निर्णय नं. ६६ - विना कसूरमा जागिर खोसी भ्रष्टाचार लगाए
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६ - विना कसूरमा जागिर खोसी भ्रष्टाचार लगाए भाग: २ साल: २०१६ महिना: कार्तिक अंक: ९ फैसला मिति :२०१२/०६/२३ २६९४ निर्णय नं. ६६ ने.का.प. २०१६ फुल बेञ्च फौं.अ.नं. ७६१ प्रधानन्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री भैरबराज पन्त पाध्याय न्यायाधीश श्री महेन्द्रबहादुर महत न्यायाधीश श्री भगवतीप्रसाद सिंह अपीलाट : पिताम्बरप्रसाद मुडवरी विरुद्ध रेस्पोण्डेण्ट : ऋद्धि विक्रम समेत मुद्दा : विना कसूरमा जागिर खोसी भ्रष्टाचार लगाए (१) भ्रष्टाचार निवारण ऐनको १० नम्बर–कस्तो काम गरेमा सरकारी कर्मचारीलाई बात लाग्ने ? भ्रष्टाचार निवारण ऐनको १० नम्बर हेर्दा सरकारी कर्मचारीले जानी जानी गर्न पर्ने काम नगरी या गर्न नहुने काम गरी या एक थोक लेख्नु पर्ने अर्को कुरा लेखी सरकार या कसैलाई नोक्सान पार्न या त्यस्तो नियत लिनेलाई बात लाग्छ । (प्रकरण नं. ६) (२) सरकारी काज खटिएकोमा–संकटकालिन अवस्था परी–जान नसक्ने भई रिपोर्र्ट गरेकोमा अनुशासन भङ्ग गर्यो भनी भ्रष्टाचार ऐन लगाई सजाय गर्न नमिल्ने । सरकारीया काजमा खटिएपछि काजमा जानै पर्नेमा नगई बिरामी कुरुवाको रिपोर्र्ट दिएकाले अनुशासनहिनताको कसूर गरेको भनी सजाय गर्नलाई पनि अवस्था विचार गर्दा, डाक्टरले गर्भवती छन । महिना पुरा भए जस्तो लाग्छ भनी रिपोर्ट लेखि दिएकै र वर्षाकाल परदेश कैलाली जस्तो ठाउँ भाषपूर्ण भईसकेकी गर्भवती स्त्री भई उनको संरक्षक आफु बाहेक अरु कोही नभएको भन्ने हुँदा संकटकालिन कै अवस्था देखिएकोबाट ऐनले लिन पाउने बिरामी कुरुवाको रिपोर्ट दिएकोमा अनुशासन भङ्ग गरेको भनि सजाय दिन ठीक मनासिव नपर्ने हुनाले निज मु. पिताम्बरप्रसादलाई कैलाली कञ्चनपुर गोश्वाराले भ्रष्टाचारको ऐन लगाई सजाय गर्ने गरेको इन्साफ मनासिव ठहर्दैन । (प्रकरण नं. ६) फैसला १. यसमा ठेक्दार गणेशदासले पाएको सुखड् लकडी नपाई जँचाई जिम्मा लगाउन जानु भनी आफ्नै अड्डाको मु. पिताम्बरप्रसाद मुडभरीलाई काज खटाएको कैलाली कञ्चनपुर गोश्वाराको २०।१२।२।३०।२ को आदेश सोही मितिमा मु. पिताम्बरप्रसादले बुझी लिएको । सो आदेश बुझी लिई जाँन लाग्दा २०१२।२।३१।३ देखि जाहानलाई मलेरिया ज्वरो र मुटु दुख्ने समेत बेमार भई आजसम्म पनि निको हुन नसकेकाले २०१२।२।३१।३ देखि तलबी बिदा दिन १५ बिरामी कुरुवा बिदाको निकासा पाउँ । सो लकडी जिम्मा लगाउन अर्को जागिरदार पनि खटियोस् भन्ने मु. पिताम्बरप्रसादको २०१२।३।२।५ को रिपोर्ट रहेछ । २. गोश्वाराका अर्डर बमोजिम मु. पिताम्बरप्रसाद कि ब्राम्हणीको बेमारी जाँची कैलाली अस्पतालको डाक्टरले अंग्रेजी हरफमा लेखेको रिपोर्ट रहेछ । ३. मु. पिटाम्बरप्रसादले दिएको बिरामी कुरुवाको रिपोर्ट हुलाकबाट आएको । निज मु. पिताम्बरप्रसादलाई खनाखत गराउन सोद्धा यो रिपोर्ट मैले पठाएको हुँ । तर सनाखत कागज गरी दिन्न भन्ने जवाफ दिएको ठीक हो भन्ने माल अमिनी थाना डिभिजन समेतका इन्चार्जहरूको २०१२।३।३।६ को कागज रहेछ । ४. मु. पिताम्बरप्रसादलाई काज खटाई २०१२।२।३०।२ मा पुर्जी बुझाएको । माल २०१२।३।२।५ को रिपोर्ट हुलाकबाट पठाएको । आज दाखिल हुन आएकोले अडरबमोजिम नगर्ने नियत लिएको शंका लागि अस्पतालको डाक्टरलाई रिपोर्टबमोजिम बिरामी भए परको हो होईन जाँची पठाउनु भनी लेखी पठाउँदा अहिले ज्वरो छैन र शरिरमा कुनै तकलिफ देखिंदैन । सिर्फ गर्भवती छन । महिना पुरा भएजस्तो लाग्छ भन्ने रिपोर्ट पर्न आएकाले निज पिताम्बरलाई झिकाई रिपोर्ट मैले पठाएको हो भनी कागज गरी नदिएकाले माल अमिनी थाना डिविसमेतका अफिसरहरूलाई झिकाई क