निर्णय नं. ७७ - जग्गा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७ - जग्गा भाग: २ साल: २०१६ महिना: पौस अंक: ११ फैसला मिति :२०१६/०४/२० २२८२ निर्णय नं. ७७ ने.का.प. २०१६ डिभिजन बेञ्च न्यायाधीश श्री रङ्गनाथ उप्रेती न्यायाधीश श्री मीनबहादुर थापा डी.ठा.१० निवेदक : प्र. रत्न शाही समेत विरुद्ध विपक्षी : वा. धनशुर शाही मुद्दा : जग्गा १. म नै हकवाला भनी दावी गरेको जग्गामा–दावी गर्नेले आफ्नु भोग चलन तिरोको प्रमाण गुजार्नु पर्ने । सो प्रमाण गुजार्न नसके उजुर खारेज हुने । २००५ साल देखि जग्गा भोग तिरो गरेको छु । तिरो बुझाएको अर्धकट्टी स्वास्नीले राखेकी छ भनी फिरादपत्रमा लेखिएकोमा पेश गर्न नसकी ०१३।०१४ सालको टिप्पन भर्पाई वादीले पेश गरेको दर्तावाला गंगाबाटै बण्डा भई केही जग्गा ९६ साल जाँचमा प्रतिवादी जयबहादुर शाहीको बाबु सारीभम शाहीको नाउँमा दर्ता भईरहेको मोठ उतारबाट देखिएको र २००५।०६।०७ सालमा सोही गंगा दर्ताको जग्गाको प्रतिवादी जयबहादुरले तिरो गरेको अर्धकट्टी रसिद पेश गरेकोबाट वादीको भोग तिरो कायम नहुने भई वादीको उजुर खारेज गरी शुरु जुम्ला अदालतले २०१५ साल जेष्ठ १२ गतेमा छिनेको इन्साफ मनासिव छ । सल्यान अपील र सर्वोच्च अदालत सिंगलबेञ्चको २०१५ साल फाल्गुण १६ गतेको फैसला बदर हुने ठहर्छ । (प्रकरण नं. ८) फैसला १. हरि शाहीका जेठाछोरा अम्वर सिंह माइला बौदाल कान्छा चमार सिंह हुन । निजहरू छुट्टी भिन्न भई अम्वर सिंह दर्ता खेत ।२०।१५ बण्डा गरी खाएका चमार सिंह मर्दा सारीभम र अम्वर सिंह मर्दा गंगा शाही भर्ना भएको गंगा शाही ०५ सालमा बिदेश गएको बिदेशमा नै छ निजको अरु जग्गा अन्यायवालाहरूले खाएका छन बौदालको अंश भागको जग्गा मैले भोग गरी आएकोकित्ता कित्ताको खेत मुरी ६ र पाखो समेतमा अन्यायवालाहरूले विज सारी खिचोला गरेमा जग्गा मेरो कायम गरी निज अन्यायवालाहरूलाई सजाय गरी पाउँ भन्ने वादी । २. अम्वरसिंह बौदाल चन्द्रवीर समेतका पूर्खा पाथु शाही हुन निज अम्बर सिंह दर्ताका साविक खेत मुरी ।२०।१० बिरौटा मुरी ।८ समेत जम्मा ।२८।१० र निजकै नाउँको दर्ताको घर धुरी पाखो जग्गा समेत निजहरू भिन्न भई खाएको निज ३ जना नै निसन्तान हुँदा अम्वर सिं दर्ताको आधा खेत मुरी ।१४।५ अम्बर सिंको र चन्द्रवीरको समेत भोग चलन गरी आएको छु वादी हकवाला होइन भन्ने प्रतिवादी । ३. बौदाल शाहीको अपुताली जग्गामा हक हुने गंगा बिदेशमा छ भन्ने कुरामा वादी प्रतिवादी दुवै थरको लेखाई मिलेको र वादी हकवाला भएको र वादीको नाउँमा जग्गा दर्ता भएकै नदेखिएकोले उजुरी खारेज हुने ठहर्छ भन्ने जुम्ला अदालतको फैसला । ४. सुरु अदालतको इन्साफमा चित्त बुझेन भन्ने वादीको अपील परी गंगा शाही दर्ताको जग्गामा वादी प्रतिवादी दुवै थरले मेरो भनेको गंगा शाही दर्तामा दुवै थर सावित भएको गंगा आई हक दावी गरेमा उसै बखत ठहरेबमोजिम हुने हुँदा वादीले गंगा शाही दर्ता जग्गा ०५ साल देखि भोग गरेको त्यसमा प्रतिवादीको हक लाग्ने भए जग्गा पजनीको ३४ र जग्गा मिच्नेका २१ नं. का म्यादभित्र कसै उपर पनि उजुर वाजुर नपरेकोले वादी दावीबमोजिम जग्गा खिचोला गरेकै ठहर्छ भनी सुरुको इन्साफ उल्टि गरेको सल्यान अपीलको फैसला । ५. सल्यान अपीलको इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी जयबहादुर समेतको अपील परी इन्साफ सल्यान अपीलको मनासिव ठहर्याएको सर्वोच्च अदालत पश्चिम दौडाहा सिंगलबेञ्चको फैसला । ६. सिंगलबेञ्चको फैसलामा चित्त बुझेन रिभ्यू गराई पाउँ भन्ने प्र. जयबहादुर समेतको निवेदन परी निवेदक जयबहादुर शाहीले अम्बर सिं मर्दा नाती गंगा शाही दर्ताको ०५।०६।०७ सालको