निर्णय नं. ८३ - वन काट्यो
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३ - वन काट्यो भाग: २ साल: २०१६ महिना: माघ अंक: १२ फैसला मिति :२०१६/१०/२५ ३३८९ निर्णय नं. ८३ ने.का.प. २०१६ डिभिजन बेञ्च का.मु.प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री डि.अ.नं. ६६ वादी, अपीलाट : जगन्नाथ उपाध्याय विरुद्ध प्रतिवादी : दिल्लीराम पाध्याय मुद्दा : वन काट्यो १. सनद हुँदा आवादी भएका बाहेक अरु संरक्षण गर्नु भन्ने लेखिएकोमा–सो सनद अगावै आवादी भएकोलाई कायम गर्नुपर्ने र सनद पछि रुख काटी आदावद गरे गरायमा सजायको भागी हुने । ७० सालको वनपाला सनदको ४ किल्ला भित्रको यो झगडा परेको जग्गा देखिन आएको र ७० सालमा सनद हुँदा आवादी बाहेक अरुजङ्ग संरक्षण गर्नु भन्ने लेखिएको र भँगेरी भन्ने जग्गाको हकमा बनपाला सनद हुनु भन्दा अगाडिको आवादी दर्ता देखिएको सो बाहेक मुलपानी भनी प्रतिवादीले देखाएको जग्गा सनद हुनु भन्दा पछाडी ९४ सालको हालावादी देखिएको त्यस्तो सनदीय वनपालाको जग्गा सनद हुनुभन्दा पछि हाल अवाद हुन्न भन्न मनासिव नभएको र अरु रुखहरू बुझिएका सरजमिनका लेखाई समेतबाट प्रतिवादीले काटेकै देखिन ठहर्न आएकोले भड्डेरी भन्ने जग्गा प्रतिवादैकै आवादी देखिँदा निजलाई थाम्ने गरेको र सो बाहेक मुलपानी जग्गा समेत आवाद गरेको बझ्याउने र अरु रुख काटेमा समेत प्रतिवादीलाई सजाय गर्ने गरेको शुरु स्याङजा अदालत र सिंगलबेञ्चको राय मनासिव । (प्रकरण नं. ८) प्रतिवादी तर्फबाट : वकिल मिन मर्दन फैसला १. यसमा मेरा बाबुका नाउँमा ७० सालमा भएको ठूलो खोला समेत ४ किल्ला भित्रको साउनेपानी चिपलेटी भन्ने समेत वन रोक्का रहेकोमा उक्त चार किल्ला भित्रको ढरयान भड्डेरी ठुलो खोलो ढुस किलो गुरासे साउने पानी भन्ने वनहरूमा लकडी काटी कमेरे भन्ने जग्गामा खेत बिराई ढरयान भन्ने जग्गामा कोदाको बिउ राखी आवाद गरेकोले रुख काटेमा र जग्गा आवाद गरेमा समेत सजाय गरी पाउँ भन्ने समेत पद्म पाणीको हकमा जगन्नाथले दिएको निवेदनमा सनदका किल्ला भित्रको जंगल काटफाँट दर्ता समेत गराई सकेको रहेछ भने कहिले कसरी दर्ता गरेको रहेछ बुझी ऐन सवाल सनदबमोजिम गर्नुगर्न लगाउनु भन्ने प्रमांगी भई निवेदनपत्रबमोजिम पद्मपाणीको वादी बयान । २. वादीको दावी झुट्टो हो भड्डेरी भन्ने जग्गा १९६३ सालमा हरिकृष्ण समेतका नाउँमा दर्ता भएको निजका छोराबाट लिई भोगेको छु । कमेरेभन्ने लेखिएको जग्गा मुल पानी हो । सनदको किल्ला भित्रको नहुँदा ९४ साल देखि आवाद गरी तिरो भरो चलाई खाएको छु भन्नेसमते दिल्ली रामको प्रतिवादी । ३. दर्ता उत्तर झिकाएको र झगडा परेको जग्गाको नक्सा समेत गरी वादीले दाखिल गरेको सनदको नक्कल र प्रतिवादीले दाखेल गरेको रसिद समेत हेरी विचार गर्दा, ६३ सालमा हरिकृष्णको दर्ता भड्डेरी भन्ने जग्गा सनद हुनु भन्दा अगाडिको हुँदा सो जग्गा थामी अरु सनदका किला भित्रको पछि अवाद गरेको देखिन आएकोले सरजमिन मुचुल्काबमोजिम बन्द भएको जंगलको रुख समेत प्रतिवादीले काटेको ठहर्छ भन्ने समेत स्याङ्गजा अदालतले २०१३।४।१९ गते फैसला भएको । ४. उक्त ९४ सालमा दर्ता गरी तिरो चलेको हुँदा सो जग्गाको लगत कायम भई भोग गर्न पाउने र वन काटेमा भनी लगाएको सजाय नलाग्ने हुँदा चित्त बुझेन भन्ने समेत प्रतिवादीको अपील । ५. भड्डेरीतर्फको इन्साफ शुरुको मनासिव मुलपानीको हकमा ९४ सालमा प्रतिवादीको नाउँमा दर्ता भई भोग गरेको सनदको जग्गा भए उसै बखत तालुकदारले बदर गराउन सक्नु पर्ने नसकेको सनदको ४ किल्ला भित्र सवै गाउँलेको दर्ताको जग्गा देखिएको वन जंगल पनि २५ रोपनीसम्म पाल्न पाउ