निर्णय नं. ३६७ - न्वारान गरी दिएन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६७ - न्वारान गरी दिएन भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/१०/२८ ३४०२ निर्णय नं. ३६७ ने.का.प. २०२४ फुल बेन्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री मीनवहादुर थापा क्षेत्रि २०२२ सालको पहिलो रिभिजन फौ.फु.नं.८६ निवेदक : प.२ नं.गोर्खा छोप्राक मैदान वस्ने देवीमाया श्रेष्ठनी विरुद्ध बिपक्षी : ऐ.ऐ.वस्ने इन्द्रनारायणको सकार गर्ने पद्मनारायण मुद्दा : न्वारान गरी दिएन (१) अं.व.१७७ नम्वर–लिखतको प्रमाण जुन सुकै तहमा पनि वुझ्न हुने । अ.ब.१७७ नं. ले लिखतको पक्का प्रमाण रहेछ र वुझिपाउं भन्यो भने जुन सुकै तहको अड्डाले पनि मुद्दा नछिनिएको भए वुझी दिनु पर्ने । (प्रकरण नं.१७) (२) एकै मानिस भिन्न नाम गरी मिसिलमा देखापरे र अदालतलाइ सत्यतामा शंका लागे त्यस्तो मानिसले विभिन्न नामवाट गरेको ल्याप्चे जांच गराइ एकिन गर्न सकिने – ल्याप्चे जांच मिल्न भिड्न आएमा विभिन्न नाम गरेको एकै व्यक्ति ठहर्ने । झुट्टा बकि जालसाज गरे भन्ने मुद्दामा भिम नारायन नामलेखि दिएको ०१०।९।३।५ को प्रतिबादी र हिम नारायण नाम लेखि का.जि.अ.दो.मा गरेको १९।७।२४।६ को बयानमा हिम नारान नाम लेखि दिएको १९।२।८।२ को दर्खास्त समेतमा लागेको ल्याप्चे सहिछाप जाँच गराउने २३।८।१७।६ को फुल वेन्चवाट आदेश भई जांच गराउंदा १९।२।८।२ को दर्खास्तको सहिछाप अप्रष्ट र १०।९।३।५ को प्रतिवादी १९।७।२४।६ को बयानमा लागेको ल्याप्चे सहिछाप एक अर्कासंग मेल खान्छ भनि विशेषज्ञले ले िदिएकोवाट भिम नारायन र हिम नारान भन्ने मानिस एकै रहेछ भन्ने कुरा प्रष्ट भएकै ले त्यस तर्फ अरु शंका गरी रहनु परेन । (प्रकरण नं.१८) (३) कस्तो स्थितिमा साक्षि सर्जमिनको भनाइ बकाइलाइ मान्यता दिन नमिल्ने । र ०८ साल भाद्र १ गते गोविन्द नेपाल गएको हो देवीमायाको गर्भ गोविन्दको होइन शंका लाग्दैन समेत भनि २५ जना सर्जमिन र गोविन्द भाद्र १ गते नै काठमाडौं गएको भन्ने कुरालाइ समर्थन समेत गरी प्रतेवादिका केहि साक्षिहरुले औ भाद्र २० गते मैले सूर्य विनाएकका स्थानमा भेटेथें भन्ने चेत नारान मेरो घरमा आइ संगै सूर्य विनाएक गै दर्शन गरेको भन्ने माष्टर गोपाल समेत प्रतिवादीकै साक्षि २ जनाले बकि लेखि दिएको देखिन्छ । तापनि ति सर्जमिन मध्येका धेरै जसोको भनाइमा निज गोपाल पढन गएको भन्ने भएको । स्कूल कजेलहरुमा पढाइको लागी प्रवेश गरीने टायम समेत नपर्ने वर्षा मौसम भदौको भेलमा टाढा पाहाड देखि पढन आएको भन्ने कुरा स्वाभाविक नभएको र यदि निज प्रतिवादी गोविन्द भन्ने इन्द्र नारान भाद्र १ गतेनै काठमाडौ आएको भई निजको करणी गर्भ नभए टाउके भन्ने भिम नारानलाई लगाउने निजलाइ रु.३०ण् दिने शर्त गरी भैयाद कृष्णदासवाट माथीका प्रकरणमा उल्लेख गरीए वमोजिम कागज गरी दिनु नपर्ने गरी दिएको देखिन आएको समेत यस स्थीतिमा उक्त साक्षि सर्जमिनहरुको भनाइ बकाइलाइ मान्यता दिन मिलेन । (प्रकरण न.२०) फैसला १. प्रतिवादी गोविन्द भन्ने ईन्द्रनारायण संग बरावर करर्णी आशयको हाँस ख्याल ठट्टा मस्करी हुन्थ्यो । ०८ साल बैशाख लाग्दैमा घर आउँदा पसल कोठामा गै चुरोट १ पाकेट झिकी ल्याउ भनी अरायो । लिन भित्र पसेको अं.९।१० घडि रात चढेको हुदो हो ढोका थुनी पाखुरामा समाती करणी गरेको । त्यस्को ६।७ दिन पछि दोश्रो पटक बाबुका घर भित्रै र त्यस पछि बराबर करणी लिनु दिनु भइरहेको ०८ साल भाद्र महीनामा रजश्वला भएको ५ दिनको दिन तिजको चौथीका दिन राति करणी हुँदा गर्भ रहेको । ईन्द्रनारायण ०८ साल क