निर्णय नं. ३६४ - उत्प्रेषणको आदेश जारी गरि पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६४ - उत्प्रेषणको आदेश जारी गरि पाउँ भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/१२/२९ २२९५ निर्णय नं. ३६४ ने.का.प. २०२४ डिभिजन बेन्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री बाहशुदेव शर्मा सम्बत् २०१३ सालको रिट नम्बर २४० निवेदक : नेपालगञ्ज टोल बस्ने बुद्धिमान श्रेष्ठ १ विरूद्ध विपक्षी : भूमि सुधार विशेष अदालत बर्दिया १ विषय : उत्प्रेषणको आदेश जारी गरि पाउँ । (१) निवेदन लेखाइमा भएको फैसला आदेश बदर गरि पाउँ भन्ने भएमा र मिसिल समेतबाट कुनै फैसला आदेश भए गरेको नदेखिए निवेदनबाट कारबाइ गर्नु नपर्ने । निबेदकको निबेदमा लेखिए अनुसार यस विषयमा कुनै फैसला भएको भु.सु विशेष अदालत बर्दियाको ०२३।४।३।२ को र ०२३।९।१३ को पत्रहरुबाट देखिन नआइ वा.समेतको कनैयालाल चौधरी र लालबहादुर चौधरी समेतको उजुरी निवेदन हुलाकद्वारा यस अदालतमा आइ ०२२।५।३१ गते दर्ता भएको यसै विषय ०२२।२।२२ गतेमा नै बुद्धिमान श्रेष्ठ समेत प्रतिवादिहरु उपर लालबहादुर चौधरी समेतको उजुरी जि.भ.सु.अफिस बर्दियामा परी कारबाइ भईरहेको कुरा जि.भु.सु.अफिस बर्दियाको च.नं.२१०१ मिति ०२३।१।१४ को पत्र समेतबाट अवगत हुन आइ अ.वं. ८९ नं. बमोजिम अघि जि.भु.सु.अ.मा परी रहेको उजुरीबाटै कारवाई गर्नु पर्ने देखिंदा यस अदालतमा परेको उक्त उजुरी वातिल भई तामेलीमा रहेको देखिन्छ भन्ने लेखाइ देखिन आएकोबाट निवेदकको लेख बमोजिम भु.विशेष अदालत वर्दियाले कुनै फैसला गरेको नदेखिनाले निवेदकको निवेदनबाट केही कारवाइ गर्नु नपर्ने । (प्रकरण नं.४) निवेदक तर्फबाट : प्लिडर ठाकुरप्रसाद खरेल । आदेश १. नेपालगञ्ज बजार ईश्वरी निवास बस्ने हरिबन्सप्रसाद उपाध्यायले मलाई जि. बर्दिया तप्पे मलवारा ३३५ नं.मौजे बगेदहाको १६ आना पंक्ति जिमिदारी मा न.नं.१२.२२.३२ को शिरजग्गा विगहा १८।।४ जग्गा ०२०।।१२।२९ गते घरसारमा र ०२१।३।३२ गते रजिष्ट्रेशन पास गरि हालै देखिको बकसपत्र गरिदिएकोले मालबाट बाहाली चलन समेत पाइ भोग चलन गरि आएकोमा भूमि सम्बन्धी ऐन लागू भएपछि दिनु पर्ने जग्गाको लगत र बुझाउनु पर्ने बचत समेत बुझाई आएकोमा तपाँई समेतका नाउमा जिं.हरिबन्सले जग्गा राखि भोगे भन्ने समेत वा.समेत कनैयालालले उजुर गरेको भनि उक्त वि.अ.बाट मेरा नाउमा ७ दिने म्याद भई ०२२।८।१ गते बुझि लिई म्यादै भित्र वि.राम विलासलाई बारेस गरि पठाएको थिएँ, म्यादमा नै वारेस लाग्ने जनाएको र अ.वं ५ नं. ले समेत बारेस लाग्नेमा इन्कार गरि दरपिठ समेत नगरि बारेसनामा नै नलिई दिएको बारेसले उक्त कुरा बताएको हुँदा सम्पूर्ण कुरा खुलाई बारेसनामा समेत साथै राखि ०२२।।१० मा श्री ५ महाराजाधिराजका हजुरमा र साथै वहाँमा समेत हु.द्वारा रजिष्टरी गरि निवेदन चढाएको थिएँ । निकासा के भई आउँछ भनि बराबर विपक्षी कहाँ बुझ्न जाँदा समेत वास्तै रखेनन । सो निवेदनमा रुल नियम बमोजिम आवश्यकिय निकासा दिई जनाउ दिनु भन्ने भुमि सुधार मन्त्रालयलाई प्रमाङगी बक्स भई सो निवेदन विपक्षी कहाँ नै गएको हुन पर्छ । मैले जनाउ र यो प्रमाङगीले काम हुन सक्दैन भनि कुनै कुरा नभनि अ.वं ६७ नं.बर्खिलाप कार्य गरि नेपाल विशेष अदालत ऐन, ०१३ को दफा ४ ले थाम्न पाउँने कानूनी सुविधा सम्म पनि नदिई एकतर्फि गरि जग्गा जफत भयो भनि नक्कल समेत नदिई मौखिक जवाफ दिएको हुनाले भुमि सम्बन्धी ऐन को परिच्छेद ३।४।५।६।९ सम्वत ०२१।८।१ गते देखि लागू भएको भएपनि मैले उपरोक्त मिति मै सेवा गरेको बकस पाइ पास गराई लिई मेरो हक भएको जग्गा अ वं ६७ नं. बमोजिम कुनै रित नपुर्‍याई सो ऐन र अ.वं १३८ नं.