निर्णय नं. ३६६ - बन्दी प्रत्यक्षिकरणको आदेश जारी गरि पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६६ - बन्दी प्रत्यक्षिकरणको आदेश जारी गरि पाउँ भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०१/३१ २७८१ निर्णय नं. ३६६ ने.का.प. २०२४ डिभिजन बेञ्च न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री कालीप्रसाद उपाध्याय सम्वत् २०२४ सालको रिट नम्बर ४६४ निवेदक : का.इ मैतीदेवी घर भई हाल काठमाडौं डि.एस.पि.अफिस थुनामा रहेको शंकरनाथ घिमिरेको हकमा सहोदर भाइ का.इ.मैतीदेवी बस्ने मधुप्रसाद घिमिरे १ विरुद्ध विपक्षी : वाग्मती अञ्चलाधीश अफिसका अन्चलाधीश श्री तेजबहादुर पर्साइ, काठमाडौं बिकास जिल्ला डि.एस.पि.समेत विषय : बन्दी प्रत्यक्षिकरणको आदेश जारी गरि पाउँ । (१) अधिकार प्राप्तको आदेशद्वारा पुर्पक्षको लागि ऐनले दिएको अख्तियारी बमोजिम थुनुवामा राखे भएकोमा बन्दी प्रत्यक्षिकरणको रिट लाग्न नसक्ने । नेपाल विशेष अदालत ऐन, २०१३ को दफा २ बमोजिम कुनै विशेष अदालत गठन भएमा उक्त ऐनको दफा ६ को १ को (ङ) ले सो ऐन बमोजिम सौंपिएको मुद्दामा अभियुक्तलाई थुनामा राख्नुपर्ने लागेमा थुनामा राखि मुद्दा मामिलाको कारवाई गर्ने अधिकार विशेष अदालतलाई प्रदान गरेको देखिन्छ । उक्त ऐनको अनुकुल नभई अन्यथा केहि हुन गएको छ भनि विशेष अदालतलाई विपक्षी बनाइ निवेदक यस्मा आएको पनि छैन । अतः विपक्षीको जवाफबाट निवेदक उपर मुद्दा चली विशेष अदालतको आदेश बमोजिम पुर्पक्षको लागि हाल निवेदक थुनामा रहेको भन्ने कुरा देखिएबाट बन्दी प्रत्यक्षिकरणको आदेश जारी गरि थुनाबाट मुक्त गरि पाउँ भन्ने निवेदन जिकिर मनासिब नदेखिएकोले यो रिटको निवेदन खारेज हुने ठहर्छ । (प्रकरण नं.१२) निवेदक : तर्फबाट अधिवक्ता कुशुम श्रेष्ठ, कृष्णप्रसाद पन्त, मधुप्रसाद शर्मा, कृष्णप्रसाद घिमिरे, गणेशराज शर्मा, लक्ष्मणप्रसाद, मुकुन्द रेग्मी, गंगाप्रसाद र प्लिडर सुधा नाथ । विपक्षी तर्फबाट : महान्यायाधीवक्ता श्री शम्भुप्रसाद ज्ञवाली आदेश १. तारेखमा रहेका मधुप्रसाद घिमिरे रोहवरमा रही ०२४ साल वैशाख २४ र २५ गते पेश भई आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत केशमा नेपालको संविधानको धारा ७१ अन्तरगत वन्दी प्रत्यक्षिकरणको रिटको माग गरि शंकरनाथ घिमिरेको हकमा मधुप्रसादले दिएको निवेदनमा निवेदकको मुख्य भनाई यस प्रकार रहेछ । २. दाजु शंकरनाथ नेपालको नागरिकको हैसियतले स्नातक क्षेत्रबाट राष्ट्रिय पंचायतको निर्वाचनमा यथावत उम्मेद्वार भई स्नातक वर्गहरुको विश्वास तथा वहुमुल्य मत प्राप्त गरि राष्ट्रिय पंचायतमा स्नातकहरुको निर्वाचीत प्रतिनिधी सदश्य हुनको लागी चुनाव प्रचारकार्यमा लाग्नु भएको थियो र वहाँकोराजनैतिक जिवन तथा चुनाव प्रचारको कारणबाट वहाँको विजय निश्चित थियो । बैसाख १९ गते राती करिव ९ बजेको टायममा नयाँ सडकमा बारेन्ट वा पुर्जि केहि नदेखाई अञ्चाधीशको अडर अनुसार पक्रिएको भनी दाजुलाई जवरजस्ती समाती डि.एस.पी. अफिसमा बन्दी गराइएको छ । भेटघाट गर्न नदिएको हुँदा खाना पिना दिइ वा नदिई थुनुवा पूर्जि दिई वा नदिई के कुन कारणबाट थुनुवामा राखेको छ भन्ने ज्ञात गर्न सकिंन । कानूनको रित तथा व्यवस्थाको पालन नगरि विपक्षीहरुले दाज्यूको व्ययक्तिक स्वतन्त्रता अपहरण गरिदिएको छ । बिपक्षीहरुले दुरासय भावना (मालाफाइड इन्टेन्सन) द्वारा प्रभावित भई दाजुलाई गिरफ्तार गरिएको छ । प्रजातान्त्रिक संस्था सम्बन्धि विचारहरु बिपक्षीहरुले मन नपराएता पनि स्नातकहरुमा वहाँको विचारधाराले घर जमाएको थियो तथा व्यापक स्वागत प्राप्त गरेको हुनाले दाजुको बिजय निश्चित भएको हुँदा कुनै प्रकारबाट दाजुलाई थुनाम