निर्णय नं. ८८२६ - बैकिङ कसूर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८२६ - बैकिङ कसूर भाग: ५४ साल: २०६९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६९/०३/१८ ५८७५ ने.का.प. २०६९, अङ्क ५ निर्णय नं.८८२६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६८–CR–०७५४ फैसला मितिः २०६९।३।१८।२ मुद्दाः– बैकिङ कसूर । वादीः सोलुखुम्वु जिल्ला, नेचा बतासे गा.वि.स. वडा नं.९ घर भई हाल काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं.४ बालुवाटार बस्ने सुन्दरी राई समेतको जाहेरीले नेपाल सरकार विरुद्ध प्रतिवादीः सोलुखुम्वु जिल्ला, जुवु गा.वि.स. वडा नं.२ घर भई ललितपुर जिल्ला, सातदोबाटो वडा नं. ९ ठोलाहिटी बस्ने ईन्द्र ताम्राकार भन्ने ईन्द्रबहादुर नेपाली § विधायिकाले ऐन निर्माण गर्दा न्यायकर्तालाई सजायको मात्रा (Quantam of Punishment) निर्धारण गर्न स्वविवेकीय अधिकार प्रदान गरेकोमा सो अधिकारको प्रयोग न्यायकर्ताले वस्तुनिष्ठ आधारमा गर्नु पर्दछ र उक्त अधिकार प्रयोग सत् विवेकपूर्ण तवरले भएको छ छैन भनी परीक्षण गर्ने अधिकार अघि फैसला गर्ने इजलास भन्दा वृहत इजलास, फैसला गर्ने अदालतभन्दा माथिल्लो अदालत वा न्यायाधीशमा रहने । § कानूनी व्यवस्थाको प्रयोगमा सारभूत भिन्नता (Substantial Difference) को व्याख्या गर्दा न्यायकर्ताले आत्मगत रुपमा नभै सम्बन्धित ऐन कानूनको सूक्ष्म अध्ययन गरी विधायिकी मनसायलाई परिलक्षित गरी वस्तुनिष्ठ तवरले गर्नुपर्ने । § बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को दफा १५(१) बमोजिम ऐनले न्यायकर्तालाई दशहजारसम्म जरीवाना गर्न सक्ने गरी व्यवस्था गरेकोमा संयुक्त इजलासको रायवाझी फैसला गर्ने न्यायाधीशले रु.८,०००।– जरीवाना गरिसकेको अवस्थामा तेस्रो न्यायाधीशबाट रु.९,०००।– जरीवाना गरी निर्णयमा मत बाझिएको भनी विना आधार तेस्रो राय कायम गरी निर्णयार्थ यस अदालतमा प्रेषित गरेको निर्णय उपयुक्त एवंम् मनासिव नदेखिने । (प्रकरण नं.४) वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता सूर्यप्रसाद पोखरेल प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § वैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) र १५(१) फैसला न्या.दामोरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ८(४) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट र निर्णय यस प्रकार रहेको छः– प्रतिवादी ईन्द्र ताम्राकार भन्ने ईन्द्रबहादुर नेपालीले भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.५ स्थित कि.नं.२६८ क्षेत्रफल १–०–०–० जग्गा बिक्री गर्ने भनी म जाहेरवाली लक्ष्मी राईसँग बैनाबट्टाबापत रु. २६,००,०००। लिएको र पछि जग्गाको जग्गाधनी प्रमाणपूर्जा समेत दिएको, त्यस्तै म जाहेरवाली सुन्दरीकुमारी राईलाई जिल्ला भक्तपुर, सिरुटार गा.वि.स. वडा नं.७ कि.नं.४४७ र ४५८ को क्षेत्रफल ०–९–२–० र १–२–२–० जग्गाको जग्गाधनी प्रमाणपूर्जा समेत देखाई सो जग्गाहरू बिक्री गर्ने बताई बैनापट्टाबापत रु.४२,००,०००/-‌ ‌लिएकोमा सो जग्गाहरू निजको नाममा नरहेको भन्ने मालपोत कार्यालयबाट समेत बुझिएको साथै निजले कीर्ते कागजातहरू तयार गरी झुक्याई पैसा फिर्ता नगरी ठगी गरेको भन्ने समेत व्यहोराको सुन्दरीकुमारी राई र लक्ष्मी राईको संयुक्त जाहेरी दरखास्त । इन्द्र ताम्राकारले भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. ५ स्थित कि.नं.२६८ क्षेत्रफल १-०-०-० बिक्री गर्ने बताई बैनाबट्टा बापत लक्ष्मी राईसँग रु.२६,००,०००/- बुझेको कागजको प्रतिलिपि । सुन्दरीकुमारी राईलाई जिल्ला भक्तपुर, सिरुटार गा.वि.स. वडा नं.७ कि.नं