निर्णय नं. ७० - हुण्डाबाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७० - हुण्डाबाली भाग: २ साल: २०१६ महिना: मंसिर अंक: १० फैसला मिति :२०१६/०७/०५ २१७८ निर्णय नं. ७० ने.का.प. २०१६ डिभिजन बेञ्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री मिनबहादुर थापा दे.अ.डी.नं. ५२ अपीलाट : अनहोजीलाल साह कलवार विरुद्ध विपक्षी : शेषसफी महमद मुद्दा : हुण्डाबाली १. बालीका झगडाको २० नं.–३ बर्षको म्याद नघाई कबुलियत बाहेक अरु कुनै कागज भाकापत्र समेत नभएमा–दावी लाग्न नसक्ने । खारेज हुने । ०८।०९ सालको बालीलाई ०१३ साल आषाढ ३२ गते मात्र ३ बर्षको म्याद नघाई दावी गरेको । ०७।२।३० को कबुलियत बाहेक अरु कुनै कागज भाखापत्र छ भन्ने र पेश हुन आएको समेत नदेखिनाले बालीका झगडाको २० नं. ऐनबमोजिम ३ बर्षको म्याद नघाई दावी गरेको वादी दावी उजुर खारेज हुने ठहराई सुरु क.बं.अमिनीको उल्टि गरी क.बं.अपीलले छिनेको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. ८) प्रतिवादी तर्फबाट : प्लीडर कृष्णप्रसाद उपाध्या अपीलाट, वादी तर्फबाट : पद्ममान श्रेष्ठ फैसला १. यसमा प्रतिवादीले मेरो नं. ६२९ को जग्गा विगाहा ४ मध्ये मौजे नरकटिया गुठी बिर्ताको जम्मा बिगाहा १ साल ०७ का बाली देखि ०९ सालका बाली तक साल १ को धान मन १५ र रबी चना मन २ का दरले बुझाउने गरी ०७ साल जेष्ठ ३० गते हुन्डा बालीको कबुलियत गरी दिएको । ०७ सालको बाली बुझाएको । ८।९ साल २ को नबुझाएकोले धान मन १ को कं.रु १२ र चना मन १ को कं.रु. १० का दरले हुने जम्मा कं.रु ४०० र फैसला भएका मिति तकको ऐनबमोजिम व्याज समेत भराई पाउँ भन्ने समेत ०१३।३।३२।१ को वादी अनहोजीको फिरादपत्र । २. ०७ सालका बाली बर्ष १ सम्मलाई भनी लिई कमाई सो सालको बाली बुझाईसकेको छु । ०८।०९ सालको कमाएकै छ । म लेख पढ गर्न नजान्ने मानिस हुँदा कबुलियतमा ०९ सालसम्मको भनी लेखेको रहेछ । कबुलियत चित्तल गरी देउ भन्दा नदिई आलटाल गरी झुट्टा नालिस गरेको हो भन्ने समेत प्र. शेषसफी महमदको प्रतिउत्तर । ३. प्रतिवादी कबुलियत गरेमा सावित भई ०८।०९ सालको बाली कमाएको छैन भन्ने जिकिर छ तापनि सो लिखत बदर बातिल गराउन नसकेकोले समेत वादी दावीबमोजिमको कं.रु. ४०० र आजको मिति तकको व्याज समेत गरी जम्मा कं.रु. ५८९।।। प्रतिवादीबाट वादीलाई भराई दिने ठहर्छ भन्ने समेत ०१३।११।२२ को क.बं अमिनीको फैसला । ४. सो कटरवन अमिनीको इन्साफमा चित्त बुझेन भन्ने समेत प्र. शेषसफी महमदको अपीलपत्र । ५. ०८।०९ सालको कबुलियतबमोजिम बाली दिलाई पाउँ भन्ने वादीको उजुर ०१३।३।३२।१ मा मात्र दायर गरेको । बालीको झगडाको २० नं. ले ३ बर्ष हदम्याद नाघी गरेको उजुर दायर रहन नसक्ने हुँदा शुरु अमिनीले गल्ती गरेको र वादी उजुर खारेज हुने ठहर्छ भन्ने समेत ०१४।३।५ को कटरबन अपीलको फैसला । ६. सो कटरबन अपीलको फैसलामा चित्त बुझेन भन्ने समेत वादी अनहोजीलालको अपीलपत्र । ७. लिखत गरेमा प्र. सावित । ३ बर्षलाई होइन भन्ने जिकिर छ तापनि सो लिखत चित्तल बदर गराउन र फिर्ता लिन समेत नसकेकोले इन्साफ सुरु क.बं.अमिनीको मनासिव देखि अपीलसँग राय नमिलेकोले छलफलमा प्रतिवादी झिकाई डिभिजन बेञ्चमा पेश गर्नु भन्ने समेत ०१६।५।११ को सिंगलबेञ्चको राय आदेश । ८. उक्त आदेशानुसार छलफलमा झिकाई आएको प्र. शेषसफी महमद र निज तर्फबाट रहेको विद्वान वकिल प्लीडर कृष्णप्रसाद उपाध्याय र अपीलाट, वादीकोबाट पद्ममान श्रेष्ठ समेत राखी दुवै थरको जिकिर वकिल बहस समेत सुनी प्रस्तुत मुद्दा बुझ्दा, ८।०९ सालको ०१३ साल आषाढ ३२ गते मात्र ३ बर्षको म्याद नघाई दावी गरेको ०७।२।३० को कबुलियत