निर्णय नं. ८२ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२ - ज्यान भाग: २ साल: २०१६ महिना: माघ अंक: १२ फैसला मिति :२०१६/११/२६ २५०५ निर्णय नं. ८२ ने.का.प. २०१६ डिभिजन बेञ्च का.मु.प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री फौ.डी.अ.नं. १३० अपीलाट : हाकुचा ज्यापु विरुद्ध वादी : आशामाया ज्यापुनी मुद्दा : ज्यान १. अघि देखिनै रिस कुनै इवी अदवत नभएमा र मार्छु नै भनी चोट प्रहार नगरेको भए–रिसको उद्वेगबाट हान्दा मर्न गएमा–सर्वस्व गरी दामलको सजाय गर्न मनासिव नहुने अ.बं.२३५ नं. बमोजिम कैद १२ बर्षको सजाय हुने । बाबुसँग झगडा भई रिस उठेको बखत निजले पनि गाली गर्दा रिस उठी आधा झिंगटीको टुक्राले हान्दा लाग्न गएको भन्ने समेत निज हाकुचाकै साविती बयान भएकोले खत गरेको अवस्था विचार गर्दा, आफ्ना बाबुसँग खान लाउन र अंशको विषयमा व्यवहारिक झगडा भई आधा घर बेची दिन्छु भनी बाबुले भनेकोबाट त्यसो भए घरै भत्काई दिन्छु भनी छानाको झिंगटी फाल्ने गरि निज हाकुचाले मुख्याई कार्य शुरु गरिरहेको त्यस्तो हालत देखेपछि । यस्तो गर्नु हुँदैन भनी सम्झाउनु छिमेकीको कर्तव्य भई मर्ने नर सिंंले यस्तो गर्नु हुन्छ ? भनी निजै हाकुचाको हित हुने कुरा भनेकोमा पनि आफ्नो हित अहितको ख्यालै विचारै राख्न नसकी मर्ने नर सिंंहले किन भत्काउँछस् भनी गालि गरे भन्ने निज हाकुचाको बयान भएबाट घरको छाना भत्काउन लागेको बखत किन भत्काउछस् भनी आफ्नो हित हुने कुरा गरेकोलाई पनि बुझ्न नसकी त्यस अवस्थामा गाली गर्‍यो भन्ने सम्झिएको रहेछ भन्ने निजको बयानबाट देखिएकोबाट आफ्नो बाबुसँगको व्यवहारिक झगडा परी रिसको उद््वेगबाट छानाको झिंगटी फाल्न लागेको अवस्थामा मर्ने नर सिंंहले त्यसो भन्द झन रिसको बखतमा परी झिगटीले हिर्काउदा लाग्न गई त्यसैको चोटबाट नरसिंको मृत्यु हुन गएको र निज नर सिं प्रति अघि देखि को मार्ने किसिमको रिस इबी अदवत भए परेको भन्ने मिसिलबाट नदेखिएको र उसै अवस्थामा पनि निजै नर सिंंलाई मार्छु नै भन्ने इच्छा गरी चोट थप्दै गएको नभई छानाबाट हानेको झिंगटीले कुठाउँमा लाग्न गएको कुरा सिद्ध हुन आएकोले समेत दामलको सजाय गर्दा चर्को पर्लाकी भनी कम सजाय गर्न अतिरिक्त विशेष अदालतले अ.बं.२३५ नं. बमोजिम राय लेखी जाहेर गरेको मनासिव छ । निज हाकुचा ज्यापुलाई सर्वश्व गरि दामलको सजाय गर्नु पर्दैन पक्राउ भई थुनिएको मितिबाट अपील गरेमा समेत जम्मा कैद १२ बार बर्ष गर्नु । (प्रकरण नं. ७) हाकुचा ज्यापु तर्फबाट : वैतनिक प्लीडर टिकादत्त फैसला १. हिजो बिहान अन्दाजी ५ बजेको टायममा आशामाया ज्यापुनी आई मेरो लोग्ने नरि सिं ज्यापुलाई हाकुचा ज्यापुले इटले हिर्काई टाउकाको बायाँ पट्टी लाग्न गयो र मुर्छा परे बेहोस भएछन भनी जाहेर गर्न आएकोले जाँदा बिचेत भईरहेको र हाकुचालाई सोद्धा मैले इटका टुक्रा मिल्काउदा लाग्न गएको हो भनी सावित भएकेले बिरामी नर सिं र हाकुचालाई बुझाउन ल्यायको छु भन्ने समेत कन्सटेबुल कृष्णबहादुर कार्की बलरी खत्रीको रिपोर्ट । २. २०१४।६।४ गतेका बेलुका अं.६।७ बजेका टायममा लोग्ने नर सिंं म र अरु केटाकेटी चोकमा बसेको टायममा हाकुचा ज्यापुले छाना भत्काई तल चोकमा झिंगटी फाली ल्यायको थियो । चोकमा सुताई राखेको ६ बर्षको छोरालाई लाग्ला भनी उठाई पठाई दिएपछि के गरेको लाग्ला भनी लोग्नेले भन्दा तलाई नमारी छाडदिन भनी हात भरीको इटको टुक्राले हानी ल्यायको निज नर सिं लोग्नेलाई टाउको बायाँ पट्टी लाग्न गई मुर्छा परी लडे ६ गते चौकीमा जाहेर गरेको आश्विन ११ गते मरेकोले मार्छु भनी हानेको चोटबाट मरेका