निर्णय नं. ९१४३ - उत्प्रेषण/परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१४३ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७०/०९/०३ ८८२१ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु. प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती आदेश मिति : २०७०।९।३।४ ०६९-WO-०८२९ विषय : उत्प्रेषण/परमादेश । निवेदक : विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स–नेपाल) का तर्फबाट अख्तियारप्राप्त एवं आफ्नै हकमा समेत ऐ. का संस्थापक अध्यक्ष तथा कार्यालयका कार्यकारी निर्देशक पिताम्बरप्रसाद आचार्य विरूद्ध विपक्षी : नेपाल सरकार, अर्थ मन्त्रालय, सिंहदरबार काठमाडौंसमेत § वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन, २०५५ को दफा २४ बमोजिमका आयमा सोही ऐनको दफा ३१ बमोजिम दिन सकिने कर छुट जस्ता कानूनी प्रक्रियागत कार्य पूरा नगरी संस्थाले प्राप्त गरेको आयलाई करयोग्य आय कायम गरी १२ वर्षको आय एकै चोटी निर्धारण हुने भनी भए गरेका त्यस्ता निर्णयहरूलाई कानूनसम्मतको निर्णय मान्न नमिल्ने । § कुन आय करयोग्य आय हो र कुन आय करछुटयोग्य आय हो भन्ने कुराको निर्णय गर्न सम्बन्धित अधिकारीसक्षम छ तर कानून विपरीत गएर निर्णय गरिन्छ र निर्णयाधिकारीका निर्णयमा कुनै कानूनी प्रश्नमा विवाद रहेको देखिन्छ भने त्यस्तो कानूनी प्रश्नको निराकरण रिटक्षेत्रबाट नहुने भन्न नमिल्ने । (प्रकरण नं. ७) § निवेदक संस्था मुनाफारहित संस्थाका रूपमा स्थापित भए पनि निज संस्थाले दातृ निकायबाट अनुदानस्वरूप चन्दा, उपहार, प्रतिफल र अन्य योगदानहरू प्राप्त गर्नुको साथ साथै वित्तीय कारोबार गरी सो वित्तीय कारोबारबाट आय आर्जन गरेको देखिँदा मुनाफारहित संस्थाका रूपमा स्थापना भए पनि व्यापारिक कारोबार गरेको त्यस्तो अवस्थामा मुनाफारहित भन्ने बित्तिकै सम्पूर्ण आयमा कर छुट हुने भन्न नहुने । § कर छुटका आफ्नै सीमा हुन्छन् । त्यो सीमाभन्दा बाहिर गएर न त राज्यले कर लगाउन सक्दछ न त आय प्राप्त गर्ने व्यक्ति वा संस्थाले इन्कार गर्न नै । कर छुटको प्रमाणपत्र जारी हुँदैमा करमुक्त हुन नसक्ने विशुद्घ व्यापारिक कारोबार गरी आय आर्जन गरेको छ भने त्यस्तो अवस्थामा सो संस्थाले प्राप्त गरेको आयलाई करको दायरामा ल्याउनु हुँदै हुँदैन भन्ने तर्क गर्नु करका मूल्य मान्यता र सिद्घान्तविपरीत हुन जाने । § मुनाफारिहत सस्था भन्ने बित्तिकै व्यापार व्यवसायलाई छुट भनेको होइन । वित्तीय कारोबार गर्नु विशुद्घ सेवामूलक मात्र नभई नाफामूलक व्यापार व्यवसाय पनि हो । मुनाफा पनि व्यापार व्यवसायबाट हुन्छ भने त्यस्तो रकम कररहित हुन सक्दैन । त्यसकारण वित्तीय कारोबारबाट प्राप्त आयमा सम्पूर्ण कर छुटको दावी गर्न र छुट दिन मिल्ने नदेखिने । (प्रकरण नं. १४) § मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन, २०५५ को दफा ३१ बमोजिम करयोग्य आय भएको तर त्यस्तो रकममा नेपाल सरकारले पूर्ण वा आंशिकरूपमा आयकर छुट दिन सक्नेमा सो भए गरेको देखिन नआउने । § नेपाल सरकारबाट कर छुट पाएको बाहेक अन्य कुनै विशुद्घ व्यापारिक वा वित्तीय कारोबार गरी सो माध्यमबाट आय आर्जन गरी खूद मुनाफा गरेको छ भने त्यस्तो खुद मुनाफा रकम कररहित हुन नसक्ने । (प्रकरण नं. १७ ) § निवेदक कर नलाग्ने संस्थाका रूपमा दर्ता भएको प्रमाणपत्र आफैँले जारी गरेको प्रमाणपत्र नहेरी मुनाफारहित हो होइन, संस्थाले गरेको आयमध्ये कुन कुन रकम करयोग्य आय हो र कुन कुन आय कर नलाग्ने आय हो भन्ने कुरातर्फ विश्लेषण र विवेचना गरी कर निर्धारण गर्नुपर्नेमा सोतर्फ विचार नगरी नलाग्ने रकममा समेत कर लगाउ