई भर्पाई गरी दिएको निजतर्फ हिसाब गरी दिनु पनि बाँकी नै भएको र मणीदिप तर्फ लिएको पनि हिसाब गरी दिनु पर्ने बाँकी नै थियो गते बारको सम्झना भएन ०८ साल भाद्र ४।५ गते के हो मलाई रुगाखोकी लागि ज्वरो आई बेचइन भएको अवस्था करिब रातको ८ बजेको टायममा डी. टिकादत्त प्रतिवादी २ जना र मैले नचिनेको १ जना समेत आई प्रतिवादी सुज्र्येमणी दिपले हामीहरूको हरहिसाब गरिएकै मुष्ट दस्तखत गरी पाउँ भनेकी हुँदा एकैमुष्ट हिसाब गरी लेउ भनी मैले भनेपछि ३ जना उठी हुन्छ हिसाब गरी ल्याउँला भनी तल बरण्डा कोठामा गई केही बेरपछि हरिहसाब ठीक गरी कागज लेखी ल्यायौं सहीछाप गरी बक्सियोस भनी लेखेको कागज थान २ ल्याई भन्दा । बेरामी भएबाट हिसाब जाँच्न नसक्ने भएकाले डी. टिकादत्तलाई हिसाब जाँची देउ भन्दा के जाँच्नुपर्छ । बेमान गर्लान भन्ने शंकै गरी बक्सनु पर्दैन भनेकाले विश्वासमा परी लेखी ल्याएको कागज मैले हेर्दै नहेरी बाँची नसुनी सहीछाप गरी दिएपछि निजहरू ४ जना गएका थिए ०८ साल माघ ३ गतेका दिन प्रतिवादी २ जना मेरा घरमा आई रुपैयाँ आजै चाहियो भनी जोर जुलुम गरी बेइज्जतीको आवाज निकाल्दा