निर्णय नं. ३६८ - जग्गा विगो
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६८ - जग्गा विगो भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०९/०३ २६०८ निर्णय नं. ३६८ ने.का.प. २०२४ फुल वेञ्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री लोकराज जोशी न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०१९ सालको पहिलो दे.फु.नं.२१४ निवेदक : प.३ नं.इ.जि.का.मौं काहुँ कुडहरे बस्ने झ्यापुपाध्या र ऐ.ऐं बस्ने गोविन्दप्रसाद पाध्या विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने मकरीप्रसाद पाध्या मुद्दा : जग्गा विगो (१) खोलोले काटेको निस्सा प्रमाण देखाउन नसकेमा एकै आठा चाक्लाको जग्गा सालाना एउटैको काट्ने अरु एकै आना चाक्लाको वढ्ने भन्ने तथ्य यूक्त नदेखिने । त्यस्तो परिस्थितिमा आठा चाक्लावालाले मिचेकै ठहर्ने । वादिको जग्गा खोलाले खाइ नोक्सान गरेको भन्ने प्रतिवादीहरुको जिकिर भएकोमा वादि प्रतिवादि दुवै दर्ताको जग्गाको पूर्व किल्ला काहुँ खोला देखिएको । जिल्ला अदालत पोखराबाट ०१७।१२।२८।२ मा भएको नक्सा मुचुल्काबाट पनि सो जग्गाको पुर्व छेउबाट काहुँ खोलो बगेको देखिएको । सो खोलाले यहां यसरी यति जग्गा नोक्सान पारेको भन्ने केहि नजनिएको र त्यस कुराको सबुद प्रमाण पनि पेश दाखिल हुन नआएको । सालिन्दा सो खोलाले मिच्दै नोक्शान पार्दै गरेको भए एकै आठा चक्लाको प्रतिवादिहरुको जग्गा बढि हुन जानु र वादिको मात्र नोक्सान हुन नपर्ने हुनाले प्रतिवादिहरुले वादिको बखल ढुंगी बगर खेत मिचेको समेत ठहराइ बादिले आफ्नो दर्ता बमोजिमको जग्गा खान पाउँने गरि शुरु र तत्कालीन जिल्ला अदालत पोखराले गरेको इन्साफ सदर गरि ०१९।४।२४।४ मा डिभिजन बेन्चबाट भएको इन्साफ मुनासिव ठहर्छ । (प्रकरण नं.१७) विपक्षी तर्फबाट : एडभोकेट कृष्णप्रसाद घिमिरे । फैसला १. मेरो अंश भाग मध्ये जि.मु. छबिलाल जिम्मा झुत्ता को पुर्ब वाहुँ खोलो पस्चीम भिर उत्तर झ्यापुको खेत दक्षिण भबानी पाध्याको खेत यति ४ किल्ला भित्रको तिरा रु ६।१६ लागेको बखल ढुंगा भन्ने २५।१० मुरी खेत मैले र झ्यापेका खेत देखी उत्तर २५।१० कटुने सेनिस्वारो खेत मुरी १ जिवनाथ गोबिन्दले खाने गरेकोमा दुवै खेत आधी आधी गरि दुवैले खाने सल्लाह भई सोबमोजिम भोग चलन गरेकोमा निज गोबिन्दले आफ्नो खेत को ०१४ सालको सबै धान लान लागेको रहेछ । झ्यापेका दर्ताको तिरो रु.३। लागेको बखल ढुंगा बगर भन्ने खेत मुरी ।१४।१७।४ गोपि नाथ समेतले खाएको खेतको सिरान पट्टि को गोपिनाथको खेत गोबिन्दले खाने र मेरा खेतको सिरान भाग गुनाखरकी बाहुनी समेतले हाम्रो हो भनी यही आषाढ १० गते खेत रोप्न जाँदा गुनाखरकी बाहुनी समेतले सिरान पट्टिको खेत हटक खिचोला गरेकोले र मेरो हकको पाखो जग्गा बिर्यको वारी बिजनमा ।।१ लागेको जग्गामा मार्कण्ड देवदत्तले कहिं नाप्ने र मार्कण्डले सबैमा दाबी खिचोला गरेकोले जम्मा बिगो रु.१००। मार्कण्डबाट र मुरी ९ को १८०। मार्कण्ड गोबिन्दबाट दिलाई जग्गा मेरो सदर थामी पाउँ । मेरो हकको खरवारीको खर पछि जबरजस्ती काटी लगे भने त्यस्मा पछि छुट्टै उजुर गर्ने छु, भन्ने समेत कास्की काउ बस्ने मकरीप्रसादको ०१५।५।१६।२ को फिरादपत्र । २. ६२ सालमा हाम्रा बाबुले ५४ रुपैंयामा राजिनामा गरि लिई आज तक सुफत भोग गरि आएकाछौं । हामिले खिचोला गरेका छैनौ भन्ने समेत नन्दकली, गोपिलाल, रुपा उपाध्यानी समेत जना ३ को ०१५।८।१२।५ को प्रतिउत्तरपत्र । ३. वादिको जग्गा देखी दक्षिण कमला पत्तीको पाखो र त्यस देखि दक्षिण पट्टि ९१ सालमा मेरो नाउमा दर्ता भएको कान्ला तेर्सो ब