निर्णय नं. ८० - हाडनाता करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८० - हाडनाता करणी भाग: २ साल: २०१६ महिना: पौस अंक: ११ फैसला मिति :२०१५/१०/१३ २८३० निर्णय नं. ८० ने.का.प. २०१६ डिभिजन बेञ्च न्यायाधीश श्री मिनबहादुर थापा न्यायाधीश श्री हेरम्बराज फो.अ.नं. १६९ अपलाट, प्रतिवादी : नारायण कार्की विरुद्ध विपक्षी : देवीबहादुर कार्की मुद्दा : हाडनाता करणी १. असुम व्यक्तिले सिकायबाट नै पोलेको हुँ भनी पुलिस र फौजदारीमा समेत बयान गरेमा सो को सबुद भन्नेले नै गुजार्नु पर्ने–सो को सबुद गुजार्न नसके मान्न नहुने–र पोलाहाका ५ नं. बमोजिम दण्डसजाय हुने । देवीबहादुरले सिकाएबाट गाउँ घरमा नारायण कार्कीलाई पोलेको भनी मैयाले पुलिसमा र फौजदारीमा बयान गरेको सो बमोजिम सिकायको भन्ने सबूद केही दिन नसकेकीले सबूद बेगर देवीबहादुरले सिकायको भन्न नभई नारायण उपर गाउँघरमा झुठ्ठा पोलेमा मैयालाई पोलाहाका ५ नं. ले लाग्ने कैद मैना ।११। (प्रकरण नं. ९) २. दण्डसजायको २३ नं.–खत नखापिने । झुट्टा पोलेमा मैयाँलई पोलाहाको ५ नं. ले लाग्ने कैद महिना ।११ भन्दा करणी दिएतर्फ दण्डसजायको ७९ नं. ले कैद बर्ष २ बढी हुने भई ठूलो खतको सजाय भुक्तान गरी छुटिसकेकीले दण्डसजायको २३ नं. ले खत नखापिने भई लिन नपर्ने । (प्रकरण नं. ९) फैसला १. कान्छा बाबुको छोरा भाई हरि कार्की आछामतर्फ गएको ३ बर्ष भयो म पनि मोतिहारीतर्फ गएको दशैं जमरा राख्ने दिन घर आउँदा बुहारी मैयाले पेट बोकेको देखि मार्ग १ गतेका दिन सोधपुछ गर्दा नारायणसँग करणी लिनु दिनु भई गर्भ रहेको भनेकीले नारायण समेत दुवैलाई पक्राउ गरी किर्तिपुर खासी बजारमा आई हात हालाहाल हुँदा पुलिसले पक्री ल्याएको भन्ने समेत पुलिसमा मौका कागज र गाउँमा बुझ्दा नारायणसँग करणीमा बिक्री स्यूदेनीमा लुकाउन लागेको शंका लाग्छ भनी टुपा बस्ने दिलबहादुर, नरबहादुर समेतले भनेकाले निजहरू समेत साथ लिई बुझ्न जाँदा सो गाउँको नाउँ नजानेको खत्रीको घरमा फेला पारी ल्याई खारखेर गर्दा नारायणले लुकाउन लगेको हो । ११।१०।९ देखि निजसँग करणी बिग्रेकी छु भनेकीले नारायणसमेत लाई पक्री ल्यएको हुँ । नारायण र मैयाँ ५/६ पुस्ताका काकी भतिजा नाताका हुन । करणीमा सावित भएकाले भताहा समेत भई आएका हुँ । बाह्र साल आषाढ ३ गते रामजीको स्वास्नी काली भन्नेले लुकाउन बकेको सुनिन्छ । खारखेर गरी जो गर्नुपर्छ गरी पाउँ भन्ने समेत वादी देवीबहादुरको बयान समेत । २. लोग्ने ११ साल मार्गमा १ चोटी आई घरको धनमाल खेत समेत बेची रु.१६००। लिई गए घरमा केही नहुँदा ज्याला गरी ६ महिनासम्म खाएँ । १२ साल जेष्ठमा रामजीकी स्वास्नी मेरो भाई बुहारी वजैले सीउडीनीतर्फ हिंड भन्दा हुन्छ भनी स्युउडीनी करकरे गाउँको नाम थाहा नभएको खत्री जातसँग पोइल लगाई दियो । जेष्ठ देखि निजसँग करणी लिनु दिनु भई पेट बोकेको ६ महिना भयो । जेठाज्यू घर हिंड भनी निजको साथ लागि आएँ । घर आए पछि नारायणको करणी भन भनी सिकाएकाले पुलिसको सामुन्ने नारायणको गर्भ भनी भनेबाट नारायणलाई पक्री ल्यायको हो गर्भ नारायणको होइन । स्युउडीनी खत्रीको भन्ने मैयाको पुलिस मौका कागज र आयस्ता केही नहुँदा ज्याला गरी खाई बसेकोमा १२ साल जेष्ठमा रामजीकी स्वास्नीको फकावटमा लागि स्युडिन करकरे गाउँ बस्नेनाम थाहा नभएको ठूले काजी खत्रीसँग पोइली गई निजकै करणीबाट गर्भ रहेको हो । नारायणलाई पोल भनी दिलबहादुर नरबहादुरले पनि सिकाएका हुन सिकाएकाले पुलिसको सामुन्ने नारायणको करणी भनेकोसम्म हो तर नारायणले करणी गरेको हैन कागज गर्नुपर्छ भनी लेखेको कागमजमा सही गराएका थिए स.पु.गो.मा.कागज हुँदा दिलब