निर्णय नं. ६७ - राजिनामा लिखत बदर गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७ - राजिनामा लिखत बदर गरी पाउँ भाग: २ साल: २०१६ महिना: कार्तिक अंक: ९ फैसला मिति :२०१२/०४/०५ ३४८२ निर्णय नं. ६७ ने.का.प. २०१६ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री प्रकाश शम्शेर ज.ब.रा. न्यायाधीश श्री भैरवराज पन्त पाध्याय न्यायाधीश श्री भगवतीप्रसाद सिंह दे.नं. २९१ निवेदक : लक्ष्मीनायक सुडी विरुद्ध विपक्ष : महजो सुडिनी मुद्दा : राजिनामा लिखत बदर गरी पाउँ (१) रुपैयाँ लिन दिनु नभई–शर्तनामा लेखी–जग्गा आफ्ना नाउँमा दाखिल दर्ता गरी–पछि शर्तनामा बमोजिम काम नगरी धोका दिएमा झुक्याई राजिनामा गराएको भन्न पर्ने– नालिस परेमा त्यस्ता राजिनामा सदर मान्न नहुने । बदर हुने । घरसारमा निजहरूको भएको शर्तबाट रुपैया लिनु दिनु नभएको । घरको काम गर्ने कबुलमात्र गरी लिखत शर्त भएकोमा राजिनामा गराई जग्गा आफ्ना नाउँमा दाखिल दर्ता गरी जग्गा हात पारी सकेपछि प्रतिवादीले काम छाडी धोका दिएको देखिएको । यस व्यवहारबाट रुपैयाँ लिई दिईकन राजिनामा गराएको नदेखिनाले वादीलाई झुक्याई आफ्नो मतबल साधन गर्नलाई प्रतिवादीले बादीका राजिनामा गराएको देखिनाले राजिनामा सदर मान्न नहुने । शर्तनामाको उक्ति र वादी प्रतिवादीका बीचको व्यवहार, सवैको पूर्ण विचार गरी सो राजिनामा सुपथ मोल लिई दिइकन गरेको ठहरिंदैन । प्रतिवादीले वादीको दाम काम इत्यादी गर्ला भन्ने आशले मोल लिनु दिनु नगरी राजिनामा गरेको ठहर्नाले राजिनामा बदर गर्ने डिभिजन बेञ्चको फैसला मनासिव देखिन्छ । (प्रकरण नं. ३) (२) पास गर्नु पर्ने शर्तनामा पास नगराएको भएमा समेत–सबूदका लागि सोमा भएको व्यहोरा प्रमाणा लिन ऐनले बाधा नदेखिने । शर्तनामाको कागज रजिष्टरी पास गर्नुपर्ने भए पनि वादी प्रतिवादी बीचको व्यवहार बुझ्नलाई त्यस शर्तनामामा भएको व्यहोराको प्रमाण लिन ऐनले केही बाधा देखिंदैन र यो मुद्दाको रुपरेखा विचार गर्नको लागि शर्तनामाका कतिपय उक्तिहरू प्रमाणको लागि लिएको छ । शर्तनामा बमोजिम काम नगरे राजिनामा गरेको जग्गा वापस लिन्छु भन्ने बोली परेको हुनाले सो शर्तनामाको कागज राजिष्ट्रेशनको ऐनले राजिष्टरी गर्नु पर्ने अघि फुल बेञ्चबाट हरिप्रसाद सैंजु समेतको र इन्दनारायण सैंजुको घर राजिनामा फिर्ता गराई पाउँ भन्ने मुद्दामा फैसाल समेत भएकोले यो शर्तनामाको कागज रजिष्ट्रेशन पास गर्नुपर्ने भए तापनि त्यसमा भएको अरु बोलिहरू मुद्दाको रुपरेखा बुझ्नको लागि प्रमाणमा लिन केही कानूनी बाधा नदेखिनाले । (प्रकरण नं. ३) फैसला १. यसमा महजो सुडीनीसँगको राजिनामा लिखत बदर गरी पाउँ भन्ने मुद्दा प्रधान न्यायालय डिभिजन बेञ्चबाट अन्यायसँग हराई १० साल जेष्ठ २ गते मुद्दा फैसला गरेकाले चित्त नबुझ्दा बिन्तिपत्र चढाएको छु । राजिनामा बमोजिम कंरु ६००१ महजो सुडीनीले धर्म शदावर्त गर्नलाई मबाट कर्जा लिई मट्टीहानीको जग्गा बिगाहा २।।।३०.४ जग्गा ६ साल जेष्ठ १३ गते घरायसमा राजिनामा लेखी ऐजन १४ गते रजिष्ट्रेशन पास गरी मेरा नाउँमा दाखिल दर्ता समेत भईसकेको । महोत्तरी अपीलबाट राजिनामा सदर भई मैले डिग्री पाएको दर्ता दाखिल खारेज समेत गरी मैले भोगेको जग्गालाई नकरा घरसारमा बनाएको शर्तनामा प्रमाणै नलाग्ने कागजलाई कायम गरी मलाइ वादीको टहलुवा सुसारे ठहराई चाकरी गर्ने औकातको मानिसले त्यत्तिको रुपैयाँ हाली जग्गा किन्न नसक्ने कायम गरी विश्वासघाती तुल्याई दिएकोलाई महजो सुडीनीले ५० बिगाह जमिन सुक्री बिक्री राजिनामा रजिष्ट्रेशन गरी दिएको छ । म के ल्याकत औकातको रहेछु ? धनमालको समेत तायदाती लिई ह