निर्णय नं. ७६ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६ - जालसाजी भाग: २ साल: २०१६ महिना: पौस अंक: ११ फैसला मिति :२०१५/०५/११ २७६५ निर्णय नं. ७६ ने.का.प. २०१६ डिभजनबेञ्च न्यायाधीश श्री मिनबहादुर थापा क्षेत्री न्यायाधीश श्री पशुपतिप्रसाद उपाध्याय ड.अ.नं. १६३ अपीलाट, वादी : विष्णु केशरी महर्जन्नी विरुद्ध विपक्षी, प्रतिवादी : मि.सु. नारायणभक्त श्रेष्ठ समेत मुद्दा : जालसाजी (१) जालसाजी बकसपत्र लिए दिएको बदर गरी पाउँ भन्ने दावीको हक म्याद कायम गर्दा–दान दातव्यका ऐनको महल मुताविकको हदम्याद मुताविक म्याद कायम गर्नुपर्ने । जालसाजीमा उजुर गर्ने हदम्याद किर्ते कागजको २१ नं. मा नखुलेकोले अं.बं. ६० नं. बमोजिम जहिले पनि नालेस लाग्ने भनी सिंगलबेञ्चबाट राय भई पेश हुना आएकोमा वादीको शुरु उजुरी निवेदनमा जालसाजी बकसपत्र लिए दिएको बदर गरी पाउँ भन्ने दावी लेखएकोबाट दान दातव्य गरेको कुरामा उजुर गर्दा दान दातव्यका ऐनको महलमा लेखिएको हदम्याद भित्रै उजुर गर्नुपर्ने । (प्रकरण नं. ५) (२) बकसपत्रको कुरा वादीलाई पहिले नै थाहा थियो भन्ने सबूद प्रतेवादीले नै गुजार्नु पर्ने । मानाचामल भराउने डोर जाँदा मात्र बकसपत्रको कुरा थाहा पाएको भनी यो उजुर परेको त्यस अघि वादीले थाहा पाएको प्रमाण प्रतिवादीले केही दिन नसकेको । (प्रकरण नं. ५) (३) दान दातव्यको १५ नम्बर–हक पुगी भोग चलन गरेको २ बर्ष भित्र नालिस गर्नुपर्ने । (प्रकरण नं. ५) (४) वादीले एका सगोलमै रहेको भनी उजुर गरेकोमा छुट्टीएको भन्ने सबुद प्रतिवादीले नै गुजार्नु पर्ने । सो बकसपत्र पाउने राजमायाँ समेत सवै प्रतिवादी एका सगोलमा भनी वादीले उजुरी बयान दिएकोमा ऐनबमोजिम रीतपूर्वक बन्दा भई छुट्टिएको भन्न प्रमाण दिन प्रतिवादीले नसकेको। (प्रकरण नं. ५) (५) बकसपत्रको नाताले पाएको जेथा–एक लौटी भोग नगरी दाता सँगै सगोलमा भोग गरेको देखिएमा–र पाउनेले भोग चलन गरेको जानी थाहाँ पाई २ बर्ष नाघे पछि उजुर गरेको भन्ने मिसिलबाट नदेखिएमा–हद नाघेको भन्न नहुने । बकसपत्रका नाताबाट पाउनेले मात्र एकलौटी भोग गरेको नभई साबिक देखिन जुन किसिमबाट भोग थियो उसै गरी एकाघर सगोलमा बसी बक्स दिने दाता प्रतिवादीले पनि भोग गरी रहेकै भए पछि पाउनेले भोग चलन गरेको जानी थाहा पाई २ बर्ष नाघेपछि उजुर गरेको भन्ने मिसिलबाट नदेखिएको हुँदा हद नाघेको उजुर खारेज गर्ने भनी शुरु र अपीलले गल्ती इन्साफ गरेको ठहर्छ । (प्रकरण नं. ५) वादी तर्फबाट : वकिल नारायणप्रसाद श्रेष्ठ प्रतिवादी तर्फबाट : वकिल पुरेन्द्रकुमार मैनाली फैसला १. यसमा प्र. श्यामभक्तले मलाई ०६ साल देखि स्वास्नी तुल्याई ०९।२।८ गते छोरा जन्मेपछि खान लाउन नदिएबाट मानाचामल भराई पाउँ भनी नालिस गरेमा मानाचामल वापत मोरु ७४६।९८ पाउने ठहरी ११।३।२३ गते देवानीबाट फैसला भएपछि बिगो फाँटमा दर्खास्त दिई बिगो फाँटबाट डोर खटी गई तायदाति माग्दा श्यामभक्तको अंश समेत सासु रत्नमायाले बुहारी राजमायालाई ६।८।२३।५ मा बकसपत्र गरी पास भएको कागज देखाएपछि डोर फर्की गएबाट मैले थाहा पाएकोले मेरो र छोराको समेत अंश मार्नाको निमित्त जालसाजी गरी आफ्नो अंश समेत दिएकोमा मञ्जुर भएबाट पुरा जालसाजी गरेको देखिएकोले सो बकसपत्र बदर गरी लोग्नेको अंश छुट्याई मानाचामल समेत भराई पाउँ भन्ने विष्णुकेशरीको वादी । २. जालसाजी गर्नुपर्ने कारण केही नहुँदा जालसाजी गरेको होइन । आमाको आर्जन आमाले जो जसलाई दिएपनि ऐनले सदर हुने भन्ने मि.सु.नारायणभक्त रिझ वापत का.ई. बागबजारको घर जग्गा समेत देवर श्यामभक्तलाई पनि साक्षी राखी सासुले