निर्णय नं. ३६५ - उत्प्रेषणको आदेश जारी गरि पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६५ - उत्प्रेषणको आदेश जारी गरि पाउँ । भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०१/१९ ३३९२ निर्णय नं. ३६५ ने.का.प. २०२४ फुल बेन्च का.मु.प्र.न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री न्यायाधीश श्री मिनबहादुर थापा न्यायाधीश श्री प्रकाशबहादुर के.शि. २०२३ साल को रि.फु.नं.– ५ निवेदक : अं.नारायणी जि.वारा प्र.टेक्नी मौजे नगोल जितपुर बस्ने राम सकल सिंराजपूत १, ऐ बस्ने सत्यवर्त सिंहराजपुत १, राम वर्तसिंहराजपूत १ समेत विरूद्ध विपक्षी : जिल्ला भूमि सुधार अधिकारी कलैया वारा विषय : उत्प्रेषणको आदेश जारी गरि पाउँ । (१) भूमि सम्बन्धी नियमावलीमा हदवन्दी भन्दा घटि जग्गा हुने जग्गावालाको सम्बन्धमा अधिकारी र कार्यविधि नतोकिएको भूमि सम्बन्धी ऐन, २०२१ को दफा १४ (१) ले दफा १३ लाई अंगालेको । दफा १३ मा सबै जग्गावालाहरुको हकमा फांटवारी दाखेल गर्ने गराउने ब्यवस्था भएको– अधिकतम हद भन्दा बढि जग्गाको हकमा मात्र दफा १४ लागू भएमा दफा १८ को कसुर गरे भएकोमा हद भन्दा बढि जग्गावालालाई उक्त दफा पूर्व दफा १४ २. र (३) को सुविधा पाउँने र घटि जग्गावालाले उक्त दफाको सुविधा नपाउँने हुने । सबै जग्गाबालामा एकरुपता नआउँने । कानूनको मनसाय समान सुविधा पाउँने हुँदा घटी जग्गा हुने जग्गावालाको हकमा पनि ऐनको दफा १४ (१) बमोजिम फाँटवारी तयार गरि प्रकाशित गर्नु पर्ने । अधिकतम हद भन्दा बढि जग्गा हुने जग्गावालाको सम्बन्धमा सम्म अधिकारी र कार्याविधि तोकि दिएको र हद बन्दी भन्दा घटि जग्गा हुने जग्गावालाको सम्बन्धमा नियममा अधिकारी र कार्यविधि नतोकिएको भए पनि वास्तवमा ऐनको उक्त दफा १४ (१) मा दफा १३ बमोजिम दाखेल हुन आएको फाँटवारी र तत्ससम्बन्धमा अन्य सुत्रबाट प्राप्त भएको सूचनाको आधारमा भन्ने समेत उल्लेख भएको र मुख्यतः सो दफा १३ मा सबै जग्गावालाहरुको हकमा फाँटवारी दाखेल गर्ने गराउने प्रष्टै व्यवस्था भएको समेत देखिन्छ । अतः अधिकतम हद भन्दा बढि जग्गाको हकमा मात्र दफा १४ लागू हुने भएमा दण्ड सजाय सम्बन्धी उक्त ऐनको दफा १८ मा उल्लेख भए बमोजिम कसुर भए गरेकोमा अधिकतम हद भन्दा बढि जग्गा हुने जग्गावालाको हकमा भने उक्त दफा १८ प्रयोग हुनु भन्दा अगाडि दफा १४ को उप–दफा २. र (३) बमोजिमको सुविधा पाउँन सक्ने र हद बन्दि भन्दा घटि जग्गा हुने जग्गावालाको हकमा भने उक्त उपदफाहरुको सुविधै नपाई ठाडै उक्त दफा १८ प्रयोग हुन जाने अवस्था पर्न आउँने भई कानूनी हकको प्रचलनमा सबै किसिमका जग्गावालाको हकमा एक रुपता नआउने समेत हुँदा हद बन्दि भन्दा घटि जग्गा हुने जग्गावालाको हकमा उक्त ऐनको दफा १४ को उप–दफा (१) बमोजिम फाँटवारी तयार गरि प्रकाशित गर्नु नपर्ने भन्ने र उप–दफा २. र (३) बमोजिमको सुविधा नपाउँने भन्ने समेत उक्त ऐनको मनसाय देखिन आउँदैन । (प्रकरण नं.८) (२) भूमि सम्बन्धी ऐन, २०२१ को दफा १८ (१) मा उल्लिखित सम्बन्धीत जग्गा जफत हुने छ भन्ने वाक्यांशले जनाउने अर्थ अधिकतम हद बन्दि भन्दा बढि जग्गालाई नै सम्बन्धी मान्नु पर्ने र त्यति सम्म जफत हुने । ऐनको दफा ७ को उप–दफा (१) बमोजिम २५ बिगाहा र उप–दफा २. बमोजिम घरबारीको लागी ३ बिगाहा समेत जम्मा २८ बिगाहाका दरले राख्न पाउँने हद बन्दी तोकिएको समेत हुनाले निवेदकहरुको जग्गा जग्गा बिगाहा ५८द्र३।। मा १ परिबारको बिगाहा २८ का दरले १ परिवारको राख्न पाउँने विगाहा ५६ कटाउँदा अधिकतम हद भन्दा बढि बिगाहा २द्र३।। मात्र हुन आउँछ । ऐनले २ परिवार मात्र मानिनेमा ३ परिवार देखाई बढि जग्गा हासिल गर्ने उद्देश्यले राम