निर्णय नं. ७३ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३ - लेनदेन भाग: २ साल: २०१६ महिना: मंसिर अंक: १० फैसला मिति :२०१५/१०/१९ २७३३ निर्णय नं. ७३ ने.का.प. २०१६ डिभिजन बेञ्च न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री हेरम्बराज डी.अ.नं. ४१ प्रतिवादी, अपीलाट : नररत्न रंजितकार विरुद्ध वादी, विपक्षी : मैनेजर टंकनाथ पाध्या मुद्दा : लेनदेन १. साहु आसामीको २० नम्बर–एक पटक बाँकी ठेगाना गरी तमसुक भएकोमा–हिसाब नमिलेको भए तमसुकको मितिले ६ महिना भित्र नालिस उजुर गर्नुपर्ने–सो म्याद पछिको उजुर खारेज हुने । यसमा ०५ साल भाद्र १ गतेदेखि कामबाट हटाई हरहिसावबाट देखिएको रुपैयाँको तमसुक भएको र त्यसमा मुद्दा परी तह तहबाट फैसला भईसकेको र यो फिराद ०८।३।२९।३ मा दायर भएको देखिएकोले समेत एक पटक बाँकी ठेगान गरी ०५।५।१ मा तमसुक भएको भए पछि सो हिसाब नमिलेको भए सो तमसुक भएका मिति ०५।५।१ का मितिले ६ महिना भित्र नालिस उजुर गर्नुपर्ने, नगरे उजुर लाग्न सक्दैन भन्ने समेत साहु आसामीका २० नं. ऐनमा प्रष्ट उल्लेख भएको देखिएकाले समेत वादीको म्याद भित्रको उजुर नदेखिएकाले यो उजुरबाट खारेज हुने ठहर्छ । (प्रकरण नं. ८) अपीलाट तर्फबाट : प्लीडर कुलराज फैसला (१) यसमा अन्यायवालालाई ९९ साल भाद्रदेखि धन्वन्तरी निकेतन लिमिटेड बिक्री बिभाग नयाँ सडक दुकानमा बिक्रीको काम गराई आएको । निजले महिना महिनामा दाखिल गर्नुपर्ने रुपैयाँ मासी दाखिल नगरेबाट मोरु.१३४७।६० रुपैयाँको घर बन्धकी कागज लेखाई लिएको कागज पास गरी नदिएबाट नालिस गरेकोमा पछि करकापसँग कागज गराएकोले हरहिसाब गरी पाउँ भनी निजले म समेतका नाउँमा नालिस गरेकोबाट बाँकी ५४७।९६ मात्र कायम गरी अरुमा लाग दावीको उजुर परेपछि तहकिकात गर्ने भनी फैसला भएको इन्साफ सदर भएकाले उस बखत हिसाबमा छुट भएको र घटी बढी भएमा समेत लिने दिने छु भनी बोलीको दोहरी समेत दिएको । उस बखत हिसाब गर्न छुट भएको र मास्केवारी जाँच्दा नपुग भएको औषधीको दर दाम छुटाएको समेत गरी रु.१७१०।४९ र ९९ साल भाद्र १६ गते देखि ०५ साल श्रावण मसान्त तकको हिसाब गराई नपुग रुपैयाँ समेत भराई पाउँ भन्ने समेत व्यहोराको ०८।३।१९।३ को फिरादपत्र । २. आधा लाभ हानीको भागी भई काम गर्ने साथी रामनन्द समेतले व्यहोर्नु पर्नेमा मेरो मात्र लिखत गराई लिएकाले सो मितिभन्दा अघिको हिसाब देखाई नालिस गरेकाले खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी । ३. यसमा बुझिएका प्रमाणबाट वादीका दावीबमोजिम प्रतिवादीले हिसाव र बिगो समेत तिर्नु बुझाउनु पर्ने समेत ठहर्छ भन्ने देवानी पहिलाबाट ०१०।११।१२।३ मा फैसला भएको रहेछ । ४. सुरुले मलाई दावीबमोजिम हिसाब र बिगो तिर्नु बुझाउनु पर्ने ठहराई फैसला गरेमा चित्त बुझेन भन्ने प्रतिवादीको अपील । ५. इन्साफ सुरु देवानी पहिला फाँटले ठहराई छिनेको मनासिव ठहर्छ भन्ने अपील पहिला फाँटबाट ०१३।८।२२।६ मा फैसला भएको रहेछ । ६. सुरु अदालतको इन्साफ सदर गरी अपील पहिलाले फैसला गरेमा चित्त बुझेन भन्ने प्रतिवादीको अपीलपत्र । ७. यसमा मोरु.१०९।९३ बाँकी हिसाब गरी पाउँ भन्ने साहु आसामीका २० नं. ऐनले म्याद नाघी सकेपछिको उजुर हुँदा खारेज हुनेमा इन्साफ गर्न सुरु अपीलको रायसँग सहमत नभएको र अरु सुरु अपीलले ठहराई छिनेको मनासिव हुँदा डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सिंगलबेञ्चबाट ०१५।४।१४।३ को आदेश रहेछ । ८. यसमा तारेखमा रहेका अपीलाट प्रतिवादी नररत्न र सिंगलबेञ्चका ०१५।२।२२।४ का आदेशबमोजिम झिकाएका वादी टंकनाथ उपाध्या औ प्रतिवादी अपीलाट तर्फबाट रहेको विद्वान प्लीडर कुलराजलाई समेत