निर्णय नं. ८८२५ - ज्यान मार्ने उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८२५ - ज्यान मार्ने उद्योग भाग: ५४ साल: २०६९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६९/०३/१४ ४२४६ ने.का.प. २०६९, अङ्क ५ निर्णय नं.८८२५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती २०६६–CR–०२१३ फैसला मितिः २०६९।३।१४।५ मुद्दा : ज्यान मार्ने उद्योग । पुनरावेदक वादीः जगतबहादुर रावलको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला कालीकोट, मान्मा गाउँ विकास समिति वडा नं. ५ बस्ने सीता चौलागाई शुरु अदालतमा फैसला गर्नेः मा.न्या.श्री ठाकुरप्रसाद शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री केदारप्रसाद चालिसे मा.न्या.श्री टंकबहादुर मोक्तान · ज्यान मार्र्ने उद्योग मुद्दामा पीडितलाई पर्न गएको चोट र त्यसको असरलाई मात्र ज्यान मार्र्ने उद्योग गरेको हो होइन भनी ठहर गर्ने निर्णायक प्रमाण मानिदैन, ज्यान मर्नेसम्मको कार्य गरिसकेको हो होइन भन्ने कुरा महत्वपूर्ण हुन्छ । तथापि घाउको अवस्थाले सांघातिकताको वस्तुगत रुपमा मूल्याङ्कन गर्ने आधार हुने हुँदा त्यस्तो प्रमाणलाई अदालतले महत्वपूर्ण प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने । (प्रकरण नं.५) · तथ्य र प्रमाणहरूले पुष्टि नभएको, चिकित्सकले व्यक्त गरेको मनोगत रायलाई मात्र अकाट्य प्रमाण मानी पीडितको अवस्था गम्भीर र मर्नेसम्म थियो भनी निष्कर्षमा पुग्न नमिल्ने । (प्रकरण नं.७) पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता हरिप्रसाद रेग्मी प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः · नेकाप २०५१, साउन, नि.नं.४८९०, पृ.२२६ सम्बद्ध कानूनः · मुलुकी ऐन अ.वं. २०२ नं. · सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ नं. फैसला न्या.दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः– प्रतिवादी सीता चौलागाईले आफ्नो लोग्ने महेन्द्र चौलागाईलाई कर्तव्य ज्यान मुद्दामा पारेको रिसइवी लिई मिति २०६४।११।३ गतेका दिन बाटोमा गफ गरिरहेको अवस्थामा पछाडिबाट आई फलामको धारिलो दावले टाउकोमा प्रहार गरेकोमा मसँगै गफ गरिरहेका जगतबहादुर शाहीले प्रतिवादी सीता चौलागाईलाई समाती निजले अरु चोट हान्न नपाई बाँच्न सफल भएकोले प्रतिवादी सीता चौलागाईलाई मुलुकी ऐन ज्यान सम्बन्धीको महलअनुसार ज्यान मार्ने उद्योग गरेको कसूरमा कारवाही गरी सजाय गरिपाऊँ भन्ने समेत प्रहरी नायव निरीक्षक जगतबहादुर रावलको जाहेरी दरखास्त । पूर्व मान्माबाट जीरो प्वाईन्ट जाने बाटो, पश्चिम प्रतीमा चोक जाने बाटो, उत्तर प्रतिमल खत्रीको दुई तले घर र दक्षिण नरी शाहीको खाली जग्गा यति चार किल्लाभित्र प्रतिवादी सीता चौलागाईले प्र.ना.नि. जगतबहादुर रावललाई प्रहार गर्न प्रयोग गरेको १” लम्बाई २.७” देखि ७.५” चौडाई एवं १ के.जी. ८० ग्रामको पूरै फलामै फलामको धारिलो हतियार (दाउ) भूर्ईमा रहेको, जमीनमा ठाउँ ठाउँमा रगतका छिटा (थोपा) रहेको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । जाहेरवाला जगतबहादुर रावलको कारणले मेरो श्रीमान् महेन्द्रप्रसाद चौलागाई जेल गएकोमा छुटेका थिएनन् । प्रहरीले छुटाउने पहल गरी देलान् भनेको गरेनन् । श्रीमानलाई जेलमा हाल्ने मुख्य भूमिका जाहेरवालाले खेलेकोले २०६४।११।३ गतेका दिन बेलुका ६:०० बजेको समयमा आफ्नै होटलसँगै जोडिएको ध्रुवतारा होटलको साहुनीबाट धारिलो हतियार दाव मागेर ल्याई हमाल रेडियो पसल अगाडि उभिई गफ गरी रहेका जाहेरवा