निर्णय नं. ३६३ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६३ - अंश भाग: ९० साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/१०/१८ ४५३९ निर्णय नं. ३६३ ने.का.प. २०२४ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्रि क्षेत्री न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री कालीप्रसाद उपाध्याय २०१९ सालको दोश्रो डिभिजन दे.फु.न.२८२ निबेदक : जि. बहराइच वर्नपुर रेहवा बस्नेराजमाता वसन्त कुँवरवा विरुद्ध विपक्षी : ऐ. रेहवा कोठा बस्ने कुँवर इन्द्र प्रताप नारायण शिंको सकार गर्ने उमा सुन्दरी देवी मुद्दा : अंश (१) साविकको अंश बण्डाको ६१ नं.– लिखत र भोग नभएकोमा अघि बण्डा भइ बाँकी रहेकोमा जिउ जिउ सम्म मात्र उजुर लाग्ने । दाजु भाइको बण्डा भई बाँकी रहेकोमा दाजु सम्मको पालामा उजुर लाग्ने । दाजु परलोक भए पछिको उजुरी ऐनको म्याद नाघी भएको देखिने, खारेज हुने । तत्काल प्रचलित अंश बण्डाको ६१ नं. मा लिखत र भोग नभएकोमा अघि बण्डा भई बाँकी रहेकोमा बण्डा पाऊँ भन्न आएमा भिन्न हुनेको दुइ जिउ जिउ सम्म मात्र उजुर लाग्छ नत्र लाग्दैन भन्ने व्यवस्था भएको देखिन्छ । वादि दावीका मौजाहरु बण्डा हुन बाँकी रहेको भए दाजुराजा रुद्र प्रताप जिवीत छँदै उजुर गर्नु पर्नेमा निज दाजु परलोक भई सकेपछि मात्र यो उजुर गरेको देखिएकोले उक्त अंश बण्डा को ६१ नं को हदम्याद नाघी परेकोमा उजुरीबाट मुद्दा चल्न नसक्ने हुँदा खारेज हुने ठहर्छ । (प्रकरण नं.१७) निवेदक तर्फबाट : ए. कृष्णप्रसाद पन्त वादि तर्फबाट : ए. कृष्णप्रसाद घिमिरे फैसला १. मेरा बाबाराजा विजयबहादुर सिंहले आज्र्येको नेपाल तराई जिल्ला बर्दिया तप्पे रजहट मौजे देउघा कला १, मौजे भबानिपुर १, मौजे पडरिया १, मौजे सुर्कपुरा ।।, तप्पे फेना मौजे बनगाउँ १, समेत ४।। मौजा जिमिदार भई बाबाका नाउमा दर्ता रहेको वहाँको शेष पछि सगोलका दाजु रुद्र प्रताप नारायणका नाउमा दर्ता गरि हामि दाजु भाईले सगोलमा भोगचलन गरि आएका थियौं । दर्तावाला दाजुराजा रुद्र प्रताप १० साल भाद्रमा परलोक हुनुभएकाले मौजा दाखिल दर्ता गराउनलाई मलाई थाहा नदिई नाबालक भतिजा बिजय प्रतापले बर्दिया मालमा दरखास्त दिई कारवाई हुन लागेको थाहा पाई आधा मेरो नाउमा दर्ता दाखेल गरि पाउँ भनि दरखास्त दिई कारवाइ हुँदा मेरो सबुद लोप गराईराजा रुद्र प्रतापका जायजात तालुकदारिमा कुबर इन्द्र प्रतापको हक छैन भने भारतिय तर्फका कचहरिबाट फैसला भएको र कं.रु.५००००। इन्द्र प्रतापले रुद्र प्रतापबाट कर्जाको रुपमा मागेको चिठ्ठी लेखाईबाट सगोल हुन भन्ने पुष्टी नहुने भई आफ्नु हक भए अंश मुद्दा तर्फको हक बेहक न्याय बिभागबाट गराई ल्याएमा सो बमोजिम हुने भई लेखिएको मौजा विजय प्रतापका नाउँमा दर्ता बाहालि गरि दिने भनि बर्दिया मालले ०११।८।१३ मा फैसला गरेको । कर्जा मागेकोले अलग भन्ने हकलाईराजयबाट खर्च गर्न बजेट दरबन्दि पनि रहेको बजेटमा नलेखिएको कलममा आडर नलिई लिन नहुने रराजयको काम दाजुले र घर व्यवहार मैले गरेको हुँदा ट्याक्टर खरिद गर्न त्यस्तो चिठ्ठी लेखेको हो । दाजुुले लेखेको सगोल भन्ने चिठ्ठी पनि म सँग छ । फैसलाले अलग भन्ने हकलाई पनि आखिर न्यायाधीश फैजाबादबाट फैसला हुँदा सगोल देखिएको छ । अंश बण्डा लिइसकेको भए फोरिस्त बण्डा कागज समेत दाखिल हुनुपर्ने ।राजय छँदा गुजारी पाईरहेकोराजय छुटे पछि सो पनि छुट्यो । मेरो अंश दिन नपरोस भनि बखेडा गरेको र मालले प्रमाण दिएको फैसलामा अपिल परे नपरेको विचार नगरि बाहालि दिएको हुँदा यस नेपालराजयका मौजाहरुमा आधा आधा पंक्त