निर्णय नं. ६८ - कागज सच्यायो
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८ - कागज सच्यायो भाग: २ साल: २०१६ महिना: कार्तिक अंक: ९ फैसला मिति :२०१३/११/२३ २४५१ निर्णय नं. ६८ ने.का.प. २०१६ डिभिजन बेञ्च प्रधान न्यायाधीश श्री अनिरुद्धप्रसाद सिंह न्यायाधीश श्री तिकल शम्शेर थापा सा.नं. ५२२ वादी : टीकालाल उप्रेती विरुद्ध प्रतिवादी : डि. धर्ममान समेत मुद्दा : कागज सच्यायो (१) झगडीयाबाट अड्डामा पेश दाखिल हुने सक्कल कागजमा–कैफियत भएमा सो जनाई लिनु पर्ने–सो कैफियत नजनाइएमा असावधानीसँग काम गरेको ठहरिने । झगडीयाले पेश दाखिल गरेको कागजमा मसी फुलेको र अरु कैफियत भए नभएको व्यहोराको कैफियत खुलाई सक्कल बमोजिम नक्कल र सक्कल लिनु परेकोमा पनि सो बमोजिम कैफियत खुलाई लिनु पर्नेमा मिसिलमा रहेको सक्कल कागजमा मसी फुले समेतको केही कैफियत जनाएको नदेखिएकोले काभ्रेपलाञ्चोक अदालतले ऐन छाडी असावधानीसँग काम गरेको देखिएको । (प्रकरण नं. ७) फैसला १. तिर्थराज उप्रेतीसँगको घर जग्गा निखनी चलन चलाई पाउँ भन्ने मुद्दामा मैले पेश गरेको ७१ साल जेष्ठ ३० गतेको सक्कल दातव्यपत्र अड्डामा दाखिल भईसकेपछि प्रतिवादीहरू मिली बालकृष्णका खुसामत मोलाहीजाले सो दातव्यको ७१ सालको अंकमा र कारणीको सहीछापमा समेत मसी माथि मसी थपी कागजको रंग समेत बेगल गराई दिएमा डि. धर्ममानलाई र लेखिए बमोजिम गराएमा बालकृष्ण तिर्थराजलाई सजाय गरी पाउँ भन्ने टिकालालको वादी । २. किर्ते गरे भनेका लिखतबाट मेरो हक हुने भनी बादीले झगडा लगाएको जग्गा रुद्रदेवी उप्रेतीसँग ७१।२।२२ गते सु. गंगाधर खरेलले रु. ५०१। मा फार्छे गरी लिएको रहेछ । निज गंगाधरले मेरा बाबा विष्णु उप्रेतीसँग रु. १८६।५० बुझी सक्कल फार्छे समेत सौंपुवा गरी ७३ साल ज्येष्ठ २२ गते फाछ्र्र्या लेखी दिएकोले बाबाका शेषपछि म समेतले भोग चलन गरेकी । वादीले सो जग्गा माग्दा नदिएको रिस इवीले चोरी मुद्दा र खसी चोरी मुद्दा लगाएमा टिकालालको उजुर झुट्टा ठहरी फैसला भएको बन्धक दिएको भनी दावी गरेको यो जग्गाको दोहरीको सबुद दिन नसकेको बिक्री गरेको हदम्याद नघाई नालेस गरेको समेतबाट वादीबाट पेश भएको कागज किर्ते गर्नु गराउनु पर्ने कारण नहुँदा साल मिति सच्याउन लगाई मैले किर्ते गरे गराएको हैन भन्ने तिर्थराजको प्रतिवादी । ३. वादी टिकालाल मेरो भानिज नाता पर्ने हो तापनि बेनामीबाट समेत धेरै मुद्दा लगाएको । ६ महिना देखि पालेकोले मुद्दा नगर भन्ने स्वाभाविक कुरा भनेको । आफ्ना जिम्माको कागज मिसिल सच्याए बिगारे आफै जवाफदेही हुनुपर्ने कुरामा मेरो भनाई मानी सच्याए बिगारे होला भन्ने ठहर्न नआउने । सो कागज सच्याउन लगाउनु पर्ने मलाइ सरोकार नपरेकाले वादी झुट्टा हो भन्ने सुब्बा बालकृष्णको प्रतिवादी । ४. तिर्थराज उपर यो वादी टिकालालले मेरो आमाले बकस पाएको जग्गा निखनाई चलन चलाई पाउँ भन्ने मुद्दा दायर गराएकोमा वादीको आमालाई बकसपत्र गरी दिने भनेको सु. गंगाधरले नै महालक्ष्मी रुद्रदेवीहरूसँग ७१।२।२२ गते गराइ लिएको फार्छे समेत सौपुवा गरी फार्छे गरी दिएकोले निखन्न दिनु पर्ने हैन भन्ने लेखेकोले वादीको बकसपत्र र प्रतिवादी फार्छे समेत खिची सद्दे किर्तेमा सुनाउँदा वादीले जालसाजी र प्रतिवादीले किर्ते भनी लेखेको । सु. गंगाधर मरी सकेकोले सुब्बा बालकृष्ण बुझ्न मिसिल देवानीमा पठाए भन्ने रिस इवीले झुट्टा दावी गरेको हो । सक्कल कागज लिई कैफियत जनाई भर्पाई दिने काम हाकिमको नभई फाँटवाला विचारी कारिन्दाको काम हुँदा ७० लाई ७१ गरायो भनेकालाई फाँटवाला वि. मदनकृष्णले हेरी जाँची बुझी देखिएसम्मको कैफियत खुलाई दाखेल गर्नेको