निर्णय नं. ६९ - गर्भ तुहाउने उद्योग गर्यो. भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९ - गर्भ तुहाउने उद्योग गर्यो. भन्ने भाग: २ साल: २०१६ महिना: मंसिर अंक: १० फैसला मिति :२०१६/०६/१५ २८३६ निर्णय नं. ६९ ने.का.प. २०१६ डिभिजन बेञ्च का.मु.प्रधान न्यायाधीश भगवतीप्रसाद सिंह न्यायाधीश पशुपतिप्रसाद उपाध्याय फौ.अ.नं.१६ अपीलाट : मिश्रीलाल साहु कलवार विरुद्ध विपक्षी : कैलासपति कलवारनी मुद्दा : गर्भ तुहाउने उद्योग गर्‍यो भन्ने १. गर्भपतन गराउने उद्योग गर्नेलाई दण्डसजाय–ज्यानसम्बन्धीको गर्भपतन गराउने महलमा सो उद्योग गर्नेलाई दण्डसजाय नखुलेको भए तापनि सो महलको ६१ नं. को कसुरसँग मिल्ने हुँदा २ बर्ष कैद हुने–पोली सावित गर्न नसक्नेलाई ऐ. को ६८ नं. ले १ बर्ष कैद हुने । सजायका हकमा ज्यानसम्बन्धीको गर्भपतन गराउने महलमा गर्भपतन गराउने उद्योग गर्नेलाई यो सजाय गर्ने भन्या खुल्दैन तापनि ६१ नं. को अन्तिम हरफमा सो काम गर्दा गराउदा पनि तुहेन भने आधा सजाय गर्नु भन्ने लेखिएकोले यस्ता कलममा सोही ६१ नं. को अन्तिम हरफ मिल्न जाने हुँदा गर्भपतन गराई सक्यो भन्या उजुर नभएबाट सो ६१ न्ां. को अन्तिम हरफबमोजिम प्रतिवादीलाई कैद २ बर्ष हुनेमा पोलि सावित गर्न नसकेकाले ऐ.६८ नं. ले आधा कैद बर्ष १ वादीलाई हुन्छ । (प्रकरण नं. ९) फैसला १. यसमा बिरामी भएबाट यही गएको माघ महिनामा औषधी गराउन भनी मजफ्फरपुर थाना बैरगनिया मामलीमा गई औषधी गराई यही जेष्ठ १५ गते घर आउँदा भिन्न बसेकी सौतेनी विधुवा आमा प्र. कैलाशपतिलाई घरमा नदेख्ता निले प्र. सुरजलाई कारिन्दा भनी राखी निजसँग बराबर हाँस ख्याल गरी रहेको । निज सुरजको करणी बिर्यबाट कैलासपतीलाई गर्भ रहन गएकोमा प्र. हरूले सल्लाह गरी ६ महिनाको गर्भपतन गराउन भनी ०१२ साल फागुण महिना धनमाल समेत लिई निजलाई प्र. सुरज श्री किसुन २ जनाले नमालुम कुन ठाउँमा लुकाई राखी प्र. कैलासपतीको देहमा गरेको गर्भपतन गर्ने गराउने उद्योग गरेमा प्रतिवादीहरूलाई सजायँ गरी पाउँ भन्ने समेत मिश्रीलाल साहु कलबारको फिराद । २. कैलासपतीले सुरजलाई कारिन्दा राखी हाँस ख्याल गरे देखे जानेको छैन । गर्भपतन गराउन कैलासपतीलाई म समेतले लुकाई राखेको छैन । वादी दावी झुट्टा हो भन्ने समेत श्री किसुनको प्रतिवादी । ३. मलाई कैलासपतीले कारिन्दा राखेको वा बसेको छैन । हाँस ख्याल गरेको पनि होइन । कैलासपतीलाई मैले करणी गरी गर्भ रहेको भए पतन गराउनको कारणै नभएको । हाम्रा जातले भाउजु राख्न हुने । ऐनले सजाय हुँने डर नभएको । कैलासपती मेरो भाउजु पर्ने हुन । वादीहरूको लाखौं जेथा भई अंश दिन परोइन भन्ने हेतुले म समेत उपर झुट्टा नालिस दिएको हो भन्ने समेत सुरज साहु कलबारको प्रतिवादी । ४. सुरजलाई मैले कारिन्दा राखेको र हाँस ख्याल ठट्टा गरेको होइन । वादी र वादीको आमा बजैले मलाई पूरा अंश नदिई खान लाउन केही जग्गा दिएकाले अलग बसेको मेरो अंश मारी खानाका नियतले झुट्टा उजुर गरेको हो । गर्भपतन गराउन भनी धनमाल समेत लिई फागुणमा भागे भगाएको होइन । माघदेखि जेष्ठ १९ गतेसम्म म गाउँ घरमै छु । जेष्ठ २० गते माईत गएकोमा केही दिन पछि मलाई अघिदेखि बराबर हुने गरेको प्रदर रोग उठन गएबाट हिन्दुस्थान रक्सौलमा सरकारी हस्पिटलमा १३ जुन १९५६ देखी १५ अगस्त तक औषधी गराएको सर्टिफिकेट मसँग छ । हेरी पाउँ । गर्भ छँदैछ वा पतन गराईसकी लेडी डाक्रटद्वारा जाँच गरि पाएमा वादी दावी झुट्टा ठहर्ने छ भन्ने समेत कैलासपतीको प्रतिवादी । ५. बुझिएसम्मका प्रमाणबाट वादी दावी झुट्टा ठहराई कलैया अमिनीबाट ०१४।१।२३।१ मा फैसला । ६. सो फैसला उपर चित्त बुझेन भन्ने समेत