निर्णय नं. ७४ - बाली बिगो
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४ - बाली बिगो भाग: २ साल: २०१६ महिना: मंसिर अंक: १० फैसला मिति :२०१६/०३/१९ २७३४ निर्णय नं. ७४ ने.का.प. २०१६ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री पशुपतिप्रसाद उपाध्याय दे.अ.डि.नं. ५ अपीलाट : त्रिलोचन विक्रम शाह समेत विरुद्ध विपक्षी : घानानन्द उपाध्याय समेत मुद्दा : बाली बिगो १. वादीका झगडाका २० नम्बर र डं.स.का ५३ नम्बर–झगडा परेको बखतको बालीमा मुद्दा छिनिएको १ बर्षभित्र बिगो भराउन नालिस दिनुपर्ने–सो म्याद पछि बिगो भराई पाउँ भनी नालिस गरेमा डं.स. ५३ नम्बरले खारेज हुने । वादीले अघि झगडा परेका बखतको बाली भनी दावी गरेको । सो अघिको मुद्दा प्र.न्या. तेश्रा फाँटबाट ०६।७।२५ गते अन्तिम फैसला भएको । बालीका झगडाका २० नं. अनुसार झगडा परेको बालीमा मुद्दा छिनिएको १ बर्ष भित्र यो नालिस परेको नदेखी ०७।८।२९ मा बर्ष दिनको म्याद नघाई उजुर परेको देखिनाले सो बाली बिगो भराउन नमिली नलाग्ने उजुर लिई कारवाई गरेको डं.स. ५३ नं. बमोजिम खारेज हुनेठहर्छ । (प्रकरण नं. १०) फैसला १. यसमा टोपराजको हक जग्गा मोरु २९९९ मा ९७।२।२७ मा फार्छ्या लिएको प्र. घानानन्द समेतसँग खिचोला गरेमा मुद्दा परी आखिर टुंगो ०६।७।२५ मा प्र.न्या. बाट फैसला भए तापनि इन्साफ दोहर्याउने झगडीयाको बिन्तिपत्र परी ०७ साल आषाढ ६ गते मात्र मिसिल जिल्लामा आएकोले मुद्दा परेकै साल २००० देखि २००६ तक बर्ष ७ को साल १ को धान मुरी ३२ ले मुरी ११२ को रु.१। को माना ।५ भाउले मोरु ३५८४ प्रतिवादी घानानन्द दामोदरबाट दिलाई भराई पाउँ भन्ने समेत ०७।८।२९ को त्रिलोचन विक्रम शाहको फिरादपत्र । २. सो जग्गामा साल १ को धान मुरी १६ मात्र उब्जाउ हुने । मुद्दा परे पनि वादी तर्फबाट कारिन्दा आई लाने गरेकोले बाँकी छैन । ०६।७।२५ गते आखिर टुंगो लागि फैसला भएको । म्याद नाघेकोले समेत खारेज हुनु पर्ने भन्ने समेत प्र. घानानन्द दामोदरहरूको प्रतिवादी । ३. अघिको मुद्दाबाट सो जग्गामा १६ मुरी मात्र उब्जाउ हुने देखिएकोले आधी मोरु १७९२ प्रतिवादीबाट भराई दिने ठहर्छ भन्ने समेत ०९।१०।२२ को पाल्पा अदालतको फैसला । ४. सो पाल्पा अदालतले गरेको फैसलामा चित्त बुझेन भन्ने समेत प्र. घानानन्द समेतको अपीलपत्र । ५. ०६।७।२५ गते आखिर फैसला भएको । ०७।८।२९ गते बालीका झगडाको २० नं. बमोजिम १ बर्ष म्याद नाघी नालिस परेकोले ०७।१२।१९ का बिन्तिपत्रबाट दोहरिने भई हेरिंदा ०९।४।१३ गते दोहरिन नसक्ने ठहरी खारेज भएकोले मुद्दामा इन्साफको आखिरी टुंगो लागि फैसला भएको । उही ०६।७।२५ गते नै कायम हुँदा ०४ सम्मको बालीको दावा खारेज हुने । ०५।०६ साल बर्ष २ को ३ बर्ष भित्रकै उजुरी हुँदा ऐजन २० नं. ले भरी पाउनेमा हाल सरजमिन बुझी आएका दर भाउले बिगो रु.२८८। भरी पाउने ठहर्छ भन्ने समेत ०१२।३।१७ को पाल्पा अपीलको फैसला । ६. सो पाल्पा अपीलको इन्साफमा चित्त बुझेन भन्ने समेत वादी त्रिलोचन विक्रम मरी मुद्दा सकार गर्ने नारायण विक्रम शाहको अपील । ७. ०४ सालको बाली दावी गर्न ०५ साल बैशाख १ गतेदेखि मात्र म्याद सुरु हुने हुँदा ०७ साल मार्ग २९ गतेको फिरादले बालीका झगडाको २० नं. ले सो ०४ सालको समेत बालीमा ३ बर्ष भित्रै उजुर परेको भन्नु परी ०५।०६ सालकोमात्र भराउने गरेकोमा राय नमिलेकोले नियमबमोजिम झगडीया प्रतिवादी झिकाई डिभिजन बेञ्चमा पेस गर्नु भन्ने समेत ०१५।२।६ को सिंगलबेञ्चको राय आदेश । ८. ०६।७।२५ गते फैसला भएको बर्ष दिन नघाई ०७।८।२९ गते फिराद परेको । ०७।१२।२९ को दोहोर्याई पाउँ भन्ने निवेदन