निर्णय नं. ८१ - हक सफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१ - हक सफा भाग: २ साल: २०१६ महिना: माघ अंक: १२ फैसला मिति :२०११/०३/१४ २२९८ निर्णय नं. ८१ ने.का.प. २०१६ सिंगलबेञ्च न्यायाधीश श्री भगवतीप्रसाद सिंह अ.नं. ७६८ अपीलाट : लादुराम माडवारी विरुद्ध विपक्षी : जडाउकुमारी माडवारनी मुद्दा : हक सफा १. राजिनामा पास भई प्र. ले सो नै जग्गामा घर बनाई बसेमा र हक सफा गरी पाउँ भन्ने वादी पनि सोही नै ठाउँमा रहे बसेकोमा–मौकामा थाहा हुने नै हुँदा मौकामा थाहा पाइन भन्ने कुरा मान्य नहुने हुँदा म्याद पछिको उजुरबाट हक सफा गर्न नपाउने । ५ सालमा राजिनामा पास भए तापनि प्र. लादुरामले घर बनाइ बसेको एकै ठाउँको यो वादीलाई मौकैमा थाहा हुने भई मौकैमा थाहा पाएन होला भन्न नहुने भई ५ महिना पछिमात्र थाहा पाएँ भन्ने वादीको जिकिर पत्यार लाएक नदेखिएकोले समेत अघि देखि घर बनाई बसी भोग चलन गरी आएको प्रतिवादीको घर उठाई यो वादीलाई हक सफा गर्न पाउँछ भन्न मनासिव नपरेकोले हक सफा गर्न पाउँ भन्ने वादीको उजूर पुग्न सक्तैन इन्साफ मोरङ्ग वीराटनगर अमिनीको मनासिव । (प्रकरण नं. ७) फैसला १. इश्वरी चंका नाउँमा दर्ता भएको मोरङ्ग प्रगंना जोग्राहा मौजे शंकरपुरको रैती नं. १४२ को जग्गा विगाहा १।।१०४ मध्ये खेत मलसे पूर्व लादुरा भुरामलसे पश्चिम मलसे दक्षिण निजै इश्वरी चंसे उत्तर ४ किल्ला भित्रको पोत कं.रु.२।– ।३ लाग्ने जग्गा कट्टा १२।।।१,०५ साल माघ मा ७१०१ मा इश्वरी चंका दिने लादुरा भुरामल लिने गरेको कुरा ६ साल आषाढ महिनामा थाहा पाएकोले लोग्ने कुसल चं.मरी मेरो हकहुँदा इश्वरी चं ३ पुस्ताभित्रको जेठाज्यूले बेचेको थैली धरौट राखी नालिस गर्न आएकी छु । थैली बुझ्न लगाई जग्गा हक सफा गरी पाउँ भन्ने जदाउकुमारीको फिरादपत्र रहेछ । २. निज इश्वरी चंले ९३ साल श्रावण २२ गते लादुरांबाट ११२१ लिई बजार अड्डा तालुकको जग्गा कट्टा ।१४ राजिनामा रजिष्ट्रेशन गरी त्यस भन्दा पछाडि पहिले पैनी हाल सडक बाटो से पूर्व निजै इश्वरी चं से उत्तर लादुर्रा भुरामलले पश्चिम रेवतमद दक्षिण ४ किल्ला भित्रको जग्गा कठ्ठा ।२।।।१ को मोल कं.रु. ९६ साल ९३ मा म लादुरांबाट बुझी लिई घरसारको राजिनामा गरी दिएको माल पोत इश्वरी चंलाई बुझाई भोग चलन गर्दै आएको त्यस जग्गामा पक्की घर गोदाम पाईखोना समेत लाखौं रुपैयाँ खर्च गरी बनाउदा चोहदी सिमाना भित्र तारले घेरा गरी आएको झारमलले पनि इश्वरी चंबाट जग्गा कठ्ठा ।२।।।१ लिई घरसारकै लेखापढीबाट पोत निजैलाई बुझाई खाई आएको पद्मबहादुरलाई बिक्री गरिदिएकोले निजैले भोग गरेको छ ५।८२१।२ का दिन बिहान ७ बजेको टायममा लेखिएको जग्गामा इश्वरी चं समेतले बनाई राखेको घर चर्बी गोदामको खापा काटी उखेली गाडामा लगेकोमा समेत इश्वरी चं उपर श्री ३ महाराज श्री मिनिष्टर श्री पु.क.जंमा समेत फोन बिन्तिपत्र जहेर गरेकोमा बुझ्नु भने प्रमांगी भई आएको झगडा नगरौं चर्बी घर बनाएको जग्गा रजिष्टरी पास गरी दिन्छु भनेको इश्वरी चं देखि डर लागेकोले इश्वरी चंलेलेखिदिएको रजिष्टरीमा रेवतमलसे पूर्व भन्ने श्रेस्तैमा नभएको हद लेखिदिएछ । लेखापढी सवै इश्वरी चंका कारिन्दाबाट भएको थियो चित्त नबुझी श्री पु.क.ज.का दौडाहामा बिन्ति गरी बयान गरेपछि गोश्वारा मार्फत सरजमिन नक्सा भए पछि तारले बेरिराखेको राजिनामा गरिलिएको नक्सामा लेखिएबमोजिम हद चौहदी भित्रको जग्गा लादुरांकै ठहर्छ । घर ग्वाहाली लुटेमा बिगो इश्वरी चंबाट हामलिाई भराउने ठहराई खड्गनिशाना छाप लागेको हुकुम लगायतबाट भएको घर जग्गा हामीलाई थामी पाउँ भन्ने लादुरां भुरामलको प्रतिवादी रहेछ । ३. वा